काठमाडौं । अन्तर्राष्ट्रिय श्रम रोजगारबाट फर्किएका एक लाख ‘रिटर्नी’लाई स्वरोजगार बनाइने भएको छ । आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले श्रमिकलाई उचित र मर्यादित श्रम अभ्यास गर्ने हक सुनिश्चित गरिने उल्लेख गरे ।
अर्थमन्त्री पुनले प्रत्येक प्रदेशमा कम्तीमा एक हजार जनालाई सीपमुलक तालिम प्रदान गर्न रु ४३ करोड छुट्याइएको बताए । सरकारले श्रम तथा सामाजिक मन्त्रालयका लागि रु आठ अर्ब १० करोड बजेट विनियोजन गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत स्थानीय तहमा सूचीकृतलाई एक सय दिनको रोजगारी गरी रु छ अर्ब विनियोजन गरिएको छ । उक्त कार्यक्रमअन्र्तगत दुई लाखलाई न्यूनतम एक सय दिन रोजगारी दिइनेछ ।वैदेशिक रोजगारमा गएका श्रमिकका आश्रित परिवारका लागि कल्याणकारी कोषलाई विस्तार गरिनेछ ।
सरकारले आगामी आवमा प्रमुख तीन मुलुकसँग श्रम सम्झौता गर्ने लक्ष्य लिएको छ । वैदेशिक रोजगारीमा जाने स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका लागि बिना धितो ऋण उपलब्ध गराइने छ भने प्रशिक्षार्थीलाई आवासीय सुविधासहितको रोजगारमुलक व्यावसायिक तालिम प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने छ । यस्तै आगामी आवमा रोजगार बैंकको स्थापना गरिने भने श्रमाधान कार्यक्रम पनि सञ्चालन गरिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: