गण्डकी । पर्यटन राजधानी पोखरामा ७४ औँ अन्नपूर्ण आरोहण दिवस (अन्नपूर्ण डे) विभिन्न कायक्रम गरी मनाइएको छ । सन् १९५० मा जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पाइला टेकेको ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष जुन ३ मा अन्नपूर्ण आरोहण दिवस मनाइँदै आइएको छ ।
नेपाल पर्यटन बोर्डको आयोजना एवं परराष्ट्र मन्त्रालयको सहकार्य र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) गण्डकी प्रदेश र नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको सहकार्यमा आज विभिन्न नौ राष्ट्रका राजदूत एवं कूटनीतिज्ञसहित अन्नपूर्ण आरोहण दिवस मनाइएको हो ।
दिवसका अवसरमा बिहान पोखराको फिस्टेल गेटदेखि बाराहीघाटसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतको सहभागिता थियो ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्ने लक्ष्यका साथ सरकार यहाँका पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्र्धनमा लागेको बताए । प्रकृति, संस्कृति, परम्परा, भौगोलिक विविधतालाई पर्यटकीयरुपमा उपयोग हुनुपर्नेमा उनले जोड दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले मौरिस हर्जोगको अन्नपूर्ण आरोहणले नेपाललाई पर्वतारोहण र साहसिक गन्तव्यका रुपमा स्थापित गर्न मद्दत पुर्याएको बताए । पोखरा नेपालको पर्यटनको गहना भएको बताउँदै उनले गण्डकी प्रदेशमा पर्यटनका प्रचुर सम्भावना रहेको उल्लेख गरे ।
पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा यहाँ पर्यटन लक्षित गतिविधि र पूर्वाधार विकास अघि बढाउने विषय प्राथमिकतामा रहेको बताए । विदेशी कूटनीतिज्ञ समेतको उपस्थितिमा अन्नपूर्ण आरोहण दिवस मनाउनुले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ ।
इजरायली राजदूत हानन गोडर गोल्डब्रेटरले नेपाल पर्यटकीयरुपमा धेरै सम्भावना बोकेको क्षेत्र भएको बताए । उक्त अवसरमा अन्नपूर्ण प्रथमको पहिलो पटक आरोहण गरेकाे मौरिस हर्जोगको शालिकको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले अनावरण गर्नुका साथै अन्नपूर्ण हिमाल आरोहीलाई सम्मान गरेका थिए ।
अनावरण गरिएको शालिक हर्जोगले अन्नपूर्ण हिमाल आरोहण सुरु गरेको म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरमा राखिने जनाइएको छ । उनले कार्यक्रममा अन्नपूर्ण हिमालको आरोहण गरेका आरोहीलाई सम्मान पनि गरे ।
उक्त कार्यक्रमपश्चात् उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसहित विदेशी कूटनीतिज्ञको टोली फेवातालमा जलविहार गर्नुका साथै अन्नपूर्ण केबलकारमार्फत सराङकोट पुगी त्यहाँबाट दृश्यावलोकन गरेका थिए । अन्नपूर्ण आरोहण दिवसको पूर्वसन्ध्यामा कूटनीतिज्ञको टोली आइतबार कास्कीको धम्पुसदेखि अस्तामसम्म पदयात्रामा समेत सहभागी भएको थियो ।
दिवसकै अवसरमा टेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) गण्डकीको आयोजनामा आजै फेवाताल किनारास्थित भ्यु फेवा राउन्ड फेवा पदमार्गमा पदयात्रा सम्पन्न भएको अध्यक्ष धर्मराज पन्थीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: