Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

राष्ट्रिसभामा राजस्व र व्ययमाथि छलफल जारी

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल आज पनि जारी रहेको छ । 

राष्ट्रियसभाको आजको बैठकमा उक्त छलफलमा बजेटले निजी क्षेत्र, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा क्षेत्रमा राम्रो भएको र कार्यान्वयन गर्ने पाटोमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए । नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले कृषिमा आत्मनिर्भर बनाउन, कृषिमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याएको हुनाले समग्रमा राम्रो बजेट ल्याएको बताए । 

नेकपा (एमाले) का सांसद सुमित्रा विसीले बजेट आफैमा राम्रो भए पनि सोचेअनुरुप स्वदेशमै रोजगार र युवालाई स्वदेशमै राख्ने खालको आशावादी काम नभएको बताइन । नेकपा (एमाले) का सांसद सोनाम गेल्जेन शेर्पाले देशको दिगो विकास र सङ्घीय प्रणालीलाई सुधार गर्ने खालको बजेट भए पनि सङ्घीयता सबलीकरणमा ध्यान दिन जरुरी भएको बताइन । 

नेकपा (एकीकृत समाजवादी) का सांसद गोमादेवी तिमल्सिनाले सरकारले नीति ल्याउँदा राम्रो ल्याए पनि युवाहरुलाई धितो राखी राखी विदेश पठाउने काम आफूलाई ठीक नलागेको सुझाव दिइन । 

नेकपा (माओवादी केन्द्र) का तारामान स्वाँरले आर्थिक, सामाजिक र सांस्कृतिक पक्ष सबैलाई समेटिएको भए पनि सुदूरपश्चिममा आशा जगाउने खालको नभएको बताए । 

नेपाली कांग्रेसका सांसद विष्णुदेवी पुडासैनीले सरकारले नयाँ रोजगारीका उद्योगहरुको सञ्चालन गर्ने र दैनिक विदेशिएका युवालाई स्वदेशमा रोक्ने खालको बजेट भएको बताइन । 

नेकपा (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाह गरिमाले सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण बजेटमा राम्रो नभएको र युवालाई रिट दिएर विदेश पठाउने काम राम्रो नभएको बताइन । 

नेपाली कांग्रेसका सांसद युवराज शर्माले बजेटले प्राथमिकता र रुपान्तरणमा ध्यान दिएको नदेखिएको र पर्यटकको क्षेत्रमा समेत उल्लेखनीय बजेट नभएको सुझाव दिए । नेकपा (एमाले) का सांसद रुक्मिणी कोइरालाले सरकारले ल्याएको बजेट समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्ने खालको भएको र अर्थतन्त्रको सुधार गर्ने खालको भएको बताइन । 

नेकपा (माओवादी केन्द्र) का सांसद मनरुपा शर्माले नीति क्षेत्रको मनोबल बढाउने, सार्वजनिक सेवालाई प्रभावकारी बनाउने खालको भएको र बजेटले समग्र देश तथा देशबासीको हितमा रहेको धारणा राखिन । नेकपा (माओवादी केन्द्र) का सांसद कृष्णप्रसाद अधिकारीले सूचना प्रविधि, उद्योगिक विकास, शिक्षा स्वास्थ्य सबै क्षेत्रमा बजेटले मार्ग कोरेको बताए । 

आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल आज जारी रहेको छ । उक्त छलफलमा मङ्गलबार पनि रहनेछ । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २२ गते मङ्गलबार १ः१५ बजे बस्नेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending