Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

जलवायु परिवर्तनका समस्या न्यूनीकरण गर्न साना अनुदान कार्यक्रम प्रभावकारी

खबरडबली संवाददाता

काठमाडौं । विश्व वातावरण सुविधा, साना अनुदान कार्यक्रममार्फत् नेपालका विभिन्न जिल्लामा सञ्चालित कार्यक्रम प्रभावकारी देखिएका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) अन्तर्गत विभिन्न जिल्लाका २८६ स्थानमा सञ्चालित कार्यक्रम प्रभावकारी देखिएका आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । 

मकवानपुरको उत्तरपश्चिम भेगस्थित मनहरी गाउँपालिकामा सञ्चालित खोरिया सुधार कार्यक्रम, नवलपुरमा सञ्चालित गिद्ध संरक्षण कार्यक्रम, कास्कीमा सञ्चालित रुपा ताल पुनःस्थापना, तनहुँमा सञ्चालित पर्यापर्यटन र सांस्कृतिक पर्यटन प्रवर्द्धनलगायत कार्यक्रम प्रभावकारी भएको सो अवसरमा जानकारी गराइयो । जलवायु परिवर्तनबाट आउने समस्या समाधान गर्न यी कार्यक्रम गरिएको नेपालका लागि युएनडिपीका आवासीय प्रतिनिधि आसानी मेडागंगोडा–लेबले बताए । 

जलवायु परिवर्तनको समस्याबाट पर्ने प्रभाव न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले  आदिवासी जनजाति लक्षित कार्यक्रम भएकाले आयोगका तर्फबाट सक्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए । “जनजातिको जीवनस्तर सुधार गर्न अनुदान कार्यक्रम प्रभावकारी देखिएको छ”, उनले भने । 

कार्यक्रममा जलवायु परिवर्तनले जनजाति समुदायमा पारेका प्रभाव र अनुदान कार्यक्रमका माध्यमबाट यसलाई न्यूनीकरण गर्न गरिएका प्रयासका विषयमा विभिन्न समूहमा संवाद गरिएको थियो । समूह संवादमा वन तथा वातावरण, अर्थ, परराष्ट्र, पशुपक्षी विकास, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय दलित आयोग, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, वातावरण विभाग, विभिन्न स्थानीय तह, नेपाल नगरपालिका सङ्घलगायतका सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: