ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई विश्वमा चिनाउन ‘सिरिजङ्गाको गौरव कञ्चनजङ्घा’ अभियान सञ्चालन गरिने भएको छ ।
गाउँपालिकाले गत साता प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा सो अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ । कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो । सो हिमाल ताप्लेजुङको सिरिजङ्घा र फक्ताङलुङ गाउँपालिकाको सिमानामा पर्दछ । उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा सिरिजङ्घा गाउँपालिकालाई विश्वमा चिनाउन उक्त अभियान सञ्चालन गर्ने सिरिजङ्घा गाउँपालिकाले जनाएको छ ।
अभियान सफल बनाउन सिरिजङ्घा गाउँपालिका-७ याम्फुदीको आम्जी खोलाबाट नयाँ तुम्लुङ, दुन्दुडाँडा, नगर्चा र चैराम हुँदै कञ्चजङ्घा हिमालको आधार शिविरसम्म सङ्घीय सरकारसँग लागत साझेदारीमा सुरु भएको साहसिक पदमार्गलाई गाउँपालिकाले गौरवको आयोजनामा राखेको छ ।
सो पदमार्ग करिब २२ किलोमिटर लामो रहेको गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले बताए । माबोका अनुसार गत आवमा पर्यटन मन्त्रालयबाट रु पाँच करोड बजेट विनियोजन भइ अहिले पदमार्ग निर्माण भइरहेको छ । अभियानलाई व्यापक बनाइ पर्यटक आकर्षित गर्ने गाउँपालिकाले जनाएको छ । पदमार्ग क्षेत्रमा ‘होमस्ट’ सञ्चालन गर्न गाउँपालिकाले बजेट विनियोजन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८१ - २०:५५
काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूच्ना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले आइतबार न...
पौष ७ गते, २०८१ - २०:४१
लागोस । नाइजेरियाको प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई भागदौडमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको जनाएको छ । यसअघि प्रहरीले २२ जनाको निधन...
पौष ७ गते, २०८१ - २०:२६
काठमाडौं । सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्याङ्कन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शीर्ष राजनीत...
पौष ७ गते, २०८१ - २०:१५
पाेखरा । आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभ...
पौष ७ गते, २०८१ - १९:४०
इलाम । नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर, गर्न सके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको संख्या पनि नेप...
पौष ७ गते, २०८१ - १८:४९
महोत्तरी । महोत्तरी कारागारका एक थुनुवाको हृदयाघातबाट मृत्यु भएको छ । लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुली...
पौष ७ गते, २०८१ - १८:३६
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति पश्चिमी भूभागमा पानी पर्न सक्ने जनाएको छ । महाशाखाका मौसमवि...
पौष ७ गते, २०८१ - १८:३०
काठमाडौं । जिल्ला प्रहरी कार्यकालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेको सांसद पद निलम्बन गर्न प्रतिनिधिसभाक...
पौष ७ गते, २०८१ - १८:१६
काठमाडौं । काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ परेका छन् । उनलाई सहकारीको करम अपचलनबारे अनुसन्धानक...
पौष ७ गते, २०८१ - १८:०८
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका –१५, देउरालीमा झगडा मिलाउन जाँदा ढुुङ्गा लागेर घाइते वृद्धाको उपचारको क्रममा मृत्युु भएको छ । ढुुङ्गाले लागेर घ...
प्रतिकृया लेख्नुहोस्: