Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

धितोपत्र बजार सुधारका लागि कानुन संशोधन आवश्यक

खबरडबली संवाददाता

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले धितोपत्र बजार थप सुदृढ बनाउनका लागि संस्थागत तथा कानुनी सुधार आवश्यक पर्ने बताएका छन् । 

नेपाल धितोपत्र बोर्डको ३२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा रानाले लामो समयसम्म बोर्ड नेतृत्वविहीनको अवस्थामा रहेकाले महत्वपूर्ण निर्णय हुन नसकेकोसमेत बताए । “बोर्डको संस्थागत सुशासन र क्षमता अभिवृद्धिका कुरा उठेका छन् । ऐनले व्यवस्था गरेअनुसार अहिले अर्थ मन्त्रालयको प्रतिनिधिका रुपमा मैले अध्यक्षको हैसियतमा काम गरिरहेको छु । सरकारले चाँडोभन्दा चाँडो धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरोस्”, उनले भने । 

धितोपत्र बजारलाई चलायमान बनाउने विषयमा आवश्यक  ऐन, नीति, नियम, निर्देशिका, कार्यविधिमा संशोधन गर्न सकिने उनको भनाइ थियो । विभिन्न नियमनकारी निकायको निगरानीबाट बोर्ड डराउन नहुने र यसले सच्चिएर जानका लागि दिशानिर्देश गर्ने उनको भनाइ छ । सरकारले बोर्डको अध्यक्ष चाँडो नियुक्त गरेर धितोपत्र बजारलाई थप चलायमान बनाउनुपर्ने उनको सुझाव थियो । 

“धितोपत्र बजारमा स—सानो कुराले पनि लगानीकर्तालाई प्रभावित गरिरहेको हुन्छ । बोर्डमा पछिल्लो पाँच महिनादेखि अध्यक्ष नहुँदा भ्याकुम सिर्जना भएको छ”, उनले भने । चार वर्षे कार्यकालका लागि आउने अध्यक्ष आफ्नो योजना तथा कार्यक्रमअनुसार काम गर्ने भएकाले चाँडो अध्यक्ष नियुक्त हुनुपर्ने उनको तर्क थियो । 

संस्थाको भवन निर्माणका लागि पनि आफू लागिरहेको अध्यक्ष रानाले बताए । जग्गा किन्नका लागि उपत्यका विकास प्राधिकरणलाई तीन वर्षअघि नै रकम भुक्तानी भइसकेको भएपनि जग्गा स्वामित्वमा आउन नसकेको उनले जानकारी दिए । 

त्यसअवसरमा राजस्व सचिव डा रामप्रसाद घिमिरेले धितोपत्र बजारको कानुनी सुधारका लागि प्रयास भइरहेको बताए । “सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानुनलाई पनि सम्बोधन गर्नेगरी धितोपत्रसँग सम्बन्धित कानुन संशोधनको तयारी भइरहेको छ । धितोपत्र बजारको आकार निकै ठूलो भइसकेकाले जोखिममा आधारित नियमन र सुपरीवेक्षण विधि अवलम्बन गर्दै जानुपर्छ”, घिमिरेले भने । बोर्डको जग्गा खरिद र भवन निर्माणका लागि सहजीकरण गर्ने प्रतिवद्धता उनले जनाए । 

चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले धितोपत्र बजार सुधार तथा बोर्डको संस्थागत सुदृढीकरणलाई आत्मसाथ गरेको राजस्व सचिव घिमिरेको भनाइ थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: