गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग विश्वासको मत मागेका छन् । सोमबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका उनले आज पत्र लेखेर मत दिन आग्रह गरेका हुन् ।
नेपालको संविधान र प्रदेशसभा नियमावली २०८० ले व्यवस्था गरेबमोजिम आफूले २०८१ जेठ २८ गते दिनको ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्न लागेको मुख्यमन्त्री पाण्डेको पत्रमा उल्लेख छ । उनले पत्रमा भनेका छन्- 'स्थायित्व र जनआकाङ्क्षाअनुरुप प्रदेशको समग्र विकास तथा उन्नति हामी राजनीतिक दलबीचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ ।'
राजनीतिक दलबीचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन आफुले प्रस्ताव गरेको विश्वासको मतको प्रस्तावका पक्षमा गण्डकी प्रदेशसभामा रहेका एमालेका प्रदेशसभा सदस्यले मतदान गरी सहयोग गरिदिन मुख्यमन्त्री पाण्डेले पत्रमा उल्लेख गरेका छन् ।
मुख्यमन्त्रीको सो पत्र प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमालेका मुख्य सचेतक गोविन्द नेपालीलाई हस्तान्तरण गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - २०:४९
ढाका । बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचार...
पौष ८ गते, २०८१ - २०:२४
झापा । झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपियाँ प्राप्त गरेको छ । ...
पौष ८ गते, २०८१ - २०:१२
पाेखरा । कास्कीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले सङ्घर्षशील बचत तथा ऋण सहकारी सञ्चालक समिति अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ । पोखर...
पौष ८ गते, २०८१ - २०:०३
काठमाडाैं । तेस्राे वरीयतासहित नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा भित्रिन लागेका छन् । एकीकृत समाजवादीमा ...
पौष ८ गते, २०८१ - १९:४९
डडेलधुरा । डडेलधुरामा दुई जना पुरुषको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिकामा माछा मार्ने क्रममा एकजना युवकको डुबेर मृत्यु भएको हो । नवदुर्गा गाउँपा...
पौष ८ गते, २०८१ - १९:३३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्ने बताएका छन् । ...
पौष ८ गते, २०८१ - १९:२५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको फाेटाे सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल...
पौष ८ गते, २०८१ - १९:१९
काठमाडौं । हनिट्रयापकाे आराेप लागेर नेपाल प्रहरीकी निलम्बित प्रहरी निरीक्षक बिनु शाहीसँग पाँच लाख धरौटी माग गरिएको छ । ललितपुर जिल्ला अदालतले सोमबार प...
पौष ८ गते, २०८१ - १८:४६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछ...
पौष ८ गते, २०८१ - १८:३६
बुटवल । मदिरा सेवन गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बुटवल–११ बस्ने ३१ वर्षीय सागर विकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प...
प्रतिकृया लेख्नुहोस्: