बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ रानीसैन क्षेत्रमा पुनः तनाव बढ्दै जाँदा ३५ भन्दा बढी भोटे समुदायका परिवार विस्थापित भएका छन्। स्थानीय अनुसार भेडीगोठमा आगजनी र कुटपिट भएपछि उनीहरू क्षेत्र छोड्न बाध्य भएका हुन्।
स्थानीय भोटे समुदायका प्रतिनिधिहरूका अनुसार हुम्ला क्षेत्रबाट आएका समूहले अस्थायी रूपमा भेडा चराउँदै बसोबास गरिरहेका परिवारलाई रानीसैन क्षेत्रबाट लखेटेका हुन्। घटनाक्रमपछि उनीहरूको भेडीगोठमा समेत आगजनी गरिएको आरोप छ।
भोटे जनजाति महासंघका केन्द्रीय अध्यक्ष जनक भण्डारीका अनुसार गोठमा रहेका भेडा, खाद्यान्न तथा भाँडाकुँडा समेत जलाइएको छ। साथै, केही व्यक्तिबाट मोबाइल फोन खोसिएको दाबी पनि गरिएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा भेडीगोठ जलिरहेको र विवादास्पद अभिव्यक्ति दिइएको देखिन्छ। प्रहरीको उपस्थितिमै घटनाक्रम भएको दाबी पनि स्थानीय पक्षले गरेका छन्।
विवादित रानीसैन क्षेत्र बाजुराको प्रशासनिक नक्सामा पर्ने भए पनि हुम्ला क्षेत्रका केही व्यक्तिले यसलाई आफ्नो क्षेत्र भएको दाबी गर्दै आएको स्थानीय बताउँछन्। यसले लामो समयदेखि सीमासम्बन्धी विवाद चर्किँदै गएको देखिन्छ।
यसअघि जेठ ५ गते सोही क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि पुगेको टोलीमाथि कुटपिट भएको घटना सार्वजनिक भएको थियो। त्यस घटनामा स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीसमेत घाइते भएका थिए। त्यसयता लगातार तनाव बढ्दै गएको हो।
जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार घटनाको वास्तविक अवस्था बुझ्न प्रहरी टोली परिचालन गरिएको छ। बुधबारदेखि प्रभावित क्षेत्रमा अस्थायी प्रहरी चौकी राख्ने तयारीसमेत भइरहेको प्रशासनले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलमा सुरक्षा निकाय परिचालन भइसकेको छ भने हुम्ला र बाजुरा दुवैतर्फका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। साथै, सीमा विवादलाई वार्ता र समन्वयमार्फत समाधान गर्नुपर्ने उनीहरूको आग्रह छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - २२:१९
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश विक (नेपाली) प्रकरणमा काठमाडौं महानगरपालिकाले प्रारम्भिक रूपमा नगरप्रहरीबाट...
आषाढ़ २६ गते, २०८३ - २२:१५
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको घटनालाई लिएर गहिरो दुःख व्यक्त गर्दै राज्यका संयन्त्र नागरिक...
आषाढ़ २६ गते, २०८३ - २२:१३
काठमाडाैं । दक्षिणी स्पेनको अल्मेरिया क्षेत्रमा फैलिएको भीषण डढेलोमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार प्रारम्भिक विवरणले मृतक...
आषाढ़ २६ गते, २०८३ - ०८:५८
लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। राष्ट्रिय विभूति भक्ति थापाको ...
आषाढ़ २६ गते, २०८३ - ०८:५४
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन (...
आषाढ़ २६ गते, २०८३ - ०८:५२
समावेशी आयोगको प्रतिवेदनमाथि छलफल हुने
आषाढ़ २६ गते, २०८३ - ०८:४७
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, ...
आषाढ़ २६ गते, २०८३ - ०८:४६
काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगि...
आषाढ़ २६ गते, २०८३ - ०८:३१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी...
आषाढ़ २६ गते, २०८३ - ०८:२९
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएक...



प्रतिकृया लेख्नुहोस्: