Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

अग्रजहरूको योगदानकै कारण देशमा लोकतन्त्र स्थापनाः मुख्यमन्त्री कार्की

खबरडबली संवाददाता

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अग्रजहरूको योगदानकै कारण देशमा लोकतन्त्र स्थापना र परिवर्तन सम्भव भएको बताएका छन् । 

नेकपा एमाले मोरङ कमिटी र पुष्पलाल स्मारक समिति विराटनगरद्वारा संयुक्तरूपमा आज साँझ यहाँ आयोजित ‘नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा राधेश्याम दलीको स्मृतिमा प्रकाशित पुस्तकको लोकार्पण समारोहमा उनले त्यस्तो बताएका हुन् । 

मुख्यमन्त्री कार्कीले स्व दली वामआन्दोलनका अग्रज योद्धा हुनुका साथै मुलुकमा एकतन्त्रीय शासन अन्त्यका लागि गरेकाे आन्दोलनका कारण सबै राजनीतिकर्मीको प्रेरणाको स्रोतसमेत रहनुभएको विचार राखे । उनले जनताप्रति समर्पित भई आफ्नो जीवन त्याग गर्ने व्यक्तित्वका स्मृति पुस्तक प्रकाशनले समाजका युवापुस्ताले प्रेरणा प्राप्त गर्ने विश्वास व्यक्त गरे । “सामाजिक सञ्जालको वर्तमान समयमा पुस्तक अध्ययन गर्ने प्रवृत्ति हराउँदै गएको छ । यस्तो अवस्थामा यस प्रकारको पुस्तक प्रकाशनको ठूलो महत्व छ र यसका लागि लेखक एवं प्रकाशकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु”, उनले भने । 

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य गुरु बराल, केन्द्रीय सदस्य एवं पूर्वप्रदेशमन्त्री जीवन घिमिरे, पूर्वकेन्द्रीय सदस्य विनोद ढकाललगायतले पुस्तकको लोकापर्ण गर्दै कठिन परिस्थितिमा पार्टी सुदृढीकरण गर्न स्व दलीले ठूलो भूमिका निर्वाह गरेकाे चर्चा गरे । 

पुष्पलाल स्मारक समितिका अध्यक्ष केशवप्रसाद गौतम, एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्की प्राडा बद्रीविशाल पोखरेल, स्व दलीकी छोरी डा प्रेक्षा दली, प्रा कृष्ण पोखरेल लगायतले निजी स्वार्थलाई त्याग गरी देश र जनताप्रति समर्पित रहेकाे बिचार राखेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु

एजेन्सी । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते ...

माओवादी केन्द्रले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पद...

कुलोमा खसेर बालिकाको मृत्यु

बुटवल । बुटवलको सोह्र छत्तिस कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । बिहीबार खेल्ने क्रममा बुटवल उपमहानगरपालिका– ११ की ४ वर्षीय विविशा खरेल स्रोत छत्त...

खैरो हेरोइनसहित दुईजना युवती पक्राउ

कैलाली​ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ स्थित धनगढीगाउँबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २७ वर्षीया ...

मुस्ताङको जोमसोममा बसपार्क सञ्चालन

मुस्ताङ । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमस...

दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर छ:लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका छन् । कांग्रेस सभापति रिसा...

फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक

काठमाडौं । असोज १७ गते (घटस्थापना) देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक...

फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्बजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ स्थानमा झरेको हो । यसअघि नेपाल...

खाद्य सुरक्षाका लागि सुपथ मूल्य पसल : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सर...

समयसापेक्ष संशोधनले दीर्घ जीवन प्राप्त गर्छ: महामन्त्री शर्मा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताएका छन् ।  नेपाली कांग्रेसको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy