कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले सेवालाई विस्तार गर्दै लगेको छ । चालु आर्थिक वर्षको दश महिना अस्पतालबाट ७३ हजार चार सय ५० ले बहिरङ र ३१ हजार सात सय ६५ जनाले आकस्मिक कक्षबाट सेवा लिएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले जानकारी दिए।
त्यस्तै तीन हजार आठ सय ६३ जनाले खोप सेवा, दुई सय १९ जनाले शल्यक्रिया, एक हजार सात सय ९१ जनाले सुत्केरी सेवा लिएको अस्पतालले जनाएको छ । बाह्र हजार तीन सय १७ जनाले भिडियो–एक्सरे सेवा लिएको अस्पतालबाट पाँच सय १६ जनाले यो अवधिमा ‘इसिजी’ सेवा लिएको अस्पतालको भनाइ छ ।
त्यसैगरी चालु आवको वैशाखसम्म एचआइभिका २२ र क्षयरोगका ६६ जना बिरामी थपिएको अस्पतालले जनाएको छ । केही समयअघि मात्रै अस्पतालले सुरु गरेको डायलासिस सेवातर्फ एक हजार आठ सय ६१ जनाले निःशुल्क सेवा लिइरहेको अध्यक्ष भट्टको भनाइ छ ।
अस्पतालको आन्तरिक सुधारका साथै भौतिक संरचना निर्माणमा समेत तीव्रता दिइरहेको बताउँदै अध्यक्ष भट्टले विशेषज्ञ सेवा थपका लागि पनि अग्रसरता देखाइएको जानकारी दिए । आठ प्रकारका विशेषज्ञ सेवा दिइरहेको अस्पतालमा अझै दरबन्दी अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी भने उपलब्ध छैनन् । “यस वर्ष डायलासिस सेवा दश शय्यामा विस्तार गरेका छौँ”, भट्टले भने, “विशेषज्ञ सेवा विस्तारदेखि अस्पतालको भौतिक पूर्वाधार निर्माणमा पहल भएको छ ।”
उनले अस्पतालले सिटी स्याक्न सेवा, अस्पतालका थप संरचना निर्माणदेखि व्यवस्थापनमा माथिल्लो निकायमा पहल गरिरहेको बताए। कुनै बेला चिकित्सकको अभाव झेल्दै आएको अस्पतालमा अहिले विशेषज्ञ सेवा विस्तार हुँदा बिरामीको चाप पनि बढ्दै गएको छ । “दैनिक चारदेखि छ सयको सेवाग्राही आइरहेका छन्”, उनले भने, “आकस्मिक सेवामा पनि दैनिक एक सयको हाराहारीको सङ्ख्यामा सेवाग्राही आइरहेका छन् ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८१ - १६:५७
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्तिम बौद्धिकता ९एआई०र उन्नत गणना क्षमतामा खलल पुर्याउने उद्देश्यले मङ्गलबार दर्जनौँ संस्थालाई व्यापार क...
चैत्र १३ गते, २०८१ - १६:३१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट गरेको छन। राष्ट्रिय युवा सङ्घ नेपालद्व...
चैत्र १३ गते, २०८१ - १५:५२
काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । इटहरीको सेन्ट्रल प्लाजामा बुधबार बिहानदेखि सुरू भए...
चैत्र १३ गते, २०८१ - १५:३१
काठमाडौं । विपक्षीको निरन्तर अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका का...
चैत्र १३ गते, २०८१ - १५:०१
टीआरसी टुंग्याएलगत्तै ओलीले कुलमान हटाउने निर्णय गरेपछि फेरि मलाई स्वर्ग र नर्क सम्झायो
चैत्र १३ गते, २०८१ - १४:४७
काठमाडौं । गृहमन्त्री रमेश लेखकले समाजमा लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएको छन । जुद्ध वारु...
चैत्र १३ गते, २०८१ - १४:३८
रास्वपाका नेताहरूले फर्काए यस्तो जवाफ
चैत्र १३ गते, २०८१ - १४:२६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि थाइल्याण्डको भ्रमण गर्ने भएको छन । थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक ...
चैत्र १३ गते, २०८१ - १४:१९
काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि आज पनि काठमाडौंमा प्रदर्शन भएको छ । महिला र पुरुषहरुको ...
चैत्र १३ गते, २०८१ - १४:०१
काठमाडौं ।राष्ट्रिय सभामा पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागेको छन ।...
प्रतिकृया लेख्नुहोस्: