विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफल पनि जारी रह्यो ।
यही जेठ २१ गते प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्ष २०८१/८२ लागि प्रस्तुत गरेकाे नीति कार्यक्रममा हिजो १९ जना र आज २५ जना प्रदेशसभा सदस्यले छलफलमा भाग लिए । नीति तथा कार्यक्रममाथिको छलफलमा सदस्यहरुले प्रदेशमा सुशासन कायम गर्ने र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदा जनताले गणतन्त्रको अनुभूति गर्नसक्ने बताएका थिए ।
प्रदेशको धार्मिक तथा पर्यटकीयस्थलको पहिचान गरी पूर्वाधारसहितको संरचना तयार भएमा पर्यटन प्रवर्द्धन र थप रोजगारी सिर्जना हुने उनिहरुको भनाइ थियो । ऋण र अनुदानबाट चल्ने हाम्रो देशको अर्थतन्त्रलाई बलियो बनाउन घरेलु मदिरा र गाँजा खेती गर्न पनि सरकारले छुट दिनुपर्ने भन्दै उनिहरूले सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीमा लगानी बढाउनुपर्ने धारणा राखेका थिए ।
“रोजगार र सीपमूलक शिक्षाले मात्र गरिबी निवारणमा मद्दत गर्नेतर्फ नीति तथा कार्यक्रममा समेटिएको छैन र यस्ता विषयलाई समावेश गर्नुपर्छ । सुनसरीको दुहबी र इनरुवा जोड्ने सडक चारलेन बनाउन र प्रदेश मातहतमा रहेका अस्पताललाई स्तरोन्नति गरी समयसापेक्ष सुविधा सम्पन्न बनाउनुपर्छ”, उनिहरुको उनिहरूमध्ये धेरैको सुझाव थियो ।
छलफलमा मीरादेवी खनाल, राधाकृष्ण खनाल, मैया श्रेष्ठ, रामप्रसाद महतो र जयप्रकाश चौधरीलगायतले आ–आफ्नो धारणा राखेका थिए । शून्य समयमा कोशी प्रदेशसभाका सदस्य किशोरचन्द्र दुलालले तेह्रथुममा दुग्ध उत्पादक कृषकले कात्तिक महिनादेखि अहिलेसम्म दुग्धको भुक्तानी नपाएकातर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
उनले ढाकाको राजधानी मानिएको तेह्रथुममा तान बुन्नेलाई व्यवसायीलाई सरकारले सहयोग गर्नुपर्ने माग पनि गरे । सदस्य होमबहादुर थापाले जेठ २१ गते रतुवामाई नदीमा बगाएको गाडीमा दुईजनाको मृत्यु भएकाले प्रदेश सरकारले राहत दिनुपर्ने माग गरे ।
अर्का सदस्य खगेश्वरी पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा आधारित भएर बन्ने बजेटलाई सफल बनाउन कार्यान्वयन पक्षमा सरकार गम्भीर हुनुपर्ने ध्यानाकर्षण गराइन । सदस्य ललिताकुमारी चौधरीले तराईवासीले मान्दै आएको ग्रामथानलाई व्यवस्थित गर्न सरकारले बजेट विनियोजन गर्नुपर्ने माग राखिन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: