Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

७० प्रतिशत बैंक र वित्तीय संस्थाको लगानीमा २८५ मेगावाट क्षमताको माथिल्लो तमोर बन्दै

खबरडबली संवाददाता

काठमाडौं ।  २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजना बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ७० प्रतिशत र स्वपुँजी ३० प्रतिशत रहने भएको छ । सो आयोजना कूल ५५ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ३८ अर्ब ६० करोड रुपैयाँ र  स्व पुँजीमार्फत् १६ अर्ब ५५ करोड लगानी गरिने भएको आयोजनाले जनाएको छ।

उक्त आयोजनाको वित्तीय व्यवस्थापन अन्तर्गत कर्जा सुविधा व्यवस्थापन एभरेष्ट बैंक अगुवाइ रहने छ। कृषि विकास बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड एचआइडिसिएलको सहायक भूमिका रहने छ। लगानीकर्ता बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल एसबिआइ बैंक र गरिमा बैंक रहेका छन्।

बिहीबार काठमाडौंमा एक कार्यक्र गर्दै प्रवर्द्धक कम्पनीका अध्यक्ष पुष्पज्योती ढुंगाना र ऋण लगानीकर्ता बैंकहरुको तर्फबाट एभरेष्ट बैंकका कार्यकारी अधिकृत सिइओ सुदेश खालिङले ऋण स्वीकृत सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। वित्तीय व्यवस्थापन कार्यक्रममा बोल्दै तमोर इनर्जि प्रालिका अध्यक्ष पुष्पज्योती ढुंगाना २०४९ विद्युत ऐनले जलविद्युत क्षेत्रको विकासमा ठूलो योगदान पुगेको बताए।

‘हामीले एक मेगावाटबाट आयोजना सुरू गरेका थियौं । ऐन नआएको भए अहिले २८५ मेगावाटसम्म पुग्न सक्ने थिएनौं,’ उनले भने,स्वदेशी लगानी र जनशक्ति प्रयोग गरेर निजी क्षेत्रले पनि ठूला आयोजना निर्माण  गर्न सक्छन् भन्ने उदाहरणका रूपमा माथिल्लो तमोर आयोजना हुनेछ।’

यस्तै नेपालीले ठूलो लगानीका आयोजना पनि निर्माण गर्न सक्छन् भन्ने धारणा यो आयोजनाले स्थापित गरेको बताए । जसका लागि विद्युत प्राधिकरणले समयमै प्रसारण लाइन बनाइदिने हो भने राम्रो प्रतिफलको सुनिश्चितता गर्न सक्ने उनकाे दाबी छ । एभरेष्ट बैंकका कार्यकारी अधिकृत सिइओ सुदेश खालिङले स्वदेशी बैंकहरुले पनि ठूला आयोजनामा लगानी गर्न सक्षम भएको बताए।

स्वतन्त्र उर्जा उत्पादक संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले लगानी वातावरण हुने हो भने निजी क्षेत्रले ५ सय मेगावाट सम्मका आयोजना निर्माण गर्न सक्ने बताए । ‘निजी क्षेत्रले पनि १ सय मेगावाटभन्दा माथिका आयोजना बनाउन सक्छौं भन्ने यसले देखाएको छ । अहिलेको विधेयक १ सय मेगावाटभन्दा माथिका आयोजना निजी क्षेत्रले बनाउनै सक्दैन कि भन्ने हिसाबले बनाइएको छ। यो संसोधन हुनुपर्छ,’ उनले भने।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नेपाली लगानीकर्ताहरु ठूलाठूला आयोजनामा पनि लगानी गर्न सक्छन् भन्ने उदाहरण बनेको बताए। यो क्षेत्रमा मात्रै नभएर भौतिक पूर्वाधार क्षेत्रमा पनि लगानी गर्न सक्छन् भन्ने अपेक्षा रहेको बताए । ‘देशको क्षमताअनुसार बिजुली उत्पादन हुन सकेको छैन। अब सहजीकरण गरेर विद्युत उत्पादन प्रोत्साहन गर्नेछौँ। नेपाली नीजि क्षेत्रले आफ्नै लगानीमा यति ठूलो आयोजना निर्माण गरिरहँदा विदेशी लगानीकर्ताले मात्रै लगानी गर्न सक्छन् भन्ने अवस्था अब रहेन,’ उनले भने।

सिङ्गो राष्ट्रलाई उज्यालो बनाउने दाबी
ताप्लेजुङका प्रतिनिधि एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङ जलविद्युत आयोजनाका दृष्टिकोणले नेपालकै अग्रणी जिल्ला भएको बताए। यस्तै निजी क्षेत्रले ठूला आयोजनामा पनि लगानी गर्न सक्छ भन्ने विश्वास बढेको उनको भनाइ छ। ‘कुनै समय १ मेघावा क्षमताको जलविद्युत आयोजना बन्योभन्दा निकै खुसी लाग्थ्यो। तर आज निजि क्षेत्रबाट सबैभन्दा ठूलो आयोजना बन्न लाग्दैछ। यसपटकको नीति तथा कार्यक्रममा सरकारले फोकस गरेर ५ क्षेत्र छुट्याइएको छ। त्यसमा विद्युत पक्कै प्राथमिकतामा छ,’ उनले भने

आउने पाँच वर्ष भित्र ताप्लेजुङमा एक हजार मेगावाट भन्दा बढी बिजुली उत्पादन हुने सिङ्गो राष्ट्रलाई उज्यालो बनाउने दावी गरे। यसले त्यहाँका स्थानीय समुदायको आर्थिक अवस्थामा उल्लेख्य सुधार हुने बताए।

तर सामान्य कुराले विद्युत निर्माणमा अवरोध गरिरहेको उनको भनाई छ। प्राकृतिक विपद्को कारण लगानिको जोखिम पर्ने गउनी बताउँछन्। यस्ता जोखिमबाट लगानिकर्ता निराश आउन नदिन सरकारले अभिभावकको जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाई छ। यस्तै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालीले नै नेपालको स्रोत नदीहरुलाई उपयोग गरेर विद्युत उत्पादन गर्नु खुसीको कुरा भएको बताए। उनले विद्युतीय ऐन २०८० संसदमा छलफलको क्रममा रहेको बताए।

हालसम्मकै सबैभन्दा ठूलो अर्धजलाशययुक्त आयोजना 
नेपाली लगानीकर्ताहरु र बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरी बनाउन लागिएको यो आयोजनामा निजी क्षेत्रबाट निर्माण हुन लागेको हालसम्मकै सबैभन्दा ठूलो अर्धजलाशययुक्त आयोजना भएको दावी गरेका छन्। यो आयोजना ताप्लेजुङ जिल्लाको फक्तान्ग्लुंग गाउँपालिका र फुन्निलंग नगरपालिका भएर बहने तमोर नदिमा निर्माण गर्न लागिएको छ।

उक्त आयोजना स्वदेशी स्रोत प्रविधि र साधनको अधिकतम प्रयोग गरि निर्माण  गरिने र २०८५ साल जेठ १९ गतेसम्म सम्पन्न गरिने आयोजनाले बताएको छ। यो आयोजनाको ८ लाख घनमिटर पानी सञ्चित गर्ने क्षमताको हेड पोखरी छ । ८.७ किमी लामो भूमिगत हेडरेस टनेल र भूमिगत पावरहाउस फक्तालुंगागा गाउँपालिकामा रहनेछन् । आयोजनाको भूमिगत विद्युत गृह १०४ मिटर लामो २० मिटर चौडाइ हुनेछ।  टेलरेस फुन्ग्लिंग नगरपालिकामा रहने छ।

आयोजनाको ग्रसहेड ४५० मिटर छ । आयोजनामा ५७ मेगावाट क्षमताका पाँच वटा प्लेटोन टर्बाइनहरु जडान हुनेछन् । आयोजनाबाट वार्षिक एक हजार ६ सय ५५ गिगावाट आवर विद्युत उत्पादन हुने सक्छ। जसमध्ये सुख्खा यममा मात्रै ४४६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ। आयोजनाबाट उत्पादित विद्युतलाई २२० केभीको करिब १५ किमी लामो डबल सर्किट विद्युत प्रसारण लाइनमार्फत ढुंगेसाँघु सबस्टेशनमा लगि राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। यो आयोजना सञ्चालन आएको पहिलो वर्ष १० अर्ब १२ करोड रूपैयाँ आम्दानी विद्युत बिक्री गरेर प्राप्त गर्ने लक्ष्य लिइएको छ। त्यसपछि हरेक वर्ष विद्युत बिक्री बढाउँदै लगेर ९ वर्षमा १२ अर्ब ५५ करोड रूपैयाँ आम्दानी हुनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अध्यादेश मार्फत १ सय १० कानून परिमार्जन हुँदा यी निकायमा पदाधिकारी पदमुक्त हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुस...

धरानमा सुकुम्बासीको प्रदर्शन: विकल्पबिनाको हटाउने अभियान अस्वीकार्य

‘राज्य आतंक’ नरोके कडा आन्दोलनमा जाने चेतावनी,

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर...

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष राईले गरे पार्टी परित्यागको घोषणा

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका-३ का वडाध्यक्ष जेफर राईले नेपाली कांग्रेस परित्याग गरेका छन्। उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू आबद्ध रहे...

जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा, नेटोले माग्यो विस्तृत विवरण

एजेन्सी । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएक...

हराएको खुकुरी खोज्नेक्रममा भीरबाट खसेर दुई जनाको मृत्यु

खोटाङ । खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । भीरबाट खस्दा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको ...

तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन ...

जबरजस्ती करणीमा १२ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।  उच्च अदालत विराटनगर, ...

८ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा ...

कालीकोट । ११ वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति फर्किँदा दुःखको अन्धकार सधैँ हटेको छ । उनको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्...

कृष्ण मन्दिर हत्या प्रकरणः हत्यारालाई समात्ने प्रहरी जवानलाई मृतकका आमाबुवाले दिए नगद पुरस्कार

काठमाडौँ । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending