Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

ललितपुर महानगरलाई नीतिगत सहयोग गर्ने सांसदहरुको प्रतिबद्धता

खबरडबली संवाददाता

ललितपुर । ललितपुरबाट निर्वाचित सङ्घीय प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूले नागरिकमैत्री सेवाप्रवाहका लागि ललितपुर महानगरपालिकालाई नीतिगत सहयोग गर्ने प्रतिबद्धता जनाएको छन् । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा महानगरद्वारा आज आयोजित ललितपुरका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यसँगको अन्तरक्रियामा उहाँहरुले पुँजीगत खर्च वृद्धि गर्न स्थानीय सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

पूर्वअर्थ राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले अर्थतन्त्र चलायमान बनाउने नीति ल्याउनुपर्ने बताए । “नागरिकलाई सेवा दिन, समस्या समाधान गर्न हरतरहले सहयोग गर्छौंँ, पुँजीगत खर्च वृद्धि होस् । उपत्यकाको फोहरमैला व्यवस्थापनलाई बढी ध्यान दिनु जरुरी छ । स्थानीय सरकारलाई सहयोग र समर्थन गर्ने हाम्रो दायित्व हो ।” उनले भने । उनले महानगरभित्रको पार्किङ व्यवस्थापनलाई विशेष ध्यान दिनुपर्ने बताउँदै ‘अन्डरग्राउण्ड’ पार्किङलाई व्यवसायिक बनाइ करको दायरामा ल्याउन सुझाव दिए। 

प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले नागरिकको सन्तुष्टिको आधारमा कर सङ्कलन गर्ने र सङ्कलित करलाई प्रभावकारी रुपमा खर्च गर्न सुझाव दिइन्। “महानगरले ढल व्यवस्थापनलाई ध्यान दिनुपर्ने छ, ढलबाट फैलिएको फोहरले धापाखेल र वडा नं ४ को मल पोखरीमा समस्या देखिएको छ, सांस्कृतिक सम्पदा संरक्षणमा प्रभावकारी नीति आवश्यक छ, रुद्रायणी र रातो मच्छिन्द्रनाथको मन्दिर निर्माणमा ढिला भएको छ”, डा कार्कीले भनिन् । प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले नीति तथा कार्यक्रम र बजेट भौतिक पूर्वाधारमा केन्द्रीत भएकोमा खुसी व्यक्त गरे । उनले प्रदूषण न्यूनीकरणका लागि नीति तथा कार्यक्रममा समेटेर साइकलको प्रयोगलाई प्रोत्साहन गर्न सुझाव दिए।

प्रतिनिधिसभा सदस्य रोशन कार्कीले सरकारी स्वामित्वको  रेडियो नेपालको जग्गा दूरसञ्चार प्राधिकरणलाई बिक्री गर्नबाट महानगरले रोक्नुपर्ने धारणा राखे। उनले सरकारी विद्यालयको स्तरोन्नति गर्न, महानगरभित्र जन्मने बच्चाको जन्मदर्तालाई सहज बनाउने नीति बनाइनुपर्नेमा जोड दिए। बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले दिगो विकास लक्ष्य र सम्पदा संरक्षणमा महानगरले गरेको कामको प्रशंसा गरे। उनले अमुर्त सम्पदा र संस्कृति संरक्षणमा महानगरले निरन्तरता दिनुपर्ने सुझाव दिए।

प्रदेशसभा सदस्य प्रेमभक्त महर्जनले नगरभित्रका खेतीयोग्य जमिनलाई उपयोग हुने गरी कृषि क्षेत्रमा एक वडा एक उत्पादनलाई ध्यान दिनुपर्ने धारणा राखे । प्रदेशसभा सदस्य रघुनाथ महर्जनले सङ्घ, प्रदेश र स्थानीय तहले जनताको आवश्यकता पुरा हुने गरी नीति तथा कार्यक्रम लागू गर्नुपर्ने बताए। उनले ढु्ङ्गेधारा संरक्षणका लागि राजकुलोलाई यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । महानगरप्रमुख चिरीबाबु महर्जनले सांसदहरुको सुझाव सुनिसकेपछि सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा बोलपत्र गर्ने नीति लिनु नहुने बताए। उनले यस विषयमा संसद्मा आवाज उठाएर कानुनी रुपमा लागू गर्न आग्रह गरे। 

“सङ्घीय सरकारको कमजोरीका कारण हामीलाई गाली गर्ने अवस्थाको अन्त्य गरिदिनुस्, सार्वजनिक खरिद ऐन २०६३ देश विकासको बाधक छ, यसले ठेकेदार मोटाउँछ, देशको विकास हुँदैन, यसलाई सुधार गरिदिनुस्, उपत्यकाको फोहरमैला व्यवस्थापनका लागि सङ्घीय सरकारले गरेको सम्झौता बाधक छ”, उनले भने । प्राप्त सुझावका आधारमा सम्पदा, वातावरण संरक्षण र नगरविकासका सम्बन्धमा आगामी वर्षको नीति तथा योजना तय गरिने उनले बताए। 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यले राख्नुभएको जिज्ञासाको जवाफ दिदै उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले प्राप्त सुझावलाई समेटेर जनताको मर्म सम्बोधन हुनेगरी सहकार्य, सहअस्तित्वको आधारमा काम गर्ने प्रतिबद्धता जनाए । उनले खानेपानी समस्यालाई विशेष ध्यान दिएर प्राथमिकताका साथ बजेट विनियोजन गरिने जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending