काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्न चाहन्छ ?”
विनियोजन विधेयक २०८३ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै राईले वर्तमान सरकारले निजी क्षेत्रमाथि त्रासको वातावरण सिर्जना गरेको आरोप लगाए । सरकारको भाषण र व्यवहारबीच ठूलो दूरी देखिएको उनको टिप्पणी थियो ।
एकातिर आर्थिक सुधार, लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबल बढाउने कुरा गर्ने, अर्कोतिर उद्योगी–व्यवसायीमाथि धरपकड र दबाब बढाउने काम भइरहेको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए ।
राईले अर्थमन्त्रीको क्षमता र अन्तर्राष्ट्रिय अनुभवको प्रशंसा गरे पनि सुधारका योजना प्रधानमन्त्री कार्यालय र गृह प्रशासनकै कारण कार्यान्वयनमा कमजोर भएको संकेत गरे ।
उनले सरकार अहिले “पहिले थुन्ने अनि मात्रै सुन्ने” नीतिमा चलेको जस्तो देखिएको भन्दै निजी क्षेत्र निरुत्साहित बनेको बताए । उनका अनुसार व्यवसायीहरूमा असुरक्षा बढ्दा पुँजी पलायनको जोखिम समेत बढिरहेको छ ।
“निजी क्षेत्रलाई डर देखाएर होइन, सहजीकरण गरेर अघि बढाउनुपर्छ,” उनले भने, “कर सहुलियत, प्रशासनिक सहजता र लगानीको वातावरणबिना ७ प्रतिशत आर्थिक वृद्धि केवल भाषणमै सीमित हुन्छ ।”
संसद्मा बोल्दै राईले आफ्नो गृह जिल्लाको चिया व्यवसायको समस्या पनि उठाए । छिमेकी मुलुकको अस्थिर नीतिका कारण चिया निर्यातमा करिब २० प्रतिशत गिरावट आएको उल्लेख गर्दै उनले किसान र श्रमिक प्रत्यक्ष मारमा परेको बताए ।
उनले सरकारलाई ‘जीटूजी’ अर्थात् सरकार–सरकारबीचको समझदारीमार्फत चिया निर्यातको समस्या समाधान गर्न पहल गर्न आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - १९:५४
२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार
जेष्ठ ४ गते, २०८३ - १९:४७
काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...
जेष्ठ ४ गते, २०८३ - १९:३६
काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...
जेष्ठ ४ गते, २०८३ - १९:२९
काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...
जेष्ठ ४ गते, २०८३ - १९:१८
काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...
जेष्ठ ४ गते, २०८३ - ०८:२९
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...
जेष्ठ ४ गते, २०८३ - ०८:२६
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्यो । सूचना टाँसिए...
जेष्ठ ४ गते, २०८३ - ०८:२३
काठमाडौं । सुन्धाराको कडा सुरक्षा घेराभित्र रहेको केन्द्रीय कारागारबाट भाग्दा सपना तामाङले सायद सोचेकी थिइन् । अब प्रहरीलाई धेरै दिन छक्याउन सकिन्छ । ...
जेष्ठ ४ गते, २०८३ - ०८:०९
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
जेष्ठ ४ गते, २०८३ - ०८:०८
खोटाङ । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तरको व...



प्रतिकृया लेख्नुहोस्: