एजेन्सी । अधिकारीहरूले सीमा क्षेत्रमा आप्रवासीको भीड भएको बताएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार अवैध रूपमा दक्षिणी सीमा पार गरी शरण खोज्नेहरूमाथि प्रतिबन्ध लगाउने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
वरिष्ठ प्रशासन अधिकारीले बताएअनुसार ‘बाइडेनले लामो समयदेखि विचार गर्दै आएका यस विषयमा प्रभावकारी सीमा नियन्त्रणले एकै पटकमा अमेरिका–मेक्सिको सीमामा प्रवेश गर्ने बन्दरगाहमा लगातार सात दिनसम्म औसत प्रति दिन दुई हजार ५०० अवैध आप्रवासी भित्रिने समस्या निर्मुल हुनेछ ।
यो हालको गम्भीर विषय भएकाले आदेश हस्ताक्षर भएपछि तुरुन्तै लागू हुने र जतिसक्दो छिटो आप्रवासीहरू फिर्ता गर्न सीमा अधिकारहरूलाई सशक्त निर्देशन दिइनेछ, ह्वाइट हाउस सम्वद्ध एक अधिकारीले पत्रकारलाई जानकारी गराए ।
मङ्गलबारको यो कार्यकारी आदेशभन्दा पहिले संयुक्त राज्य अमेरिकामा शरण खोज्ने अवैध आप्रवासीलाई सामान्यतया अस्थायी रूपमा देशमा प्रवेश गर्न अनुमति दिइन्थ्यो । नयाँ निर्देशनअनुसार लगातार सात दिनसम्म दैनिक सीमा पार गर्नेको सङ्ख्या एक हजार ५०० वा सोभन्दा कम रहे दुई हप्तापछि अमेरिकामा शरण खोज्नेहरूका लागि सीमा पुनः खुल्नेछ ।
बालबालिका तथा मानव बेचबिखनका पीडितहरूलाई भर्खरै घोषणा गरिएका प्रतिबन्धहरूबाट छुट दिइएको छ । तथापि यस्तो छुटले सम्भावित रूपमा सीमानामा खतरनाक यात्रा गर्ने बालबालिकाको तीव्र वृद्धि हुनेमा आप्रवासनमामिला हेर्ने अधिकारीले चिन्ता व्यक्त गरेका छन् ।
कार्यकारी आदेशलाई देशको बिग्रिँदाे आप्रवासन प्रणालीबारे मतदाताहरूको चिन्ता कम गर्न लिइएको चुनावी कदमका रूपमा हेरिएको छ । राष्ट्रपति बाइडेनको हालसम्मको कार्यकालमा आप्रवासन नीतिको सम्बन्धमा संयुक्त राष्ट्रसङ्घको राष्ट्रिय सुरक्षा खर्चमा खुला सीमालाई मौलिक रूपमा सहयोग गरेको भन्दे उनि लगातार रिपब्लिकनहरूको आलोचनाको बिषय बनेकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: