काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिका-७ स्थित दाक्च-ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र प्राविधिक समेतको मिलेमतोमा सडक निर्माण कार्यमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले शुक्रबार सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्ल,इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सव-इन्जिनियर विक्रम बढासहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
सोरु गाउँपालिका -७ अन्तरगत दाक्च-ख्याल्च सडक निर्माण सम्बन्धमा सम्झौता विपरित वास्तविक कार्यभन्दा १३ लाख ७२ हजार ३४० रुपैयाँ भुक्तानी दिएको ठहर गर्दै अख्तियारले उनीहरूविरुद्ध सोही रकम बराबरको बिगो र जरिवाना असुल गर्न माग गरेको छ ।
सोही मुद्दामा आरोपित दाक्च-ख्याल्च सडक निर्माण श्रम समितिका अध्यक्ष हस्तबहादुर बुमी,कोषाध्यक्ष धौली कामी र सचिव केवल बुढाविरुद्ध पनि १३ लाख ७२ हजार ३४० रुपैयाँ बिगो माग गरिएको अख्तियारले जनाएको छ ।
उनीहरूले नापी किताब र कार्यसम्पन्न प्रतिवेदनमा ३४८.४३ घनमिटर ड्राइ स्टोन म्यासनरीको कार्य भएको भनी मूल्याङन गर्न लगाइ वास्तविक कार्यभन्दा १३ लाख ७२ हजार ३४० रुपैयाँ बढी भुक्तानी लिएको अख्तियारको ठहर छ ।
यसैगरी सोरु गाउँपालिका गाउँ कार्यपालिका सदस्य एवं अनुमगन समिति संयोजक दलवीर सार्की र सोरु गाउँपालिका-७ का तत्कालीन वडाअध्यक्ष राजेन्द्र बुमीले अनुगमन निरीक्षण प्रतिवेदन ड्राइ स्टोन म्यासनरी वाल जम्मा ११८.९८ घनमिटर मात्र काम भएकोमा ३४८.४३ घनमिटर ड्राइ स्टोन म्यासनरीको कार्य भएको भनी गलत अनुगमन प्रतिवेदन दिन लगाइ सो गलत प्रतिवेदनसमेतको आधारमा वास्तविक कार्यभन्दा १३ लाख ७२ हजार ३४० रुपैयाँ बढी रकम भुक्तानी भएको अख्तियारले जनाएको छ ।
उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवानाको सजाय माग दावी गर्दै आरोप पत्र दायर भएको अख्तिायरले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: