झापा । बाढीको प्रकोपबाट हुने क्षति कम गर्न, प्रकोपपछि उद्धार, प्राथमिक उपचार र राहत वितरणसम्बन्धी सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापनको संयुक्त टोलीद्वारा आज मेचीनगरको निचाझोडा सिमसार क्षेत्रमा विपद् पूर्वको अभ्यासबारे बृहत् प्रदर्शन गरेको हो । संयुक्त प्रदर्शनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला रेडक्रस सोसाइटी, विभिन्न सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षक, जनप्रतिनिधिलगायतको सहभागिता थियो ।
नेपाली सेनाको अरिदमन गण चारआलिको समन्वयमा सो प्रदर्शन गरिएको हो । वर्खायाममा बाढी तथा डुबानको सम्भावना रहेकाले उक्त विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी स्वरुप संयुक्त अभ्यास प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी एंव जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक बन्धुप्रसाद बाँस्तोलाले बताए ।
उनले झापाका सबै स्थानीय तहहरुलाई विपद् व्यवस्थापनको तयारीमा जुटन् आह्वान गरे । विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि तालिम प्राप्त दक्ष जनशक्तिले बाढीको विपद्का बेला गरिने उद्धारको कृत्रिम अभ्यास गरेका हुन् । उक्त प्रदर्शनमा बाढीको प्रकोपको बेला हुने गरेको क्षति न्यूनीकरण गर्न अपनाउनुपर्ने तत्कालीन उपायहरुबारे प्रदर्शन मार्फत सहभागिलाई जानकारी गराइएको थियो ।
जिल्लाका १५ स्थानीय तहमध्ये छ वटा बाढीको उच्च जोखिममा, पाँच वटा मध्यम जोखिममा छन भने चार स्थानीय तहमात्र बाढीको कम जोखिममा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - २१:०२
विराटनगर । कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आज राति १२ बजेदे...
आश्विन ४ गते, २०८१ - २०:३५
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नवीन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारले जोड द...
आश्विन ४ गते, २०८१ - २०:२०
काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ...
आश्विन ४ गते, २०८१ - १९:५०
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ । बैठकमा पार्टी केन्द्रीय का...
आश्विन ४ गते, २०८१ - १९:४५
कटारी । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा-छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई सार्वजनिक गरेको छ । ...
आश्विन ४ गते, २०८१ - १९:३८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ । सहकारीको बचत अप...
आश्विन ४ गते, २०८१ - १९:३५
रौतहट । रौतहटमा नेपाली सेनाको अगुवाईमा बृहत रुपमा वृक्षारोपण गरिएको छ । संबिधान दिवसको अवसर पारेर नेपाली सेनाको अगुवाईमा रौतहटको चुरे क्षेत्रमा बिभिन्...
आश्विन ४ गते, २०८१ - १९:०५
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्...
आश्विन ४ गते, २०८१ - १९:०१
चितवन । नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार...
आश्विन ४ गते, २०८१ - १८:५८
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौड...
प्रतिकृया लेख्नुहोस्: