Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

भारतीय अदालतद्वारा गर्मीका कारण राष्ट्रिय आपतकाल घोषणा गर्न आग्रह

खबरडबली संवाददाता

एजेन्सी । भारतीय अदालतले चरम मौसमी समस्या र गर्मीका कारण यो हप्ता सयौं मानिसहरूको मृत्यु भएको उल्लेख गर्दै गर्मीका कारण देशका विभिन्न भागमा देखिएको उष्ण लहरको समस्यालाई राष्ट्रिय सङ्कटकाल घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । 

भारतका थुप्रै सहरहरूमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम र उष्ण लहरको समस्या देखिएको छ । हालका दिनहरूमा सबैभन्दा तातो मौसमबाट गुज्रिएको पश्चिमी राज्य राजस्थानको उच्च अदालतले जनतालाई गर्मीबाट जोगाउन अधिकारीहरू उचित कदम चाल्न असफल भएको बताएको छ ।

चरम गर्मी र उष्ण लहरका कारण विभिन्न शहरमा यस महिना सयौं मानिसहरूले ज्यान गुमाएको अदालतले जनाएको छ । “हामीसँग जान सक्ने कुनै  वैकल्पिक ग्रह छैन यदि हामीले अहिले कडा कदम चालेनौँ  भने भावी पुस्ताहरू सदाका लागि फस्टाउने मौका गुमाउनेछौँ,” अदालतले जनाएको छ । 

यसैगरी गर्मीका कारण मृत्यु हुने व्यक्तिको आफन्तका लागि क्षतिपूर्ति कोष स्थापना गर्न पनि अदालतले राज्य सरकारलाई निर्देशन दिएको छ । हालको गर्मीको लहर र भविष्यमा यस्ता घटनाहरूबारे निर्णय गर्दै यसले भारतभर ‘राष्ट्रिय मौसमी सङ्कट’ को घोषणा गर्न सुरु गर्नसमेत भनेको छ । 

यसले बाढी, चक्रवात र प्राकृतिक प्रकोपहरू जस्तै आपतकालीन राहत परिचालन गर्न अनुमति दिनेछ । भारतमा गर्मीको तापक्रम बढ्नु अपरिचित समस्या नभई वर्षौंको वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनले अधिक धेरै र तीव रूपमा उष्ण लहरको समस्या ल्याएको जनाएको छ । 

यस हप्ता राजधानी नयाँदिल्लीको तापक्रम बढ्दै जाँदा, अनुमानित तीन करोड मानिसहरूको बसोबास रहेको सहरमा बिजुलीको प्रयोग बुधवार अत्यधिक धेरै पुगेको छ । अनुसन्धानकर्ताहरूले मानव–प्रेरित जलवायु परिवर्तनले भारतमा विनाशकारी गर्मीको प्रभाव निम्त्याएको बताउदै यसलाई चेतावनीको रूपमा लिनुपर्ने जनाएका छन् । 

विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्र भारत हरित गृह ग्याँसहरूको तेस्रो सबैभन्दा ठूलो उत्सर्जक हो । तर सन् २०७० सम्ममा शुद्ध शून्य उत्सर्जन अर्थव्यवस्था हासिल गर्न प्रतिबद्ध छ भने अहिलेको लागि विद्युत उत्पादन गर्न कोइलामा अत्यधिक निर्भर छ । 

विभिन्न सात चरणमा जारी लोकसभा निर्वाचनबाट तेस्रो कार्यकालका लागि आकाङ्क्षा देखाइरहेका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारले भारतको बढ्दो ऊर्जाको आवश्यकता पूरा गर्न र लाखौंलाई गरिबीबाट बाहिर निकाल्न जीवाश्म इन्धन केन्द्र रहेको बताएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोभिड विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु

बाँके । बाँकेमा कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत नरेश श्रेष...

अल्जाइमरको नयाँ औषधीको आविस्कार सफलता कि मृगतृष्णा ?

पेरिस । अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधीहरू हालैका वर्षहरूमा सबैभन्दा ठूलो चिकित्सा विवादहरूमा फसेका छन् । दशकौंको अनुसन्धान...

सुनसरीमा विपन्न विधार्थीलाई साइकल सहयोग

सुनसरी । सुनसरीको इनरुवा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइई उत्तीर्ण दलित, अति विपन्न तथा मुस्लिम छात्रालाई साइकल वितरण गरेको छ ।  नगर क्षेत्...

साताभर मनसुनी वायुको प्रभाव, हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसमविज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ । आगामी बिहीबारसम्म देशको हिमाली, पहा...

म्यान्मामा बाढीले २९३ जनाको मृत्यु, ८९ जना बेपत्ता

एजेन्सी । म्यान्मामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २९३ पुग्नुका साथै ८९ जना बेपत्ता भएको म्यान्माको राष्ट्रिय दैनिक ‘द मिरर’ ले जनाएको छ ।  रिप...

बाँध खोलेका कारण बाढीको सङ्कट आएको पश्चिम बङ्गालका मुख्यमन्त्रीको भनाइ

कलकत्ता । पूर्वी भारतमा २६ जनाको मृत्यु भएको र दुई लाख ५० हजारभन्दा बढी विस्थापित भएपछि पश्चिम बङ्गालका शीर्ष राजनीतिज्ञले बाँध खोलेका कारण बाढी र बाढ...

विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु

एजेन्सी । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते ...

माओवादी केन्द्रले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पद...

कुलोमा खसेर बालिकाको मृत्यु

बुटवल । बुटवलको सोह्र छत्तिस कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । बिहीबार खेल्ने क्रममा बुटवल उपमहानगरपालिका– ११ की ४ वर्षीय विविशा खरेल स्रोत छत्त...

खैरो हेरोइनसहित दुईजना युवती पक्राउ

कैलाली​ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ स्थित धनगढीगाउँबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २७ वर्षीया ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy