Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीच झडप हुँदा १८ लडाकूको मृत्यु

खबरडबली संवाददाता

एजेन्सी । यमनको दक्षिणपश्चिम क्षेत्रमा सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबीच भएको भिडन्तमा कम्तीमा १८ लडाकूको मृत्यु भएको सैनिक अधिकारीले बिहीबार एएफपीलाई जानकारी दिएका छन् । 

सरकारसम्बद्ध पृथकतावादी समूह र दक्षिणी सङ्क्रमणकालीन परिषद्का प्रवक्ता मोहम्मद अल–नकिबका अनुसार लाहिज प्रान्तको सरकार नियन्त्रित भाग र ताइज प्रान्तको हुथी नियन्त्रित प्रभावित क्षेत्रमा हुथीले आक्रमण गरेपछि बुधबार झडप भएको हो । 

सन् २०२२ को अप्रिलमा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको छ महिना लामो युद्धविरामको समयावधि सकिएपछि जारी द्वन्द्वमा कमी आएको थियो तर अकस्मात यो आक्रमण भएको छ । नकिबले एएफपीसँग भने, “यमनको सरकारी सेनाले आक्रमणलाई प्रतिकार गर्न सफल भएको छ, तर पाँच सैनिकले शाहदत प्राप्त गरेका छन् र अन्य केही घाइते भएका छन् ।”

ताइजस्थित हुथी सेनाका एक अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार एक वरिष्ठ कमाण्डरसहित १३ जना विद्रोही मारिएका छन् । यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले हुथी आक्रमणलाई ‘विश्वासघाती आक्रमण’ को संज्ञा दिएको छ । बुधबार सामाजिक सञ्जाल एक्समा एक वक्तव्य जारी गर्दै सूचना मन्त्री मोअम्मर अल–एरियानीले यमनको सरकारी सेनाको जवाफी आक्रमणले हुथी लडाकूहरूलाई ठूलो क्षति पुर्याएको बताए । 

यमनमा युद्धविराम सहमतिपछि शत्रुता कम भएपनि देशका केही भागहरूमा कहिलेकाहीँ छिटपुट लडाइँहरू भड्किएका छन् । गत अप्रिलमा हुथी विद्रोहीसमूहले लाहिज प्रान्तमा गरेको आक्रमणमा यमन सरकारप्रति वफादार ११ जना लडाकू मारिएका थिए । 

हुथी विद्रोहीले सन् २०१४ मा यमनको राजधानी सानालाई आफ्नो नियन्त्रणमा लिएपछि त्यसको अर्को वर्ष साउदी अरबको नेतृत्वमा सैन्य हस्तक्षेप भएको थियो । नौ वर्षको युद्धको प्रत्यक्ष र अप्रत्यक्ष कारणले हजारौँको मृत्यु भएको छ र यसले संसारको सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको छ ।गत डिसेम्बरमा यमनका लागि संयुक्त राष्ट्रसङ्घका दूत हान्स ग्रुन्डबर्गले युद्धरत पक्षहरूले नयाँ युद्धविरामका लागि प्रतिबद्धता जनाएको र द्वन्द्व अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा शान्ति प्रक्रियामा संलग्न हुन सहमत भएको बताएका थिए ।

तर गत नोभेम्बरदेखि रेड सीमामा हुथीले पानीजहाजमा गरेको आक्रमणपछि शान्ति प्रक्रिया अवरुद्ध भएको छ, यो अभियान गाजा युद्धका बीच प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउन गरिएको आक्रमण भएको विद्रोहीहरूले बताएका छन् । हुथी विद्रोहीले गाजा युद्धको फाइदा उठाउँदै लडाकू, हातहतियार र बन्दोबस्तीका सामान जम्मा गरेको मन्त्री एरियानीले दावी गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE