Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

सफा हिमाल अभियान : पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो

खबरडबली संवाददाता

काठमाडौं । नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथासहित प्रमुख हिमालबाट १२ शव र एक सय आठ मेट्रिकटन फोहर सङ्कलन गरिएको छ । नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन् २०१९ देखि सुरु भएको अभियानका क्रममा हालसम्म चारवटा अस्थिरपञ्जर सङ्कलन गरिएको सेनाले जनाएको छ । 

सन् २०२४ मा सञ्चालित अभियानअन्तर्गत विभिन्न हिमालबाट ११ मेट्रिकटन फोहर, चारवटा शव तथा एउटा अस्थिरपञ्जर सङ्कलन तथा व्यवस्थापन गरिएको छ । सगरमाथा, ल्होत्से र नुप्से हिमालका विभिन्न स्थानबाट दुई हजार दुई सय २६ किलो कुहिने र आठ हजार सात सय ७४ किलो नकुहिने गरी कूल ११ हजार किलोग्राम फोहर सङ्कलन गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी सञ्जय देउजाले जानकारी दिए । 

कुहिने फोहरलाई स्थानीय तहसँगको सहकार्यमा नाम्चे इलाकामा सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरी व्यवस्थापन गरिएको छ । नकुहिने फोहरलाई काठमाडाैं ल्याई पुनःप्रयोग गर्ने कम्पनीलाई हस्तान्तरण गरिएको छ । यस वर्षको सफाइ अभियानमा सगरमाथा, ल्होत्से र नुप्से हिमालका आधार शिविर र सोभन्दा माथिका स्थानबाट १० मेट्रिकटन फोहर र पाँचवटा शव सङ्कलन गर्ने लक्ष्य लिइएको थियो । 

सफाइ टोलीले सगरमाथा हिमालको क्याम्प–३ देखि क्याम्प–४ (बालकुने इलाका) बाट तीन शव, ल्होत्से हिमालको चुचुरो नजिकबाट एक शव र खुम्बु आइसफल इलाकाबाट एकवटा मानव अस्थिरपञ्जर सङ्कलन गरेको छ । सङ्कलित मानवशव तथा अस्थिरपञ्जर आवश्यक कानुनी प्रक्रियापश्चात् व्यवस्थापनका लािग त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुझाइएको सेनाले जनाएको छ । 

हिमालमा बेवारिसे अवस्थामा रहेका शव सङ्कलन निकै चुनौतीपूर्ण मानिन्छ । गत चैत १९ गते सफाइ टोलीले काम थालेको थियो । ५५ दिनको प्रयासपछि उक्त फोहर, शव र अस्थिरपञ्जर सङ्कलन गरिएको हो । यस अभियानमा सेनानी आदित्य कार्कीको नेतृत्वमा १० सैन्य जनशक्ति र १८ जना शेर्पा सहयोगीका साथै अन्य आरोही दलका सदस्य प्रत्यक्ष संलग्न रहेका थिए । सफाइ टोलीले सगरमाथाको सफल आरोहणसमेत गरेको थियो । 

आधार शिविरमा रहेका समन्वय अधिकृत, स्थानीय तहका जनप्रतिनिधि, सगरमाथा प्रदूषण नियन्त्रण समिति तथा लुक्लामा रहेको इलाका प्रहरी कार्यालयबाट फोहर तथा शव सङ्कलन तथा व्यवस्थापनमा महत्वपूर्ण सहयोग प्राप्त भएको सहायक रथी देउजाले जानकारी दिए । अभियानलाई सफल बनाउन पर्यटन विभाग, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार सङ्घ, नेपाल पर्वतारोहण सङ्घ र फोहर व्यवस्थापनमा सहयोग गर्ने सङ्घसंस्थाको योगदान महत्वपूर्ण रहेको सेनाले जनाएको छ । 

सन् २०१९ मा सञ्चालित अभियानबाट सफाइ टोलीले सगरमाथा र ल्होत्से हिमालबाट १० दशमलव छ मेट्रिकटन फोहर र चारवटा शव सङ्कलन गरेको थियो । विश्वव्यापी कोरोना महामारीका कारण सन् २०२० मा अभियान सञ्चालन गरिएको थिएन । सन् २०२१ मा विभिन्न छ हिमालबाट २७ दशमलव ६ मेट्रिकटन फोहर, चारवटा शव र एकवटा अस्थिरपञ्जर तथा सन् २०२२ मा चार हिमालबाट ३३ दशमवल आठ मेट्रिकटन फोहर सङ्कलन गरिएको थियो । सन् २०२३ मा सफाइ टोलीले सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट ३५ दशमलव सात मेट्रिकटन फोहर सङ्कलन गरेको थियो । हिमालमा रहेका फोहर हटाउनका लागि सेनाले सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आइरहेको छ । 

विश्व वातावरण दिवसका अवसर पारेर सेनाले आज जङ्गी अड्डामा विशेष कार्यक्रम गरी यस वर्ष सञ्चालन गरिएको सफा हिमाल अभियानको समापन गरेको छ । अभियानको समापन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले सफाइ अभियान सञ्चालन गर्नु जटिल, चुनौतीपूर्ण र साहसिक कार्य भएको बताए । सरकारले सफा हिमाल अभियानको मुख्य भूमिका सेनालाई प्रदान गरेको भए पनि सबैको संयुक्त प्रयासबाट अभियान सम्भव भएको उनले बताए । “सेनाको एक्लो प्रयासबाट मात्रै यस्ता अभियान सफलतापूर्वक सञ्चालन गर्न सकिँदैन, यो सबैको सामूहिक प्रयासबाट मात्रै सम्भव छ”, उनले भने, “अभियानमा सरकार, स्थानीय जनता र यसप्रति सचेतना ल्याउन क्रियाशील विभिन्न निकायका महत्वपूर्ण भूमिका रहेको छ ।”

प्रधानसेनापति शर्माले प्रतिकूल मौसम तथा विषम् परिस्थितिका बाबजुद उक्त अभियानका क्रममा सङ्कलन गरिएका फोहर, बेवारिसे शव र अस्थिरपञ्जर आफैँमा महत्वपूर्ण उपलब्धि रहेको बताए । सरकारले दिएको जिम्मेवारी तथा सेनाले लिएको लक्ष्य पूरा गर्न सफाइ टोलीले देखाएको तत्तपरताको उनले सरहाना गरे । “यो सुरुआत मात्रै हो, अभियान सञ्चालनपूर्व र पश्चात् भएका केही उपलब्धिले अन्तर्राष्ट्रियरूपमा नेपालले प्रकृति तथा पर्यावरण संरक्षणमा जनाएको प्रतिबद्धता पनि इङ्गीत गरेको छ, यो नेपालीका लागि गर्वको विषय हो”, प्रधानसेनापति शर्माले भने । 

नेपाली सेना छ दशकदेखि प्रकृति र पर्यावरण संरक्षण लागेको र कूल सैनिकको १० प्रतिशत जनशक्ति वातावरण संरक्षणमा खटिइएको प्रधानसेनापति शर्माले जानकारी दिए । “संसारका कुनै पनि मुलुकमा रक्षा बललाई पर्यावरणीय सुरक्षा सहयोग कार्यमा लगाएको उदाहरण विरलै छ, यो हामीले गर्व गर्ने विषय हो । यो उदाहरणीय ‘मोडल’ हो”, उनले भने । 

उच्च हिमाली क्षेत्रमा घट्नसक्ने विपद् तथा अन्य अवस्थामा परिचालित हुन सफा हिमाल अभियानले सेनालाई प्रशिक्षणसमेत दिएको उनको भनाइ छ । उक्त साहसिक कदमको उच्च कदर गर्दै प्रधानसेनापति शर्माले अभियानमा सहभागिताका लागि अग्रसर हुने सैनिक तथा गैरसैनिक व्यक्तिलाई बधाई ज्ञापन गरे । 

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिव बद्रीराज ढुङ्गानाले सफा हिमाल अभियानको पाँचौँ संस्करण सफलतापूर्वक सम्पन्न गरेकामा आभार प्रकट गरे । उनले विश्वसमुदायले भोगिरहेको जलवायु परिवर्तन र जैविक विविधताको ह्रासलगायत सङ्कटसँग जुध्नुपर्ने अवस्थामा हिमालको फोहरमैला हटाउने अभियानलाई विश्व समुदायले नजिकबाट नियालिरहेको बताए । 

समारोहमा राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, रक्षा सचिव किरणराज शर्मा, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी, विभिन्न मित्रराष्ट्रका सैनिक सहचारी, हिमाल आरोहणसँग सम्बन्धित संस्था र सगरमाथा क्षेत्रका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य

विराटनगर । कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आज राति १२ बजेदे...

वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारकाे जोड छ: उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नवीन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारले जोड द...

क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठग्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ...

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ ।  बैठकमा पार्टी केन्द्रीय का...

उदयपुरको कटारी सोरुङ्गछविसेमा आमा-छोरा हत्याका अभियुक्त सार्वजनिक

कटारी । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा-छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई सार्वजनिक गरेको छ ।  ...

रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ ।  सहकारीको बचत अप...

नेपाली सेनाको अगुवाईमा रौतहटमा ७ हजार वृक्षारोपण

रौतहट । रौतहटमा नेपाली सेनाको अगुवाईमा बृहत रुपमा वृक्षारोपण गरिएको छ । संबिधान दिवसको अवसर पारेर नेपाली सेनाको अगुवाईमा रौतहटको चुरे क्षेत्रमा बिभिन्...

राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्...

चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

चितवन । नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार...

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

मुस्ताङ​ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy