Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

७० लाख सहकारी पीडितले न्याय नपाएसम्म कांग्रेसको संघर्ष जारी रहन्छ : नेता महर

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीको मारमा परेका ७० लाख जनताले न्याय नपाएसम्म कांग्रेसको लडाइ जारी नै रहने कुरा बताएका छन् । 

चितवन कांग्रेसले सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण तालिम समारोहका प्रमुख अतिथि नेता महरले जनताको नजरमा दोषी प्रमाणित भइसकेका पार्टीका नेता र पार्टीलाई कारबाहीको दायरामा ल्याउन तथा पीडित जनताले सञ्चित गरेको रकम फिर्ता गर्न कांग्रेस संसदीय छानबिन समितिमा मात्रै भर नपर्ने र जनपेक्षा अनुसार सदनदेखि सडक संघर्ष जारी नै राख्ने बताए ।

अहिले गिरीबन्दु टी स्टेटदेखि सुदर्शन सहकारीसम्म गठबन्धन सरकारमा संलग्न पार्टी र तिनका प्रमुख नेताहरू नै संलग्न हुनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ । अहिलेको गठबन्धन सरकारले नेपाली जनताको सार्वजनिक सम्पत्ति दोहन गरिरहेको महरको आरोप छ । कांग्रेसको भरखरै सम्पन्न बैठकमा गिरीबन्दु टी स्टेटमा भएको अर्बौ रकम चलखेलको पर्दाफास गर्न आफूले प्रस्ताव गरे पनि निर्णय बाहिर आउँदा त्यस विषयमा नलेखिएको उनको भनाई थियो ।

कांग्रेसका नेता कार्यकर्ता मनबाटै जनमुखी हुनु आवश्यक रहेको बताउँदै उनले आज जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू खाली हुँदै गएको र त्यसको असर वातावरणमा परेकोप्रति चिन्ता व्यक्त गरे । जनवायु परिवर्तनका कारण तराई क्षेत्रमा अत्याधिक तामक्रम बढेर जनता कष्टकर जीवन विताउन बाध्य रहेकाले जलवायु परिवर्तनको असर न्यूनिकरण बारे पार्टीले सबै तहमा प्रशिक्षणात्क सचेतना अभियानमा जुटनु पर्ने महरको धारणा छ ।

'हामीले राजनीतिसँग समाज र जनताका मद्दा बोक्नुपर्छ । केन्द्रदेखि टोल समितिसम्ममा प्रकोपीय जोखिमबाट बच्न 'जलवायु परिवर्तन तथा प्रकोप जोखिम न्यूनिकरण कार्यदल'गठन गरेर वातावरण संरक्षणमा योगदान दिनु पर्छ ,' उनले भने ।

राजनीतिक इतिहासमा राप्रपा, माओवादी, मधेशी जनधिकार र साझा विवेकशिल पार्टीको कनै बेला ठूलै आकार र स्याल हुँय्या भएको प्रसंग उठाउँदै महरले अहिले भने ती पार्टीलाई अस्तित्व बचाउनै गाह्रो परिरहेको बताए । 'अहिले नयाँ आएका राजनीतिक दलहरूको गतिविधि र भूमिकाले अर्को चुनावसम्म उनीहरुको पनि बिजोग हुने निश्चित छ,' उनले भने ।

५३ जना जिल्ला स्तरीय नेताहरूको सहभागीता रहेको प्रशिक्षणमा कांग्रेस केन्द्रीय सदस्य गोबिन्द पोखरेल, अजयबाबु सिवाकोटी, प्रकाश स्नेही, प्राध्यापक कृष्ण पौडेल, कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक डा. सुरेश आचार्य, कांग्रेस चितवनका सभापति राजेश्वर खनाललगायतले प्रशिक्षण दिएका थिए । जेठ १७ बाट सञ्चालित प्रशिक्षक तालिम १९ गतेसम्म चल्ने छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending