काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बजेट बढी महत्वकाङ्क्षी भएको भन्दै कार्यान्वयनमा चुनौती देखिएको टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसद पूजा चौधरीले बजेट बढी महत्वकाङ्क्षी भएको टिप्पणी गरे। बढ्दो महँगीमा कर्मचारी तलब वृद्धि हुनुपर्ने भन्दै उनले तलब वृद्धिका लागि सरकारको ध्यानाकर्षण गराए ।
सांसद तुलप्रसाद विश्वकर्माले पहिलेको तुलनामा यस पटकको बजेटले जनतामा केही आशा जगाउँदै नयाँपन ल्याएको टिप्पणी गरे। आगामी वर्षलाई कृषि दशक भनिए पनि कृषिमा बजेट घटेर आएको उनको भनाइ छ । उनका अनुसार बजेटले वैदेशिक ऋणलाई घटाउँदै लैजानुपर्ने छ ।
सांसद अन्जान शाक्यले समग्रमा बजेट सन्तुलित र यर्थाथपरक रहेको टिप्पणी गर्नुभयो । “निजी क्षेत्रका लागि आवश्यक रकम कसरी जुटाउने ?”, उनले प्रश्न गर्दै भने, “विभिन्न नीतिगत कारण बैँक, वित्तीय संस्थाले निजी क्षेत्रलाई कर्जा विस्तार गर्न नसकेको अवस्था छ ।”
सांसद नरबहादुर विष्टले औषधिजन्य प्रयोजनका लागि गाँजाखेती गर्ने प्रतिबद्धतालाई कानुनी रुपमा लागु गर्ने गरी अगाडि बढाउनुपर्नेमा जोड दिए। सांसद पदमबहादुर परियारले समग्रमा बजेटले सबै क्षेत्रलाई समान रुपमा समावेश गरेको टिप्पणी गरे। सांसदहरु सोनाम गेल्जेङ शर्पा र गोमादेवी तिमिल्सीनालगायतले बजेट जनताकेन्द्रित भए पनि कार्यान्वयनमा चुनौतीपूर्ण रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...
चैत्र ३ गते, २०८२ - १३:५९
दुबई। मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सक...
चैत्र ३ गते, २०८२ - १३:३६
तानसेन। पाल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा चार हजार ७९२ जना विद्यार्थी सहभागी हुने भएका छन् । आगामी चैत १९ गतेदेखि हुने एसइइ परीक्षा...


प्रतिकृया लेख्नुहोस्: