Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अत्यधिक गर्मी, तातो लहरबाट बच्न अपिल

खबरडबली संवाददाता

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर तातो लहर चलिरहेकोले सतर्क रहन अपिल गरेको छ । 

महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । 

महाशाखाले आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । 

साथै ती भू-भागहरूमा आगामी २ दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ । 

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने  देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन पनि महाशाखाले सुझाव दिएको छ । 

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन

कैलाली । कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यस व...

तनहुँमा दुर्घटनामा परी दुई जनाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा इँट्टा बोक्ने ट्रक मङ्गलबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  ट्र...

एकीकृत समाजवादीकाे कार्य विभाजनप्रति खनाल असन्तुष्ट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का दाेस्राे वरीयताका  सम्मानित नेता झलनाथ खनाल केन्द्रीय नेताहरूको कार्यविभाजनप्रति आफु असन्तुष्ट रहेकाे बताएका छन् ...

अखिल क्रान्तिकारीको उमेर हद टुङ्गो लगाउन निर्वाचन, यस्ताे छ तालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को नेतृत्व चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । प्रमुख निर्...

सिद्धबाबा टनेल: तीन वटै बाइपास सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ ।  आयोजनाका अनु...

आर्थिक समृद्धिका लागि पनि काँग्रेस सक्षम छ: उपप्रधानमन्त्री सिंह

रूपन्देही । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तन जस्तै आर्थिक समृद्धिका लागि पनि काँग्रेस पार्टी सक्षम रहेको बता...

संविधान संशोधन चरणबद्ध रूपमा हुने काम हाे: गृहमन्त्री लेखक

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले चरणबद्ध छलफलपछि सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन् । मंगलबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको क...

राैतहटमा छोटी सीमा नाकाबाट सवारी सञ्चालन गर्न माग

राैतहट । रौतहटको छोटी सिमा नाकाहरूबाट (चार पाङ्ग्रे )सवारीसाधनहरू आवतजावत गर्नुपर्ने यहाँका सरोकावालाहरूले माग गरेका छन् । सरकारले गौर नाका भएर मात्र ...

लुम्बिनी प्रदेश सभाको अधिवेशन पुस १६ देखि सुरु हुने

बुटवल । लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन पुस १६ देखि सुरु हुने भएको छ । यसअघि भदौ ३१ गते प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भएको थियो । चौथो अधिव...

वैदेशिक रोजगारीमा लाखौं ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy