काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल आज पनि जारी रहेको छ ।
राष्ट्रियसभाको आजको बैठकमा उक्त छलफलमा बजेटले निजी क्षेत्र, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा क्षेत्रमा राम्रो भएको र कार्यान्वयन गर्ने पाटोमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए । नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले कृषिमा आत्मनिर्भर बनाउन, कृषिमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याएको हुनाले समग्रमा राम्रो बजेट ल्याएको बताए ।
नेकपा (एमाले) का सांसद सुमित्रा विसीले बजेट आफैमा राम्रो भए पनि सोचेअनुरुप स्वदेशमै रोजगार र युवालाई स्वदेशमै राख्ने खालको आशावादी काम नभएको बताइन । नेकपा (एमाले) का सांसद सोनाम गेल्जेन शेर्पाले देशको दिगो विकास र सङ्घीय प्रणालीलाई सुधार गर्ने खालको बजेट भए पनि सङ्घीयता सबलीकरणमा ध्यान दिन जरुरी भएको बताइन ।
नेकपा (एकीकृत समाजवादी) का सांसद गोमादेवी तिमल्सिनाले सरकारले नीति ल्याउँदा राम्रो ल्याए पनि युवाहरुलाई धितो राखी राखी विदेश पठाउने काम आफूलाई ठीक नलागेको सुझाव दिइन ।
नेकपा (माओवादी केन्द्र) का तारामान स्वाँरले आर्थिक, सामाजिक र सांस्कृतिक पक्ष सबैलाई समेटिएको भए पनि सुदूरपश्चिममा आशा जगाउने खालको नभएको बताए ।
नेपाली कांग्रेसका सांसद विष्णुदेवी पुडासैनीले सरकारले नयाँ रोजगारीका उद्योगहरुको सञ्चालन गर्ने र दैनिक विदेशिएका युवालाई स्वदेशमा रोक्ने खालको बजेट भएको बताइन ।
नेकपा (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाह गरिमाले सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण बजेटमा राम्रो नभएको र युवालाई रिट दिएर विदेश पठाउने काम राम्रो नभएको बताइन ।
नेपाली कांग्रेसका सांसद युवराज शर्माले बजेटले प्राथमिकता र रुपान्तरणमा ध्यान दिएको नदेखिएको र पर्यटकको क्षेत्रमा समेत उल्लेखनीय बजेट नभएको सुझाव दिए । नेकपा (एमाले) का सांसद रुक्मिणी कोइरालाले सरकारले ल्याएको बजेट समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्ने खालको भएको र अर्थतन्त्रको सुधार गर्ने खालको भएको बताइन ।
नेकपा (माओवादी केन्द्र) का सांसद मनरुपा शर्माले नीति क्षेत्रको मनोबल बढाउने, सार्वजनिक सेवालाई प्रभावकारी बनाउने खालको भएको र बजेटले समग्र देश तथा देशबासीको हितमा रहेको धारणा राखिन । नेकपा (माओवादी केन्द्र) का सांसद कृष्णप्रसाद अधिकारीले सूचना प्रविधि, उद्योगिक विकास, शिक्षा स्वास्थ्य सबै क्षेत्रमा बजेटले मार्ग कोरेको बताए ।
आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल आज जारी रहेको छ । उक्त छलफलमा मङ्गलबार पनि रहनेछ । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २२ गते मङ्गलबार १ः१५ बजे बस्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: