Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

निर्माण रोकिएको शीतभण्डार पुनस् सुरु गर्न किसानको आग्रह

खबरडबली संवाददाता

कैलाली ।  जिल्लाको टीकापुरमा निर्माणाधीन शीतभण्डारको काम रोकिएकाले पुनःसञ्चालन गर्न प्रयास थालिएको छ । शीतभण्डार निर्माण पुनः अगाडि बढाउन रानी जमरा कुलरिया सिँचाइ आयोजनाले शीतभण्डारको लागत अनुमान परिवर्तन गर्न थालेको छ । 

दाताले शीतभण्डारको जग निर्माणमा विश्वस्त हुन नसकेपछि विसं २०८० माघ २३ गतेबाट शीतभण्डार निर्माण रोकिएको थियो । निर्माण रोकिएको शीतभण्डारलाई पुनः सुरु गर्न आयोजनाले छलफल चलाएको छ । ढाँचा समीक्षा, इन्जिनियरहरुद्वारा पुनः लागत अनुमान, विश्व बैंकको समूहसित छलफल गरिएको छ । यही जेठ २४ गते निर्माण व्यवसायी र आयोजनाबीच निर्माण सञ्चालन गर्न समयको भिन्नता र विस्तार गर्ने निर्णय भएको छ ।

एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि एएम किनारा जेभी धनगढीसँग २०८० असोज २९ गते सम्झौता भएको थियो । शीतभण्डारको निर्माण अवधि २०८१ पुससम्म छ ।  सात करोड छ लाख ६९ हजार छ सय ९० रूपैयाँमा निर्माण गर्ने सम्झौता भएको छ । शीतभण्डारमा ८० प्रतिशत अर्थात् पाँच करोड ८५ लाख ३५ हजार सात सय ५२ आयोजना र २० प्रतिशत अर्थात् एक करोड ४१ लाख ३३ हजार नौ सय ३८ रूपैयाँ उपभोक्ताको लगानी रहनेछ । अहिलेसम्म ९३ लाख २५ हजार रूपैयाँ खर्च भएको छ । 

शीतभण्डार बनेपछि यहाँका किसानलाई विशेषगरी आलु र फलफूल भण्डारमा सहयोग मिल्ने अपेक्षा गरिएको छ । कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरत कँडेलले कैलाली जिल्लामा पाँच हजार दुई सय २१ हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको, यसमा ८५ हजार छ सय ७७ मेट्रिक टन आलु उत्पादन हुने गरेको बताए । उनका अनुसार आयोजनाको कार्यक्षेत्र जानकी, टीकापुर र लम्की चुहामा एक हजार पाँच सय ४५ हेक्टरमा आलुखेती हुने गरेकामा ३४ हजार ६७ मेट्रिक टन आलु उत्पादन हुने गरेको छ । 

आयोजनाले चालु आर्थिक वर्ष २०८०/८१ मा आलु तरकारी विजवृद्धि कार्यक्रमका लागि रु १० लाख र आलु विकास ९क्षेत्र विस्तार तथा भण्डारण समेत०मा  ४० लाख रूपैयाँ खर्च गरेको छ । आयोजनाले आगामी वर्ष २०८१/८२ मा आलु बिजवृद्धि सहयोग कार्यक्रमका लागि  १० लाख रूपैयाँ, आलु क्षेत्र विस्तार सहयोग कार्यक्रमका लागि  एक करोड २० लाख रूपैयाँ बजेट प्रस्ताव गरेको कँडेलले बताए । “आयोजनाले आलुखेतीमा किसानलाई प्रोत्साहन गर्ने कार्य गर्दै आएको छ”, उनले भने, “शीतभण्डार बनेमा अझ किसानको आलुखेतीमा आकर्षण बढ्नेछ ।”  

उपभोक्ताले लगानी गर्ने २० प्रतिशत रकम   एक करोड ४१ लाख ३३ हजार नौ सय ३८ रूपैयाँ मध्ये उपभोक्ताले कुलो समितिमार्फत  ७४ लाख रूपैयाँ सङ्कलन गरेका छन् भने बाँकी रकम टीकापुर नगरपालिकाले दिने सहमति भएको छ । अघिल्लो कार्यकालका जनप्रतिनिधिकै पालामा सहमति भए पनि यस आवमा भुक्तानी दिने तयारी भएको छ । 

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले किसानलाई दिइने अनुदानको मापन गर्ने अभ्यास नरहेकाले समस्या भइरहेको बताए । “अनुदानपछिको किसानको अवस्था थाहा हुँदैन, त्यो पनि अध्ययन गरिनुपर्छ”, उनले भने, “जानकी गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेको छ । हामीले गहुँखेतीबाट सुरु गरेका छौँ ।” उनले गहुँ उत्पादनमा अनुदानका लागि पहिलो वर्ष १४ किसान सहभागी भएकामा यस वर्ष सय किसानले आवेदन दिएको बताए  ।

समयमै शीतभण्डार निर्माण भएमा यहाँका किसानलाई आलु भण्डारणका लागि बर्दिया, पहलमानपुर, कोहलपुर लैजानुपर्ने समस्या समाधान हुने बताएका छन् । किसान सागर न्यौपानेले अन्य ठाउँका शीतभण्डारमा भण्डारण सामान अपुग हुँदा सञ्चालनमा समस्या रहेकाले यहाँ दुईवटा पाँच–पाँच सय क्षमताका च्याम्बर बनाउन माग गरे।

किसान बलिराम चौधरीले आलु उत्पादक किसानलाई अनुदान दिँदा अनिवार्य उत्पादनको निश्चितता तोक्न अनुरोध गरे । “शीतभण्डार निर्माणका लागि रकम सङ्कलन गर्न छ महिना बढी दौडधुप गर्यैँ, फेरि शेयर रकम उठाउन गाह्रो छ”, रानी जमरा कुलरिया मूल कुला समितिका सचिव परशुराम महतोले भने, “कार्यविधिमा संस्थापक र साधारण शेयर सदस्यको व्यवस्था छ, शीतभण्डार निर्माणपछि सञ्चालनका लागि रकम उठाउनुपर्छ ।” उनले शीतभण्डार निर्माण प्रक्रिया थाल्दा किसानले आलु उत्पादन गर्ने प्रतिबद्धता गरेको पनि बताए ।

किसान टेकबहादुर रावलले गाउँगाउँमा स्थानीय पालिकाले आलु सङ्कलन केन्द्र राखेर साना किसानका आलु समयमै खरिद गरेर यही भण्डारण गर्ने र साना किसान जोगाउने वातावरण बनाउनुपर्ने बताउनुभयो । किसान भीम महरले लागत अनुमान बदलेमा लागत बढ्ने भएकाले बढी हुने रकमको २० प्रतिशत किसानले उठाउने कुरामा चासो बढेकाले यसबारे निक्र्योल गर्नुपर्ने बताए । उनले साना किसान र ठूला किसान भन्दा पनि आयआर्जनमा बढी ध्यान दिँदै क्षेत्र विस्तार कार्यक्रम अझै बढाउनुपर्ने बताए ।

कार्यक्रममा रानी जमरा कुलरिया मूल कुला समितिका उपाध्यक्ष कृतिबहादुर रोकाया, सचिव परशुराम महतो, कुलरिया कुला समितिका अध्यक्ष रविलाल चौधरी, जमरा कुलोका मानबहादुर चौधरी, रानी कुलो समितिका श्रीपाल चौधरीलगायतले समयमै शीतभण्डार निर्माणका लागि पहल गर्न आयोजनासँग माग गरेका छन् ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कार्यालयलाई कमिसन नदिँदा रोकियो भुक्तानी

गुल्मी । गुल्मीमा एक निर्माण व्यवसायीले काम गरेबापत सम्बन्धित कार्यालयका इन्जिनियरलाई कमिसन नदिदा कार्यालयबाट हुने भुक्तानी रोकिएको छ । सडक डिविजन पाल...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै...

आफुखुसी संविधान संसोधन गरिए सशक्त प्रतिकारमा उत्रने प्रकाण्डको चेतावनी

कालिकोट । नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले नेकपालाई पर राखेर संविधान चलाउन खोजियो भने देशमा फेरी  आगो बल्ने  बताएका छन । आफ्नो...

उपत्यकाका सबै पालिकामा आइतबार शोक बिदा

काठमाडौं । काठमाडौं उपत्यकाको मेयर्स फोरमले कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनमा शोक बिदा दिने निर्णय गरेको छ । फोरमले उपत्यकाभरका प...

सौर्य विमान दुर्घटनाः माग सम्बोधन नभए शव नबुझ्ने आफन्तको अडान

काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछ...

गौशाला २६ को पत्रलाई नमान्ने महान्यायाधिवक्ता कार्यालयको अडान

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आफूले हालेको मुद्दालाई थप अगाडि नबढाउने गौशाला २६ ले निर्णय लिएपछि उब्जेको प्रश्न हो, के अब यो मुद्दा समाप्...

आईसीयूबाट सारियो क्याप्टेन मनिष शाक्यलाई

काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई न्यूरो सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर सारिएको छ । क्या...

राजनीतिक परिवर्तनलाई विकासको फड्कोमा पुर्याउन सकेमात्र परिवर्तन महसुस हुन्छ: नारायणकाजी श्रेष्ठ

ललितपुर । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ऐतिहासिक राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद...

सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन

काठमाडौं । गौशाला-२६ ले सन्दीप लामिछानेविरुद्ध मुद्धा अगाडी नबढाउन निवेदन दिएकी छन्  । गौशाला-२६ ले सरकारी वकिलको कार्यालयमा आफैले निवेदन लेखेर सन्दीप...

जापानमा भारी वर्षाः तीनजना बेपत्ता, ४ हजार मानिसलाई सुरक्षितस्थलमा सारियो

काठमाडौं । भारी वर्षापछि आएको बाढीले नदी किनारमा निम्त्याएको कटानबाट शुक्रबार जापानमा कम्तीमा तीनजना बेपत्ता भएको र हजारौं स्थानीयलाई उक्त स्थानबाट सु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy