मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अग्रजहरूको योगदानकै कारण देशमा लोकतन्त्र स्थापना र परिवर्तन सम्भव भएको बताएका छन् ।
नेकपा एमाले मोरङ कमिटी र पुष्पलाल स्मारक समिति विराटनगरद्वारा संयुक्तरूपमा आज साँझ यहाँ आयोजित ‘नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा राधेश्याम दलीको स्मृतिमा प्रकाशित पुस्तकको लोकार्पण समारोहमा उनले त्यस्तो बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले स्व दली वामआन्दोलनका अग्रज योद्धा हुनुका साथै मुलुकमा एकतन्त्रीय शासन अन्त्यका लागि गरेकाे आन्दोलनका कारण सबै राजनीतिकर्मीको प्रेरणाको स्रोतसमेत रहनुभएको विचार राखे । उनले जनताप्रति समर्पित भई आफ्नो जीवन त्याग गर्ने व्यक्तित्वका स्मृति पुस्तक प्रकाशनले समाजका युवापुस्ताले प्रेरणा प्राप्त गर्ने विश्वास व्यक्त गरे । “सामाजिक सञ्जालको वर्तमान समयमा पुस्तक अध्ययन गर्ने प्रवृत्ति हराउँदै गएको छ । यस्तो अवस्थामा यस प्रकारको पुस्तक प्रकाशनको ठूलो महत्व छ र यसका लागि लेखक एवं प्रकाशकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु”, उनले भने ।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य गुरु बराल, केन्द्रीय सदस्य एवं पूर्वप्रदेशमन्त्री जीवन घिमिरे, पूर्वकेन्द्रीय सदस्य विनोद ढकाललगायतले पुस्तकको लोकापर्ण गर्दै कठिन परिस्थितिमा पार्टी सुदृढीकरण गर्न स्व दलीले ठूलो भूमिका निर्वाह गरेकाे चर्चा गरे ।
पुष्पलाल स्मारक समितिका अध्यक्ष केशवप्रसाद गौतम, एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्की प्राडा बद्रीविशाल पोखरेल, स्व दलीकी छोरी डा प्रेक्षा दली, प्रा कृष्ण पोखरेल लगायतले निजी स्वार्थलाई त्याग गरी देश र जनताप्रति समर्पित रहेकाे बिचार राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: