Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ अवलोकन गर्ने बढ्दै

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको नक्सालमा जारी ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ मा आजसम्म करिब २० हजार जनाले अवलोकन गरेका छन् । 

आयोजक नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले हालसम्म करिब २० हजारले कला प्रदर्शनी अवलोकन गरिसकेका र यो क्रम जारी रहेको जानकारी दिए । उनले प्रदर्शनीमा राजनीतिज्ञ, कलाकार, साहित्यकार, लेखक, वुद्धिजिवी, समाजसेवी, सर्वसाधारण तथा विद्यार्थीहरूले अवलोकन गर्ने क्रम जारिरहेको बताए । 

हालसम्म ४० भन्दा बढी विद्यालयका विद्यार्थीहरूले कला प्रदर्शनी अवलोकन गरेका उनले बताए । “कुनै दिन पाँच/छवटा विद्यालयबाट विद्यार्थी प्रदर्शनी अवलोकनका लागि आउने गरेका छन्, समग्रमा यसपालि विगतका भन्दा बढी रौनक देखिएको छ”, थुम्केलीले भने । 

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यसपटक प्रतिष्ठानले काठमाडौँका दर्जनौँ स्कुलमा शिक्षामा सीप कार्यक्रम  सञ्चालन गरेकाले विद्यार्थीको आकर्षण थपिएको बताए । “यो कला प्रदर्शनीलाई नेपालमा कला क्षेत्रको सबैभन्दा ठूलो उत्सवका रूपमा हेरिने गरिएको छ । ललिलकलाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न मुलुकमै पहिलोपटक प्रादेशिक ललितकला प्रदर्शनी गरी त्यस प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएका छन्, त्यसैले पनि यो महत्वपूर्ण छ”, कुलपति हार्तम्छालीले भने । 

प्रतिष्ठानका उपकुलपति एवं ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ कार्यकारी समितिका संयोजक लालकाजी लामा प्रतिष्ठानको कला प्रवर्द्धनका लागि स्थापनाकालदेखि नै प्रदर्शनी हुँदै आएकामा विद्यार्थीको आकर्षण थपिँदा प्रदर्शनीको औचित्य थप बढेको बताए । 

‘सामाजिक रूपान्तरण, ललितकलाको अभियान’ भन्ने मूल नाराका साथ यही जेठ १५ गतेबाट प्रदर्शनी सुरु भएको थियो । प्रदर्शनी यो महिनाभर चल्ने छ । प्रदर्शनीमा चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृति राखिएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: