Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

स्वास्थ्य मन्त्रालयले ‘एकद्वार सङ्कट व्यवस्थापन केन्द्र’ राष्ट्रिय सम्मेलन गर्दै

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालमा आधारित ‘एकद्वार सङ्कट व्यवस्थापन केन्द्र’ को राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।  मन्त्रालयको लैङ्गिक समानता तथा सामाजीकरण समावेशी शाखाका प्रमुख रोशनीदेवी कार्कीले आगामी भदौ महिनामा सम्मेलन गर्ने तयारी गरिएको र त्यसबारे आज सरोकारवालाबाट सुझाव सङ्कलन गरिएको बताइन । 

सम्मेलनमा सरकारी अधिकारी, घरेलु हिंसासम्बन्धी काम गर्ने गैरसरकारी संस्था, लैङ्गिक हिंसामा परेका व्यक्ति गरी करिब तीन सय जनाको सहभागी हुने कार्कीले जानकारी दिइन । “मुलुक सङ्घीयता गइसकेपछि पनि लैङ्गिक हिंसा व्यवस्थापन सङ्घले नै गर्नुपर्छ भन्ने बुझाइ छ । यो सम्मेलनमार्फत अब लैङ्गिक हिंसा व्यवस्थापन सङ्घको मात्र नभई प्रदेश र विशेष गरी स्थानीय तहको हो भन्नेबारेमा साझा बुझाइ बनाउन सघाउ पुग्ने छ”, उनले भनिन । 

केन्द्रमा आर्थिक वर्ष २०८०/८१ मा १० हजार पाँच सय ३३ लैङ्गिक हिंसामा परेकाको व्यक्तिको उपचार गरिएको तथ्याङ्क छ । तीमध्ये पाँच सय ७१ पुरुषले रहेका छन् । यसैगरी केन्द्रमा बलात्कारपीडित एक हजार सात सय ५४ जना, यौनहिंसा पीडित एक हजार दुई सय ९६ र शारीरिक हिंसा दुई हजार आठ सय ९७ जना र जबरजस्ती विवाहबाट पीडित चार सय ९४ जना रहेका छन् । 

मन्त्रालयले केन्द्रबाट प्रदान गर्ने सेवा प्रभावकारिताबारे जानकारी दिन सम्मेलन आयोजन लागेको हो । घरेलु हिंसामा परेका व्यक्तिको उपचारका लागि देशभरका ९४ अस्पतालमा केन्द्र स्थापना गरिएका छन् । 

केन्द्रले लैङ्गिक हिंसामा परेका बिरामीलाई स्वास्थ्य तथा चिकित्सकीय कानुनी सेवा, मनोसामाजिक परामर्श सेवा, सुरक्षा, सुरक्षित आवास गृह तथा पुनःस्थापना, शिक्षा तथा सशक्तीकरण र घरायासी पुनःमिलन गराउनेलगायतका कार्य गरिरहेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रथम झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडकाे पाेल्टामा

झापा । झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपियाँ प्राप्त गरेको छ ।  ...

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा संघर्षशील सहकारीका अध्यक्ष र सचिव पक्राउ

पाेखरा । कास्कीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले सङ्घर्षशील बचत तथा ऋण सहकारी सञ्चालक समिति अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ ।  पोखर...

तेस्रो वरीयतामा एकीकृत समाजवादीमा भित्रिँदै वामदेव गाैतम

काठमाडाैं । तेस्राे वरीयतासहित नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा भित्रिन लागेका छन् ।  एकीकृत समाजवादीमा ...

डडेलधुरामा दुई घटनामा दुई पुरुषको मृत्यु

डडेलधुरा । डडेलधुरामा दुई जना पुरुषको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिकामा माछा मार्ने क्रममा एकजना युवकको डुबेर मृत्यु भएको हो ।  नवदुर्गा गाउँपा...

खेलकुदलाई राष्ट्रको प्रतिष्ठा बढाउन र अर्थतन्त्रलाई अघि बढाउनको लागि महत्वपूर्ण आधार बनाउनुपर्छ: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्ने बताएका छन् । ...

हिरासतमा सुतिरहेका रविकाे फाेटाे खिच्ने निकोलस रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको फाेटाे सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल...

हनिट्रयापकाे आराेप लागेकी प्रहरी निरीक्षक बिनु शाहीसँग पाँच लाख धरौटी माग

काठमाडौं । हनिट्रयापकाे आराेप लागेर नेपाल प्रहरीकी निलम्बित प्रहरी निरीक्षक बिनु शाहीसँग पाँच लाख धरौटी माग गरिएको छ । ललितपुर जिल्ला अदालतले सोमबार प...

रास्वपाका सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछ...

मदिरा सेवन गरी श्रीमतीको हत्या गरेको आरोपमा एक पक्राउ

बुटवल । मदिरा सेवन गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बुटवल–११ बस्ने ३१ वर्षीय सागर विकलाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय बुटवलका प...

खाेटाङमा विद्यार्थीलाई ‘ज्याकेट’ वितरण

खोटाङ । रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालय र कालिका आधारभूत विद्यालयका ५८  विद्यार्थीलाई लत्ताकपडा वितरण गरिएको ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy