Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

भारतमा लोकसभा चुनाव परिणामः आधाभन्दा बढी सिटमा भाजपा अगाडी

खबरडबली संवाददाता

दिल्ली । भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहेको छ। आयोगको पछिल्लो अपडेटअनुसार पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) दुई सय ३६ सिटमा अग्रता हासिल गरेको छ । भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) दुई सय ९९ सिटमा अगाडी रहेको निर्वाचन आयोगले जानकारी गराएको छ।

त्यसैगरी एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले दुई सय २६ सिटमा अग्रता हासिल गरिरहेको छ र अन्य १८  सिटमा अगाडि रहेका छन्।

काङ्ग्रेस ९२ सिटमा, समाजवादी पार्टी ३४  सिटमा, द्रविड़ मुन्नेत्र कड़गम (डिएमके) २१ सिटमा, तृणमूल काङ्ग्रेस ३० सिटमा, शिवसेना (उद्धव ठाकरे) १० सिटमा, एनसीपी (सपा) आठ सिटमा, माकपा पाँच सिटमा र आम आदमी पार्टी तीन सिटमा अगाडि छन् । राहुल गान्धी र प्रधानमन्त्री नरेन्द्र मोदी दुबै आफ्नो निर्वाचन क्षेत्र क्रमश राय–बरेली र वनारसमा अगाडि छन्। राहुल गान्धी वायनाडमा पनि अग्रतामा रहेका छन् ।

उत्तर प्रदेशमा भाजपा ३५ सिटमा अगाडि छ । यसको साझेदार पार्टी राष्ट्रिय लोक दल (आरएलडी) दुई सिटमा अगाडि छ भने समाजवादी पार्टी ३४ सिटमा अगाडि रहेको छ।

छ हप्ताको अवधिमा सात चरणमा सम्पन्न लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनताले मतदान गरेका थिए। 

आन्ध्र प्रदेशको १ सय ७५  विधानसभा निर्वाचन क्षेत्र र ओडिसाका एक सय ४७ विधानसभा निर्वाचन क्षेत्रहरूमा पनि मतगणना सुरु भइसकेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनकपुर र अयोध्यालाई हवाई सेवा मार्फत जोड्ने प्रयासमा छौं : मन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाई सेवाको मध्यामबाट जोड्नु पर्ने बताएको  छन्। बुधबार ...

जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्ने बताएको छन् । छैटौँ एसियाली जनस...

बाढीपहिरोको दुई महिना: सुरक्षित वासस्थानको माग गर्दै पीडित

काभ्रेपलाञ्चोक। बाढीपहिरोको गएको दुई महिना बितिसक्दा पुनर्निर्माण र आवासको व्यवस्था हुन नसकेको भन्दै जिल्लाका पीडितले सुरक्षित वासस्थानको माग गरेका छन...

फ्रान्समा भेटिए १०वर्ष देखी श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी

पेरिस। फ्रान्समा आफ्नी श्रीमतीलाई लागुऔषध खुवाएर १० वर्षसम्म अज्ञात व्यक्तिबाट बलात्कार गर्ने अभियुक्तलाई २० वर्ष कैद सजायको माग गरिएको छ । ती आरोप...

यसरी गर्दैछन वाइडेनले ट्रम्पलाई सत्ता हस्तान्तरण

काठमाडौं। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तर अब उनले यो पद सम्हाल्न कम्तिमा जनवरी २० सम्म कुर्नु पर्नेछ । वास्तवमा, अमेरिकी...

विश्वमा सबैभन्दा बढी भात खाने देश बन्यो अफ्रिका

काठमाडौ। नेपाललगायत दक्षिण एसियका सबै देशमा भात खाइन्छ।  यो फरक कुरा हो कि केहि देशहरुमा यसको खपत धेरै छ। नेपालमा जस्तै विश्वका धेरै देशमा चामलको ठ...

तत्काल उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तत्काल उद्योगहरूको बिजुली नकाट्ने भएको छ। बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरूको बिजुली नकाट्...

सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन सर्वोच्चको आदेश

व्यवसायीले सिधै वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्नेगरी आदेश

श्रीलङ्कामा प्रतिकूल मौसमका कारण ८२ हजारभन्दा बढी प्रभावित

कोलम्बा । श्रीलङ्कामा खराब मौसमका कारण ८२ हजारभन्दा बढी मानिसहरु प्रभावित हुनुका साथै एक जनाको मृत्यु भएको एक अधिकारीले बुधबार बताएका छन् ।  विपद् ...

नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति: प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताएको छन् । बुधबार २१ औँ राष्ट्रिय ज्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy