चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मृतावस्थामा बाघ भेटिने क्रम बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष प्राकृतिक कारणबाट धेरै बाघ मरेका निकुञ्ज कार्यालयले जनाएको छ ।
गत आवमा तीनवटा मृत भेटिएकामा यस आवमा भने सातवटा बाघ मृतावस्थामा भेटिएका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार सबैजसो बाघ प्राकृतिक कारणले मरेका हुन् ।
तिमध्ये अधिकांश एकापसमा जुधेर मरेका हुन् । बाघ एक्लै बस्न रुचाउने जनावर भएकाले बासस्थानको रक्षा र आहाराको खोजीका क्रममा एकापसमा जुध्ने गरेको उनले बताए ।
“बाघको सङ्ख्या बढ्दा बासस्थानको खोजीका क्रममा जुध्ने गरेका छन् । अहिलेसम्म बूढो भएर र जुधेर मरेका बाघ मात्रै भेटिएका छन् । चोरी सिकारी र बिरामी भएर यो वर्ष बाघ मरेका छैनन्”, उनले भने । बाघको हाडखोर मात्रै भेटिने भएकाले भाले पोथी छुट्याउन कठिन हुने गरेको उनले बताए ।
निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले नियमित गस्ती बढाएसँगै निकुञ्ज र आसपासका क्षेत्रमा बाघ बढी सङ्ख्यामा मृत भेटिएका हुन् । सन् २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा वयस्क बाघ रहेका छन् । देशभर बाघको सङ्ख्या तीन सय ५५ रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - २१:०२
विराटनगर । कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आज राति १२ बजेदे...
आश्विन ४ गते, २०८१ - २०:३५
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नवीन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारले जोड द...
आश्विन ४ गते, २०८१ - २०:२०
काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ...
आश्विन ४ गते, २०८१ - १९:५०
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ । बैठकमा पार्टी केन्द्रीय का...
आश्विन ४ गते, २०८१ - १९:४५
कटारी । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा-छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई सार्वजनिक गरेको छ । ...
आश्विन ४ गते, २०८१ - १९:३८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ । सहकारीको बचत अप...
आश्विन ४ गते, २०८१ - १९:३५
रौतहट । रौतहटमा नेपाली सेनाको अगुवाईमा बृहत रुपमा वृक्षारोपण गरिएको छ । संबिधान दिवसको अवसर पारेर नेपाली सेनाको अगुवाईमा रौतहटको चुरे क्षेत्रमा बिभिन्...
आश्विन ४ गते, २०८१ - १९:०५
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्...
आश्विन ४ गते, २०८१ - १९:०१
चितवन । नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार...
आश्विन ४ गते, २०८१ - १८:५८
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौड...
प्रतिकृया लेख्नुहोस्: