काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीको मारमा परेका ७० लाख जनताले न्याय नपाएसम्म कांग्रेसको लडाइ जारी नै रहने कुरा बताएका छन् ।
चितवन कांग्रेसले सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण तालिम समारोहका प्रमुख अतिथि नेता महरले जनताको नजरमा दोषी प्रमाणित भइसकेका पार्टीका नेता र पार्टीलाई कारबाहीको दायरामा ल्याउन तथा पीडित जनताले सञ्चित गरेको रकम फिर्ता गर्न कांग्रेस संसदीय छानबिन समितिमा मात्रै भर नपर्ने र जनपेक्षा अनुसार सदनदेखि सडक संघर्ष जारी नै राख्ने बताए ।
अहिले गिरीबन्दु टी स्टेटदेखि सुदर्शन सहकारीसम्म गठबन्धन सरकारमा संलग्न पार्टी र तिनका प्रमुख नेताहरू नै संलग्न हुनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ । अहिलेको गठबन्धन सरकारले नेपाली जनताको सार्वजनिक सम्पत्ति दोहन गरिरहेको महरको आरोप छ । कांग्रेसको भरखरै सम्पन्न बैठकमा गिरीबन्दु टी स्टेटमा भएको अर्बौ रकम चलखेलको पर्दाफास गर्न आफूले प्रस्ताव गरे पनि निर्णय बाहिर आउँदा त्यस विषयमा नलेखिएको उनको भनाई थियो ।
कांग्रेसका नेता कार्यकर्ता मनबाटै जनमुखी हुनु आवश्यक रहेको बताउँदै उनले आज जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू खाली हुँदै गएको र त्यसको असर वातावरणमा परेकोप्रति चिन्ता व्यक्त गरे । जनवायु परिवर्तनका कारण तराई क्षेत्रमा अत्याधिक तामक्रम बढेर जनता कष्टकर जीवन विताउन बाध्य रहेकाले जलवायु परिवर्तनको असर न्यूनिकरण बारे पार्टीले सबै तहमा प्रशिक्षणात्क सचेतना अभियानमा जुटनु पर्ने महरको धारणा छ ।
'हामीले राजनीतिसँग समाज र जनताका मद्दा बोक्नुपर्छ । केन्द्रदेखि टोल समितिसम्ममा प्रकोपीय जोखिमबाट बच्न 'जलवायु परिवर्तन तथा प्रकोप जोखिम न्यूनिकरण कार्यदल'गठन गरेर वातावरण संरक्षणमा योगदान दिनु पर्छ ,' उनले भने ।
राजनीतिक इतिहासमा राप्रपा, माओवादी, मधेशी जनधिकार र साझा विवेकशिल पार्टीको कनै बेला ठूलै आकार र स्याल हुँय्या भएको प्रसंग उठाउँदै महरले अहिले भने ती पार्टीलाई अस्तित्व बचाउनै गाह्रो परिरहेको बताए । 'अहिले नयाँ आएका राजनीतिक दलहरूको गतिविधि र भूमिकाले अर्को चुनावसम्म उनीहरुको पनि बिजोग हुने निश्चित छ,' उनले भने ।
५३ जना जिल्ला स्तरीय नेताहरूको सहभागीता रहेको प्रशिक्षणमा कांग्रेस केन्द्रीय सदस्य गोबिन्द पोखरेल, अजयबाबु सिवाकोटी, प्रकाश स्नेही, प्राध्यापक कृष्ण पौडेल, कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक डा. सुरेश आचार्य, कांग्रेस चितवनका सभापति राजेश्वर खनाललगायतले प्रशिक्षण दिएका थिए । जेठ १७ बाट सञ्चालित प्रशिक्षक तालिम १९ गतेसम्म चल्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: