Ntc summer Offer
Khabar Dabali १८ पुष २०८१ बिहीबार | 2nd January, 2025 Thu
Investment bank

विभिन्न जिल्लामा ६ जना मृत फेला

खबरडबली संवाददाता

काठमाडौं । विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला परेका छन् । सुनसरी, दाङ, धनुषा लगायतका जिल्लामा ६ जना मृत अवस्थामा फेला परेका हुन् ।  

सुनसरीको रामधुनी नगरपालिका–७ स्थित लटर होली तालमा सोही ठाउँ बस्ने ७२ वर्षीय भद्र लिम्बु आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै दाङको गढवा गाउँपालिका–६ स्थित पानी भएको कल्भर्टमा सोही गाउँपालिका–६ सर्वोदय चोक बस्ने ६५ वर्षीया ढोढी कुमाल मृत अवस्थामा फेला परेकी छिन् । उनी आइतबार मृत फेला परेकी हुन् ।

उता धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ महुवा टोलस्थित महुवा महादेव मन्दिर नजिकै बाटो छेउमा सोही उपमहानगरपालिका–१६ कपिलेश्वर बस्ने ७० वर्षीय नरेश यादव सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी अर्घाखाँचीको शितगंगा नगरपालिका–३ ठाडा डेरा गरी बस्ने कपिलवस्तु नगरपालिका–७ हरीपुर घर भएका ३३ वर्षीय गणेश सिंह आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । 

उनी सोमबार मृत फेला परेका हुन् । त्यस्तै सोमबार दोलखाको गौरीशंकर गाउँपालिका–४ बस्ने ३५ वर्षीय ओम्बा छिरीङ शेर्पा सोही गाउँपालिका–४ किस्पानस्थित सडक नजिकै मृत अवस्थामा फेला परेका छन् । यता पर्साको वीरगंज महानगरपालिका–१७ स्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली विकास बैंकद्वारा निक्षेप फिर्ता गर्न सुरु

बाँके । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन जिम्मा लिएको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले बचतकर्ताको निक्षेप फिर्ता गर्न सुरु गरेक...

टुक्रे योजनामा बजेट हाल्ने प्रवृत्तिको अन्त्य गर्छु: मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणले टुक्रे योजनामा बजेट हाल्ने प्रवृत्तिको अन्त्य हुने...

ट्युनिसियामा २७ आप्रवासीको मृत्यु, ८३ को उद्धार

ट्युनिसिया । मध्य ट्युनिसियामा दुई डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित २७ आप्रवासीको मृत्यु भएको छ भने ८३ जनाको उद्धार गरिएको अधिकारीले बिहीबार एएफप...

एन्फा राष्ट्रिय महिला लिग फुटबलमा बागमतीमाथि आर्मीको सहज जित

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणमा बागमती युवा क्लबमाथि सहज जित निकालेको छ ।  सातदोबाटोस्...

अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझै बढी काम गर्नुपर्छ: एमाले

काठमाडाैं । नेकपा एमालेले सरकारले ६ महिनामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको तर पर्याप्त नरहेको निष्कर्ष निकालेको छ । बिहीबार पार्टी केन्द्रीय कार्याल...

जसपा नेपाल उद्योग वाणिज्य विभागमा पदाधिकारी चयन

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले १७ सदस्यीय केन्द्रीय नयाँ पदाधिकारी चयन गरेको छ । पार्टी केन्द्रीय सदस्य ल...

सूर्यदर्शन सहकारी ठगी प्रकरण: जाहेरीवालाको बहस भाेली पनि जारी हुने

पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दामा आजबाट सुरु भएको जाहेरीवालाको बयान आज सकिएको छ । हिजोसम्म सो मुद्दामा थुनछेक बहस भएको र सो सकिएकाले आजवाट जाहेरी...

जलवायु परिवर्तनकाे सङ्कट विश्वव्यापी बढ्दै

काठमाडौं । विश्व नै यतिबेला जलवायु परिवर्तनले निम्त्याउन थालेको असरको मारमा पिल्सिएको छ । विश्वव्यापी रूपमा तापमान र मौसमको स्वरुपमा लामो अन्तरालमा आउ...

नवलपुरमा कुकुर मार्ने दुई जना पक्राउ

नवलपुर । निर्मम तरिकाले कुकुर मार्ने दुई जना नवलपरासीबाट पक्राउ परेका छन् । ५ वटा कुकुरको बच्चा र एउटा माउ कुकुरलाई निर्दयतापूर्वक मारिरहेको भिडियो सा...

सर्प उद्धारका लागि सामग्री सहयोग

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सर्पको उद्धार र संरक्षणका लागि आवश्यक सामग्री हस्तातरण गरेको छ । हेटौँडामा रहेर सञ्चारक्षेत्रमा समेत क्रियाशील राजे...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy