Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

कानुन विषयको पाठ्यक्रम परिमार्जन गर्न विज्ञहरुको जोड

खबरडबली संवाददाता
भक्तपुर । कानुन सङ्कायको पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । काठमाडौँ स्कुल अफ ल र मधेस विश्वविद्यालयले आयोजना गरेको ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन‐२०८१’ मा सहभागी विज्ञहरुले पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन् । 
 
शुक्रबार र शनिबार भक्तपुरको दधिकोटस्थित काठमाडौँ स्कुल अफ लमा आयोजित सम्मेलनले कानुनमा सुधारको आवश्यकता पहिचान गर्दै आठबुँदे घोषणापत्र जारी गरेको सम्मेलनका संयोजक प्रदीप पाठकले जानकारी दिए।
 
सम्मेलनले कानुन शिक्षामा देखापरेका समसामयिक चुनौतीको पहिचान गरी सोको समाधानका लागि सम्बन्धित नियमनकारी निकायसँग समन्वय र सहकार्य गर्ने घोषणा गरेको छ । कानुन शिक्षाको क्रमबद्ध विकासका लागि नेपाल सरकार तथा सबै नियमनकारी निकायको ध्यानाकर्षण गर्दै यस्ता निकायबाट कानुन शिक्षा उन्नयनका लागि सक्रियता आह्वान गर्नेसमेत घोषणामा उल्लेख छ ।
 
कानुन अध्यापन गर्ने विभिन्न विश्वविद्यालय एवं कानुन क्याम्पसबीच अध्ययन अनुसन्धानका सम्बन्धमा शिक्षक एवं विद्यार्थीको सह(आदानप्रदान प्रवर्द्धन गरी प्राज्ञिक सहकार्यको वातावरण निर्माण गर्ने जनाइएको छ । अनुसन्धानको सवालमा सह–शिक्षण, अनुसन्धान, विधायन मस्यौदा, अभ्यास अदालत र कानुनी शिक्षाको समसामयिक स्तरोन्नतिका क्षेत्रमा सहकार्य गर्ने सम्मेलनले निर्णय गरेका छ । विश्वविद्यालय र कानुन क्याम्पसका पुस्तकालयमा सबैको पहुँच निर्माण गरी प्रयोग गर्न पाउने वातावरण सिर्जना गर्नुका साथै सम्भव भएसम्म पुस्तक निश्चित समयका लागि आपसमा लेनदेन गर्ने प्रबन्धका लागि पहल गर्ने काठमाडौँ स्कुल अफ लका कार्यकारी निर्देशक प्रा डा युवराज सङ्ग्रौलाले बताए। 
 
सम्मेलनले कानुन क्याम्पसका विद्यार्थीको क्षमता अभिमुखीकरण र अभिवृद्धिका लागि सामूहिक अध्ययन तथा शोधको प्रवृत्ति विकास गर्न विद्यार्थी विमर्श क्लब निर्माण गरी नियमित कार्यक्रम आयोजना गर्ने घोषणा गरेको पाठकले जानकारी दिए। कानुनी शिक्षण पद्धतिमा विशिष्टीकृत तरिकाहरू कार्यमूलक पद्दति, अनुसन्धानमूलक शिक्षण र आलोचनात्मक समीक्षाको प्रयोग गर्दै नेपालको कानुन शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा विकास गर्ने निर्णय सम्मेलनले गरेको छ ।
 
विद्यार्थीको प्राज्ञिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने, समाजको आवश्यकताअनुरूप परीक्षा मोडल परिमार्जन गरी एकरूपता ल्याउन पहल गर्दै परीक्षामा केही विषयको अध्यापन नेपाली भाषामा गरी प्रश्नपत्र नेपाली र अङ्ग्रेजी दुवैमा तयार गर्ने सम्मेलनले घोषणा गरेको छ । नेपाल कानुन व्यवसायी परिषद्ले कानुनी शिक्षा नियमावलीमा व्यवस्था भएबमोजिम विभिन्न विश्वविद्यालयअन्तर्गत कानुन क्याम्पसको अध्ययन अनुसन्धान गरी परिषद्को वार्षिक प्रतिवेदनमा ल्याउनुपर्ने र सम्बन्धित विश्वविद्यालयको सुधार÷विकासका लागि सूचीत गर्ने व्यवस्था गरिएको छ ।
 
प्रथम सम्मेलनले देशभरिका कानुनका विद्यार्थी र शिक्षकलाई एकै मञ्चमा उपस्थित हुने मौका दिएको र विद्यार्थीमा सहभागिताको उत्कृष्ट वातावरण तयार पारेको आयोजक काठमाडौँ स्कुल अफ लका कार्यकारी निर्देशक सङ्ग्रौलाले जानकारी दिए। सम्मेलनमा १३ विश्वविद्यालयका सहभागिता रहेको थियो । कानुन अध्ययन भइरहेका सबै क्याम्पसका दुईरदुई जना विद्यार्थी र शिक्षकले ५० वटा कार्यपत्र प्रस्तुत गरेको थिए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending