लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राज्यका हरेक क्रियाकलापमा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भएकोले सरकारले सहयोग गर्दै आएको बताएका छन् ।
आज नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले पछिल्लो प्रदेश सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि लोक कल्याणकारी विज्ञापनको रकम र पत्रकारका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम सुरु गरिएको बताए ।
यसअघि आफ्नो नेतृत्वमा रहेको सरकारले पत्रकारको क्षमता अभिवृद्धिका लागि लेखनवृत्तिलगायत कार्यक्रम कार्यान्वयन गरेको पनि उनले बताए । “देशमा हुने हरेक परिवर्तनमा पत्रकारको महत्वपूर्ण भूमिका छ । पछिल्लो परिवर्तनलाई संस्थागत गर्न यहाँहरूबाट सकारात्मक सहयोगको आवश्यकता छ । त्यसैले अझै निर्भिकताका साथ कलम चलाउन आग्रह गर्दछु”, मुख्यमन्त्री पाण्डेले भने, “सबै जिल्लामा महासङ्घको भवन बनाउनुपर्छ भन्ने महासङ्घको अभियानमा प्रदेश सरकारको साथ र समर्थन छ । त्यसबाहेक पत्रकारिताको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध छ ।”
बेसीसहर नगरपालिका वडा नं ३ मा निर्मित महासङ्घ लमजुङ शाखाको भवनका लागि गण्डकी प्रदेश सरकारले रु ३५ लाख सहयोग गरेको थियो । गोरखा, लमजुङ र तनहुँमा महासङ्घको भवन बनाउन प्रदेश सरकारले सहयोग गरेको थियो भने बाँकी जिल्लामा पनि सहयोग गर्ने मुख्यमन्त्री पाण्डेले प्रतिवद्धता व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: