सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।
बैठकमा आगामी आव २०८१/८२ को वार्षिक नीति कार्यक्रम माथि छलफलपश्चात् सर्वसम्मतिले पारित गरेको हो । छलफलपछि सभामुख भीमबहादुर भण्डारीले नीति तथा कार्यक्रमलाई बैठकमा निर्णयार्थ पेस गरेका थिए ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्राप्त सुझावलाई सकेसम्म आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गरिने बताए । उनले बजेट निर्माणका क्रममा विचौलियाको चलखेल भइरहेको भन्ने कुरा गलत भएको र उनीहरुको प्रभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि बैठकमा नीति कार्यक्रम माथि भएको छलफलमा प्रतिपक्षी नेपाली कांग्रेसका मेघराज खड्का, जुनाकुमारी दानी र राप्रपाका खेमादेवी विष्टले सरकारले ल्याएको नीति कार्यक्रम विगतकै नक्कल भएको र नयाँ कुरा केही नभेटिएको बताएका थिए ।
नीति कार्यक्रम र बजेट निर्माण गर्ने बेलासम्म प्रदेश सरकारले पूर्णता नपाउँदा विकासका काम र मन्त्रालयका गतिविधि प्रभावित बनेको विषय छलफलका क्रममा प्रतिपक्षी दलका सदस्यले उठाएका थिए । छलफलमा सत्तापक्ष नेकपा (एमाले)का धर्मराज पाठक, वीरबहादुर थापा, चक्रबहादुर मल्ल र सन्तोषीकुमारी थापा शर्मा, नेकपा (माओवादी केन्द्र)का रमेशसिंह धामी, गीतादेवी माल, शिवसिंह ओली, लक्ष्मी विक र नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाहीले नीति कार्यक्रममा समेट्नुपर्ने कतिपय विषय छुटे पनि समग्रमा नीति कार्यक्रम प्रदेशको समृद्धि र विकासका लागि उत्साहजनक रहेको बताए । उनिहरुले नीति कार्यक्रमअनुसार आगामी आर्थिक वर्षको बजेट विनियोजन हुने विश्वास व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: