Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

भारतको अरुणाचल र सिक्किम विधानसभामा सत्तारुढ दललाई फराकिलो बहुमत

खबरडबली संवाददाता

काठमाडौं । भारतको उत्तरपूर्वी दुई राज्यहरू अरुणाचल प्रदेश र सिक्किम दुवै राज्यमा सत्तारुढ दलले भारी बहुमत ल्याउने देखिएको छ । 

अरुणाचल प्रदेशमा भाजपा नेतृत्वको  एनडीए गठबन्धन अहिलेसम्म ६० मध्ये ४५ सिटमा अगाडि छ । त्यस्तै, सिक्किममा सत्तारुढ एसकेएम पार्टीले ३२ सिटमध्ये ३१ सिटमा अग्रता लिएको छ । यसैबीच दुबै प्रदेशका मजदुरहरुले उत्सव मनाउन थालेका छन् । 

दुवै प्रदेशका मुख्यमन्त्री र राज्यपालबीच आजै दिउँसो भेटवार्ता हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दुवै राज्यमा मुख्यमन्त्रीले आ–आफ्नो सिट जितेका छन् । २०१९ अरुणाचल प्रदेश विधानसभा चुनावमा, बीजेपीले ४१ सीट जित्यो र पेमा खान्डु मुख्यमन्त्री बने । कांग्रेसले ४ सिट मात्र जितेको थियो भने जनता दल युनाइटेड (जेडीयू) र एनपीपीले क्रमशः ७ र ५ सिट जितेका थिए । 

यसअघि २०१४ मा भएको अरुणाचल प्रदेश विधानसभा चुनावमा कांग्रेसले ४२ सिट जितेको थियो भने भाजपाले ११ सिट मात्र जिटेको थियो । अरुणाचलको पीपल्स पार्टी (पीपीए) ले ५ सिट जितेको थियो । तर राज्यमा राजनीतिक उथलपुथल भएपछि जुलाई २०१६ मा पेमा खाण्डु पहिलो पटक राज्यको मुख्यमन्त्री बनेका थिए । 

अरुणाचल प्रदेशमा भाजपाले यसअघि नै १० सिट निर्विरोध जितेको छ । अरुणाचल प्रदेशमा कुनै प्रमुख क्षेत्रीय राजनीतिक दलहरू छैनन् । यहाँ बीजेपी र कांग्रेस दुई ठूला पार्टी हुन् र उनीहरुबीच लडाइ छ । यद्यपि, बीजेपीले राज्यका सबै ६० सिटमा उम्मेदवारी दिएको छ भने कांग्रेसले १९ सिटमा मात्रै उम्मेदवार खडा गरेको थियो । 

त्यस्तै सिक्किममा २०१९ को विधानसभा चुनावमा एसकेएमका प्रेम सिंह तामाङको नेतृत्वमा सरकार गठन भयो । एसकेएमले १७ सीट जिटेको थियो र प्रेम सिंह मुख्यमन्त्री बने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य

विराटनगर । कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आज राति १२ बजेदे...

वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारकाे जोड छ: उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नवीन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारले जोड द...

क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठग्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ...

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ ।  बैठकमा पार्टी केन्द्रीय का...

उदयपुरको कटारी सोरुङ्गछविसेमा आमा-छोरा हत्याका अभियुक्त सार्वजनिक

कटारी । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा-छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई सार्वजनिक गरेको छ ।  ...

रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ ।  सहकारीको बचत अप...

नेपाली सेनाको अगुवाईमा रौतहटमा ७ हजार वृक्षारोपण

रौतहट । रौतहटमा नेपाली सेनाको अगुवाईमा बृहत रुपमा वृक्षारोपण गरिएको छ । संबिधान दिवसको अवसर पारेर नेपाली सेनाको अगुवाईमा रौतहटको चुरे क्षेत्रमा बिभिन्...

राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्...

चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

चितवन । नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार...

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

मुस्ताङ​ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy