Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

नीति निर्माता तथा विज्ञहरु गाँजा खेतीबारे लचिलो

खबरडबली संवाददाता

काठमाडौं । नीति निर्माता तथा विज्ञहरु गाँजा खेतीका लागि अध्ययन र अनुसन्धानमा लचिलो देखिएका छन् । आगामी आव २०८१/८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे आज प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल भएको थियो ।

उक्त छलफलमा सहभागीहरुले गाँजाको व्यावसायिक उत्पादन गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । बजेटमा उल्लेखित ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने’ विषयमा समितिले छलफल चलाएको थियो । अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुतीमा गाँजाबाट निर्मित ब्याग बोकेको प्रसङ्ग उठाउँदै भने, “गाँजा उत्पादन जताततै छ । मैले बोकेको ब्यागको पनि चर्चा भयो । यसका उत्पादन प्रयोग भइ नै रहेका छन् । यसको प्रयोगबाट कुलतमा फसेका पनि छन् । सचेत भएर गाँजालाई वैधानिकता दिने गरी कानुनी व्यवस्था गर्नुपर्छ । फेरि व्यवस्थित गर्न नसके ठूलै प्रकोप निम्तिन्छ ।”

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले कुन भौगोलिक क्षेत्रमा कस्तो गाँजा खेती गर्ने भन्नेबारेमा अध्ययन भइरहेको बताए । उनले भने, “यससम्बन्धी अध्ययन भइरहेको छ । छिट्टै प्रतिवेदन सार्वजनिक हुन्छ । गाँजा खेतीको सम्भावना छ तर यसले सामाजिक परिवेशमा पार्ने प्रभाव र बजारको पनि अध्ययन हुनुपर्छ ।”

कृषि मन्त्रालयका सचिव डा दिपककुमार खरालले गाँजाको व्यवसायिक खेतीको सम्भाव्यता अध्ययन गर्न लागू औषध (नियन्त्रण) ऐन, २०३३ संशोधन हुनुपर्ने धारणा राखे । “कानुनी सहजीकरण नभएसम्म हुँदैन । बाँझो जमिनमा यसको खेती गर्न सकिन्छ । खेतीसम्बन्धी बोर्ड नै गठन गरेर जान सकिन्छ”, डा खरालले भने । 

पूर्वमन्त्री शेरबहादुर तामाङले गाँजाको व्यावसायिक खेतीमा किसान केन्द्रित बनाउनुपर्ने बताए । “खेतीका लागि कुनै व्यक्ति वा संस्थालाई नभइ किसानलाई नै प्रोत्साहन गर्नुपर्छ । गाँजाले अर्थतन्त्रमा योगदान दिन सक्छ”, मन्त्री तामाङले भने । 

स्वास्थ्य सेवा विभागअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा प्रदीप केसीले गाँजाका बारेमा आयुर्वेदमा थुप्रै अध्ययन भइसकेको भन्दै औषधीय गुणको चर्चा गरे । मानसिक अस्पतालका डा अनन्त अधिकारीले गाँजाको औषधीय गुण भएपनि यसले नकरात्मक असरसमेत पार्न सक्दै भन्दै सचेत रहन आग्रह गरे । 

काठमाडौं विश्वविद्यालयका अनुसन्धानकर्ता प्राडा पन्ना थापाले नेपालमा विभिन्न प्रकारका गाँजाहरु पाइने र वैज्ञानिक अनुसन्धान गर्न स्वीकृति दिनुपर्नेमा जोड दिए । उनले भने, “अनुसन्धानमा दुखाइ कम गर्ने, छारे रोग, डिप्रेसन, एन्जाइटी, क्यान्सर थेरापीलगायतमा गाँजाको उपयोग हुने देखिएको छ । गाँजामा औषधीय गुणसँगै यसको रेसाबाट लुगा, कस्मेटिक, खाद्यपदार्थमा पनि प्रयोग हुन्छ ।” उनले किसानलाई लक्षित गरेर गाँजा खेतीका लागि अन्तराष्ट्रिय मापदण्डसँग मिल्ने गरी उत्पादनमा जोड दिनुपर्ने बताए । 

उपयुक्त कानुन निर्माण गर्नुपर्ने, निगरानी तथा नियमनमा जोड दिनुपर्ने, खेतीका लागि वास्तविक किसानलाई प्रोत्साहन गर्नुपर्नेलगायत विषयमा केन्द्रित बैठकमा सांसदहरूले प्राथमिकतामा राखेर विधेयक छिटो ल्याउनुपर्ने बताए । बैठकमा गाँजा खेतीको औषधी प्रयोजनको लागि यसको उत्पादन, प्रशोधन, बिक्री वितरणसँग सम्बन्धित विषयमा कानूनी वातावरण तयार गरी वैधानिकता प्रदान गर्ने सम्बन्धमा छलफल भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending