रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा नि: शुल्क विद्युत गरिएको छ । नगरपालिकाले आम नागरिकको विद्युत महसुल बापत २ करोड ७५ लाखभन्दा बढी रुपैया नेपाल विद्युत प्राधिकरण मौलापुर शाखामा बुझाएको हाे ।
कार्यवाहक मेयर अम्बेया खातुनको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत वकिल पालसहित जनप्रतिनिधि र बिभिन्न दलका नेता सम्मिलित टोलीले प्राधिकरण प्रमुख दिनेश कुमार यादवलाई नगरवासीको विद्युत महशुल बापत रु २ करोड,७५ लाख २३ हजार ३२७ रुपैया ३० पैसाको चेक हस्तानतरण गरेको हो ।
चेक हस्तान्तरण गर्ने टोलीमा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कुमार यादव, नेकपा एमालेका नेता शिवपुजन यादव, वडा अध्यक्ष राकेश कुमार यादव (पप्पू) प्रमुख प्रशासकीय अधिकृत पाल लगायत रहेका थिए ।
आर्थिक वर्ष २०८०/०८१ मा नगरको प्रत्येक घरको नया पुरानो विद्युत मीटरबाट घरायसी प्रयोजनमा खर्च भएको विद्युत महसुल बापत प्रत्येक परिवारको लागि १० हजार रुपैयाँ बुझाउने निर्णय अनुसार छुट्याईएको ४ करोड रुपैयाबाट उक्त रकम प्राधिकरण हस्तानतरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पालले जानकारी दिएका छन । नगरवासीको निशुल्क विद्युत हुने निर्वाचन अघि आफूले घोषणा गरे अनुसार विद्युत महसुल बुझाईएको फतुवा विजयपुरकी कार्यवाहक मेयर अम्बेया खातुनले दाबी गरेकी छिन् ।
उता घोषणा गरेर पनि नगरपालिकाले समयमा विद्युत महसुल न बुझाउँदा एमालेका नेता शिवपुजन यादवको अगुवाईमा सर्वदलीय संघर्ष समिति गठन गरी मेयर लगायत जनप्रतिनिधि माथि दवाब दिँदै आएको थियो ।
त्यस्तै आम जनता पार्टीका नगर अध्यक्ष एवम मेयर प्रत्याशी विजय यादवको अगुवाईमा पार्टीका नेता कार्यकर्ताहरुले नगरवासीको विद्युत् महसुल बुझाउन नगरपालिकामाथि दवाब दिँदै केही समय अघि मेयर अम्बेया खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानलाई १० बुँदे माग सहितको ज्ञापन पत्र बुझाएका थिए ।
फतुवा बिजयपुर नगरपालिकाका कांग्रेस पार्टीका निर्वाचित मेयर गोपाल राय यादव लाल बकैया नदीको टेण्डरको मुद्दामा अख्तियार द्वारा दोषी ठहर भएर बिशेष अदालतबाट कैद सहितको जरिबाना फैसला पछी गत आर्थिक वर्षदेखि उपमेयर अम्बेया खातुन कार्यवाहकको जिम्मेवारी पाएकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: