Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

देशभर अवैध लागूऔषधसहित ९ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ म्हैपी पुलस्थित सेलिन सेफाली खाजा घरबाट अवैध लागूऔषध ट्रामाडोल २ हजार २ सय ९० ट्याब्लेट, ८ हजार रूपैयाँ र २ थान मोइबाइलसहित खाजा घरका संचालक पाँचथर फिदिम नगरपालिका-७ घर भएकी ३८ वर्षीया निर्मला योङ्हाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

यसैगरी काठमाडौं मित्रनगरस्थित किराना पसलबाट अवैध लागूऔषध ट्रामाडोल ४ हजार ५ सय १० ट्याब्लेट, १७ हजार रूपैयाँ र २ थान मोबाइलसहित उक्त पसलका संचालक गोरखा बारपाक सुलिकोट गाउँपालिका-६ घर भएकी २८ वर्षीया शान्ता वस्ती र सोही ठाउँ बस्ने ३२ वर्षीया सुस्मा कुँवरलाई समेत मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर टेकु र प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

झापा, बिर्तामोड नगरपालिका-५ बिर्तामोड शनिश्‍चरेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय २० मिलिग्रामसहित अर्जुनधारा नगरपालिका-६ घर बस्ने २७ वर्षीय महमद रेहानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले  मे.६ प १८८५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम २३ मिलिग्रामसहित धनकुटा, धनकुटा नगरपालिका-२ भिरगाउँ बस्ने २० वर्षीय बुद्धिमान राई र २१ वर्षीय रबिन लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१३ प ८४८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनि लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो । 

बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित मधुबन नगरपालिका-७ ताराताल बस्ने २४ वर्षीय अजय सुनारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महमदपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बाँके, खजुरा गाउँपालिका-२ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बिवस खनाल र सोही गाउँपालिका-१ बस्ने २७ वर्षीय आकाश थापा रहेका छन् । 

प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित कृष्ण लाल जैसीको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न हाल फरार जैसीको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending