Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

अन्तरजातीय विवाह गर्ने दश जोडीलाई भरतपुर महानगरको सम्मान

खबरडबली संवाददाता

चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका (दलित र गैरदलित) १० जोडीलाई सम्मान गरेको छ ।

एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१९ का आशिष विक र शान्ति घर्ती, भरतपुर–१९ कै सुवन गहतराज र शान्ता श्रेष्ठ, भरतपुर–२३ का नविन विक र कमला श्रेष्ठ, भरतपुर–११ का विवेक सुनार र अमिबका कार्की, भरतपुर–१६ सुशिल परियार र सुस्मिता बुढाथोकीको जोडी रहेका छन् । यस्तै भरतपुर–२५ का अविनास सुनार र मिना भुजेल, भरतपुर १४ विवस महतो र प्रतिभा सुनार, भरतपुर १४ कै पदम बहादुर विक र फुलमायाँ लावती, भरतपुर १५ का विनोद परियार र अरुणा राई, भरतपुर ६ का सुवास विक र मायाँ कुमालको जोडी रहेका छन् ।  

उनीहरूलाई महानगरले आईतबार एक कार्यक्रमकाबीच एक जोडीलाई नगद रु एक–एक लाखसहित सम्मान गरेको हो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले विगत ४ वर्षदेखि सुरुवात भएको सम्मान कार्यक्रममा क्रमश जोडीको संख्या वृद्धि हुदै गएको बताइन् । उनले भरतपुर महानगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको बताइन् । जातीय विभेदलाई अन्त्य गराउन यस्ता कार्यक्रमलाई प्राथामिकतामा राखेको प्रमुख दाहालले उल्लेख गरिन ।

भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका विषयमा फड्को मारेको र जात जातिमा हुने विवेद अन्त्यको लागि सम्मान कार्यक्रम गरिएको बताए ।

नेपालका ७५३ पालिका मध्ये भरतपुर महानगरले अन्तरजातीय जोडीलाई सम्मान गरी उदाहरणीय कार्य गरेको उपप्रमुख अधिकारीले बताए ।

कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले छुवाछुत समाजिक अन्धविश्वास रहेकाले यसको उन्मुलनको लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए ।

महानगरले यसअघि १३ जोडीलाई सम्मान गरिसकेको छ । महानगरले हालसम्म अन्तरजातीय विवाह गर्ने २३ जनालाई सम्मान गरिसकेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छिमेकीलाइ ख्याल गरेर सबन्ध बढाउनु पर्छः माधव नेपाल

काठमाडौं। नेकपा एसका अध्यक्ष माधबकुमार नेपालले छिमेकीहरूलाइ चिढाएर सम्झौता गर्न नहुने जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको पुर्व ...

बिआरआई आयोजना अनुदानमा स्वीकार हुन्छ : सभापति देउवा

जनकपुरधाम। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसीहरू एक ढिक्का भएर जानुपर्ने बताएको छन । सोमबार मधेश प्रदेशको रा...

चीन भ्रमणका विषयमा छलफल गर्न ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम किन गएनन ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र डा. बाबुराम भट्टराई अनुपस्थित भएका छन् ।  आसन्न चीन भ...

इजरायलको जेलमा एघार हजारभन्दा बढी प्यालेस्टिनी

रामल्ला। सन् २०२३ अक्टोबर ७ देखि इजरायलको जेलमा वेस्ट ब्याङ्क र जेरुसेलमका प्यालेस्टिनीहरूको सङ्ख्या बढेर एघार हजार आठ सयभन्दा बढी पुगेको छ । जसमा ४३५...

भौतिक रूपमा बुझ्न अस्वीकार गरेपछि महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानाको पत्र

काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको जरिवाना पत्र भौतिक रूपमा बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पठाएको छ । आइतबार भौतिक रूपमा पत...

चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीन भ्रमणको तयारीका बारेमा छलफल सुरू गरेका छन । मंशिर १७ वाट सुरू हुन लागेको उत्तरी छिमेकी मुलुक चीन भ्...

हिंसा जारी रहेको बखतमा बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा

इस्लामबाद। पुर्व प्रधानमन्त्री इमरानको रिहाइको माग गर्दै प्रदर्शन भइरहेका बेला बेलारूसका राष्ट्रपति इस्लामबाद पुग्दैछन् ।  इस्लामाबादमा तनाव बढिरहे...

इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते

इस्लामबाद। पुर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा भब्य प्रदर्शन भइरहेको छ ।  प्रदर्शनकारीहरूले हानेको ढुंगा लागेर प्रहरी अधि...

मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै

काठमाडौं। मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्ने भएको छ । मुक्तिनाथ म्युचुअल फन्ड अन्तर्गत ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ को १० करोड इकाई ...

एनपीएलको ट्रफी अनावरण कार्यक्रममा प्रधानमन्त्री ओली के के भने ?

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गरेका हुन ।  क्यानका अनुसार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy