Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

१३ सामुदायिक विद्यालयका १७५ वटा सटरमा महानगरकाे ताला

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले आज १३ वटा सामुदायिक विद्यालयले वहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ ।

यसमध्ये ७ वटामा विभाग पुगेको थियो भने ६ वटाले आफैँ बन्द गराएका थिए । यसरी ताला लगाइएका विद्यालयहरुमा जुद्धोदय माध्यमिक विद्यालय (जेपि स्कूल), ठमेलका ४६ वटा सटर छन् । यी स्थानमा रेष्टुरेन्टसहितका व्यापारिक क्रियाकलाप हुँदै आएका थिए ।

यस्तै रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरका ११ वटा, कन्या मन्दिर माध्यमिक विद्यालय, न्होखाका ३६ वटा, मंगलादेवी माध्यमिक विद्यालय, गुह्येश्वरी १२ वटा, जनकल्याण माध्यमिक विद्यालय, बौद्धका १४ वटा, पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलका ३६ वटा र महेन्द्र माध्यमिक विद्यालय बौद्धका २० वटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए ।

यससँगै शितला माध्यमिक विद्यालय, वोहराटार, शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्ज, नव जागृति माध्यमिक विद्यालय, वोहोराटार, रुद्रमती आधारभूत विद्यालय, देवीनगर, विद्योदय आधारभूत विद्यालय, झोँछे र आधारभूत विद्यालय, लगनले भाडामा लगाएका सटर आफैँ बन्द गराएका थिए ।

हिजो ४ वटा विद्यालयका ६१ वटा सटरमा ताला लगाएको थियो । यसरी ताला लगाइएका सटरहरुमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा, बागबजारमा रहेको सहिद शुक्र मा। वि। का २२ वटा, विजय स्मारक मा। वि। डिल्लीबजारका ८ वटा र पदमकन्या मा। वि। डिल्लीबजारका १४ वटा सटर छन् ।

यी विद्यालयहरुले विद्यालयको खुला जग्गा संकुचित बनाएका छन् । अस्थायी टहरा बनाएका छन् । यसले विद्यार्थीको सुरक्षा, शैक्षिक तथा व्यक्तित्व विकासमा बाधा सिर्जना गरेको छ । शिक्षा अधिकृत नेत्रनारायण पौडेल भन्छन्, ‘शिक्षा ऐन २०२८ को दफा १६, शिक्षा नियमावलीको नियम १५८ र १५९ अनुसार उद्देश्य पूरा नभएको देखिएकोले ताला लगाउनु परेको हो ।’ यस व्यवस्था अनुसार विद्यालयको सम्पत्ति विद्यार्थीहरुको शैक्षिक र व्यक्तित्व उन्नतिका लागि मात्र उपयोग गर्न पाइन्छ ।

ताला लगाइएका सटरहरुको चावी विद्यालयका प्रधानाध्यापकलाई बुझाइएको छ । व्यवसाय सञ्चालन गर्न नदिने तर व्यवसायीका सामान सारेर लैजाने सर्तमा प्रधानाध्यापकहरुलाई ताला दिइएको हो ।

प्रमुखको सचिवालयका प्रमुख सस्मित पोखरेल भन्छन्, ‘२०८० चैत २ गते शिक्षा विभागबाट सबै सामुदायिक विद्यालयहरुलाई पत्राचार गरेर विद्यालय हाताभित्र भएका भाडामा लगाइएका, वहाल अवधि सकिएका सटरको नविकरण नगराउन भनिएको थियो । अनुगमनका क्रममा देखिएको यो अवस्था सुधार गर्न विद्यालयहरुबाट चासो नदेखाए पछि ताला लगाउनु परेको हो ।’

महानगरपालिका भित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको अनुगमनपछिको प्रतिवेदनमा देखिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy