म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ हाँडेभिर बस्ती संरक्षणका लागि म्याग्दी नदी किनारमा पक्की पर्खाल निर्माण गरिएको छ ।
म्याग्दी नदी किनारमा रहेको हाँडेभिर बस्ती, अर्मन स्वास्थ्य चौकी, निर्माणाधीन पाँच शय्या क्षमताको अस्पताल भवनलगायत भौतिक संरचना र पुलचोक–पिपलबोट–पाखु–अर्मन सडक संरक्षणका लागि नदी नियन्त्रण आयोजनाअन्तर्गत पर्खाल निर्माण गरिएको हो ।
सङ्घीय सरकारको रु एक करोड विशेष अनुदानमा चालु आर्थिक वर्षमा सञ्चालित हाँडेभिर संरक्षण आयोजनामार्फत पक्कि पर्खाल निर्माण गरिएको मंगला गाउँपालिका–५ का वडा अध्यक्ष भूपेन्द्र खत्रीले जानकारी दिए । “मङ्गलाको सबैभन्दा ठूलो वडा अर्मनका बस्तीलाई जोड्ने सडक पुनःनिर्माण र बस्ती संरक्षणका लागि पछिल्लो पाँच वर्षयता क्रमागत आयोजनाको रूपमा म्याग्दी नदी नियन्त्रण आयोजना सञ्चालन गरेका छौँ”, उनले भने, “यसपालि निर्माण भएको म्याग्दी नदी किनारमा तीन सय मिटरभन्दा लामो पक्की पर्खाल बनाएका छौँ ।”
निर्माण कम्पनीका सञ्चालक रिम कटुवालले हाडेभिर संरक्षण योजनाको ९५ प्रतिशत भौतिक प्रगति भएको बताए । आगामी असार १५ गतेसम्म ठेक्काको म्याद भए पनि लक्ष्यअघि नै निर्माण सकेर गाउँपालिकालाई हस्तान्तरण गर्ने तयारी गरेको उनले बताए ।
हाडेभिर संरक्षणका लागि प्रदेश सरकारअन्तर्गत खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय र भू तथा जलाधार संरक्षण कार्यालयले पनि ग्यावीयन पर्खालसमेत निर्माण गर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - २०:४९
ढाका । बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचार...
पौष ८ गते, २०८१ - २०:२४
झापा । झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपियाँ प्राप्त गरेको छ । ...
पौष ८ गते, २०८१ - २०:१२
पाेखरा । कास्कीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले सङ्घर्षशील बचत तथा ऋण सहकारी सञ्चालक समिति अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ । पोखर...
पौष ८ गते, २०८१ - २०:०३
काठमाडाैं । तेस्राे वरीयतासहित नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा भित्रिन लागेका छन् । एकीकृत समाजवादीमा ...
पौष ८ गते, २०८१ - १९:४९
डडेलधुरा । डडेलधुरामा दुई जना पुरुषको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिकामा माछा मार्ने क्रममा एकजना युवकको डुबेर मृत्यु भएको हो । नवदुर्गा गाउँपा...
पौष ८ गते, २०८१ - १९:३३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्ने बताएका छन् । ...
पौष ८ गते, २०८१ - १९:२५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको फाेटाे सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल...
पौष ८ गते, २०८१ - १९:१९
काठमाडौं । हनिट्रयापकाे आराेप लागेर नेपाल प्रहरीकी निलम्बित प्रहरी निरीक्षक बिनु शाहीसँग पाँच लाख धरौटी माग गरिएको छ । ललितपुर जिल्ला अदालतले सोमबार प...
पौष ८ गते, २०८१ - १८:४६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछ...
पौष ८ गते, २०८१ - १८:३६
बुटवल । मदिरा सेवन गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बुटवल–११ बस्ने ३१ वर्षीय सागर विकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प...
प्रतिकृया लेख्नुहोस्: