Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

करोडौँको निर्वाचन सामग्री प्रयोगविहीन

खबरडबली संवाददाता

काठमाडौं। आवश्यकता र प्राविधिक विश्लेषणबिना खरिद गरिएका करोडौँ रुपियाँ बराबरको निर्वाचन सामग्री प्रयोगविहीन भएको छ । ती सामग्री अहिले निर्वाचन आयोगमा थन्किएका छन् । आयोगमा मौज्दात हुँदाहुँदै भारी परिमाणमा कागज, मसीलगायतका सामग्री खरिद गरिएको र ती सामग्री प्रयोगविहीन अवस्थामा रहेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले औँल्याएको छ ।

कार्यालयको प्रतिवेदन अनुसार आवश्यकताभन्दा बढी परिमाणमा मतपत्र छाप्ने कागज खरिद गर्दा आयोगमा १२ करोड ४३ लाख रुपियाँ बराबरको कागज प्रयोगविहीन अवस्थामा छ । निर्वाचनपूर्व नमुना मतपत्र छाप्न खरिद गरिएको एक करोड ३३ लाख ३३ हजार रुपियाँ बराबरको मसी पनि प्रयोग नभएको प्रतिवेदनमा उल्लेख छ । 

स्थानीय तह सदस्य निर्वाचनमा मतपत्र छाप्न खरिद गरिएको कागजमध्ये ३२७.५२ मेट्रिक टन मौज्दात रहँदारहँदै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा ८४८.७५६ मेट्रिक टन कागज खरिद गरिएको प्रतिवेदनमा उल्लेख छ । प्राविधिक अनुमान र विश्लेषण तथा आवश्यकतालाई ध्यानमा नदिई आयोगले कागज खरिद गर्न गरेको निर्णयप्रति महालेखा परीक्षकको कार्यालयले प्रश्नसमेत उठाएको छ । 

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोगसँग एक हजार १७६.२७६ मेट्रिक टन कागज उपलब्ध भएकोमा सो निर्वाचनमा ५२९.०५४ मेट्रिक टन मात्रै खपत भयो । महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ, “प्रयोग गर्नयोग्य कागजमध्ये ४५ प्रतिशत कागज मतपत्र छपाइमा प्रयोग भई ५५ प्रतिशत कागज मौज्दात देखिन्छ ।”

विसं २०७९ वैशाख ३० गते स्थानीय तह सदस्यको निर्वाचन र २०७९ मङ्सिर ४ गते प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । आमनिर्वाचनपूर्व आयोगले २०७९ भदौ १७ गते सुनौलो रङको तीन हजार किलोग्राम र सुन्तला रङको एक हजार आठ सय किलोग्राम मसी खरिद गर्ने निर्णय गरेको थियो । सोबापत आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई एक करोड ३३ लाख ३३ हजार रुपियाँ भुक्तानी दिएको थियो । 

तर नमुना मतपत्र छाप्दा सुनौलो र सुन्तला रङमा छापिएको निर्वाचन चिह्न र अन्य विवरण प्रस्ट नदेखिएको जनाउँदै कालो र रातो रङको मतपत्र प्रयोग गर्ने निर्णय आयोगले गरेको थियो । महालेखा परीक्षकको कार्यालयले सुरुमा केही परिमाणमा मात्र छपाइ गरी उपयुक्तताका आधारमा थप परिमाण खरिद गर्नुपर्नेमा खरिदपूर्व प्राविधिक अनुमान तथा विश्लेषण नगरिएकोमा आयोगको आलोचना गरेको छ । 

मृतक मतदाताले खर्च बढ्यो 

निर्वाचन आयोगले मृतक मतदाताको नाम मतदाता नामावलीबाट निरन्तर नहटाउँदा त्यसले निर्वाचन खर्च बढाएको महालेखा परीक्षकको कार्यालयको ठहर छ । “नामावली अद्यावधिक नभई मतदाताको सङ्ख्या वास्तविक नहुने तथा सो अनुरूप मतदान सामग्री खरिद गर्दा आवश्यकताभन्दा बढी सामग्री खरिद हुने अवस्था हुने,” महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । सो कार्यालयले नेपाल सरकारले प्रयोग गरिरहेका व्यक्तिगत घटना दर्ता, राष्ट्रिय परिचयपत्रका लागि प्रयोग भएका प्रणालीलगायतसँग अन्तरआबद्धता गरी नामावलीको लगत कट्टा स्वचालित बनाउनुपर्ने सुझाव दिएको छ । 

कार्यालयको प्रतिवेदनबमोजिम निर्वाचन आयोग र मातहतसमेत १४९ निकायमा आर्थिक वर्ष २०७९/८० मा तीन करोड ५६ लाख तीन हजार रुपियाँ बेरुजु देखिएको छ । प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि आयोगले नौ लाख ६१ हजार फस्र्योट गरेको जनाइएको छ । 

आयोगले तोकिएको समयावधिभित्र खर्च विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभा र प्रदेश सभातर्फको गरी तीन करोड ६५ लाख २५ हजार रुपियाँ जरिबाना सम्बन्धितबाट असुल गर्न गर्न सुझाव दिएको समाचार गाेरखापत्र दैनिकमा  छ । u

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy