Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

सङ्घीय निजामती सेवा विधेयक पारित गर्न अब ढिलाइ नहोस् : ट्रेड युनियन

खबरडबली संवाददाता

काठमाडौँ । प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकलाई निष्कर्षमा पु¥याउन अब ढिलाइ गर्न नहुने सुझाव दिइएको छ । सो विधेयक मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि राज्यबाट जनतालाई प्रदान गरिने सबैखाले सेवाको मानकारुपमा रहेको बताइएको छ । 

नेपाल एफएमद्वारा आज यहाँ आयोजित संसद् र सांसद रेडियो कार्यक्रममा सहभागी वक्ताहरुले लामो समयपछि अघि बढेको विधेकलाई समृद्ध तुल्याएर अव यथाशीघ्र विधेयकलाई पारित गर्नुपर्नेमा जोड दिए।

त्यस अवसरमा पूर्वसचिव एवं विज्ञ गोपीनाथ मैनालीले प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकमा थुप्रै संशोधन गर्नुपर्ने अवस्था देखिए पनि लामो समयपछि बल्ल अघि बढेकाले अहिलेको अवस्थामा छिटो पारित गर्ने विषय महत्वपूर्ण भएको बताए।

उनले सरसर्ती हेर्दा निजामती सेवा विधेयक भए पनि मुलुकको समग्र सार्वजनिक प्रवाहका क्षेत्रको मानक रहेकाले कर्मचारीको मनोविज्ञानलाई समेत सम्बोधन गर्ने प्रयासबाट अघि बढाउनुपर्ने धारणा राखे।
 
उक्त विधेयकमाथि करिब एक हजार पाँच सयभन्दा बढी संशोधन परेको त्यस अवसरमा जानकारी दिइयो । पूर्वसचिव मैनालीले विधेकले सङ्घीयताको मर्म र भावना सम्बोधन गर्नुपर्नेमा त्यो नभएको तथा निजामतीको मूल्य मान्यता, भर्ना प्रक्रिया, मूल्याङ्कन, सरुवा, बढुवा र कार्य सम्पादनमा निकै सुधारको खाँचो देखिएको बताए । निवृत्तिभरण, तालिम र सरुवालाई व्यवस्थित तुल्याउन तथा समावेशी सिद्धान्तको मर्मलाई व्यवस्थित तुल्याउन विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिँदै विषय विज्ञकारुपमा सहभागी वक्ताले निजामती सेवालाई थप आकर्षण तुल्याउन र सचिव सरुवाका लागि कम्तीमा एक वर्षको प्रावधान राख्न सुझाव दिए।
 
कार्यक्रममा कर्मचारीसँग सम्बन्धित विभिन्न ट्रेड युनियन, विधायक र पूर्वकर्मचारी सहभागी थिए।  कर्मचारी व्यवस्थापन र नागरिकको सेवासँग जोडिएको विधेयकमा नागरिकलाई सेवा प्रदान गर्ने विषयलाई उच्च महत्व दिन आवश्यक रहेको बताउँदै उहाँहरुले सेवा प्रवाहलाई पवित्रता, उत्साहित, कर्तव्यनिष्ठ तुल्याउनुपर्नेमा जोड दिनुभयो ।

निजामति सेवामा अग्रसरता, अनुवम र उत्साहबीच समन्वयको खाँचो औल्याउँदै उनीहरुले नेपाल सरकारको सचिवबाट सवैधानिक निकायको पदाधिकारी नियुक्ति गर्ने प्रावधान खारेजीका लागि सुझाव दिए।

निजामती सेवामा राजनीतिक दलको भातृ सङ्गठनकारुपमा हाल देखिएको टे«ड युनियनसम्बन्धी प्रावधान खारेज गरिनुपर्ने तथा राजनीतिले प्रशासन र प्रशासनले राजनीतिलाई दोषारोपण गर्ने प्रवृत्तिलाई रोक्न कम्तीमा पनि वार्षिकरुपमा छलफल कार्यक्रम गर्नुपर्ने उनीहरुको भनाई रह्यो । 

सो अवसरमा ट्रेड युनियनकर्मीले सकेसम्म विधेयकलाई समृद्ध गरेर ल्याउन आग्रह गर्दै त्यो अवस्था नभए कम्तीमा पनि छिटो विधेयक पारित गर्ने व्यवस्था मिलाउन राज्य व्यवस्था समितिका सभापतिसहितका सांसदलाई सुझाव दिए । निजामती सेवालाई आकर्षक तुल्याउन समयसापेक्ष सेवा सुविधा र वृत्तिविकासमा जोड दिँदै उहाँहरुले अवकास उमेर घटनाउने र बढाउनतर्फ आफूहरुको कुनै गुनासो नरहेको बताए। 

कार्यक्रममा प्रतिनिधिसभा, राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा तथा सांसदहरु दिलेन्द्रप्रसाद बडू, लेखनाथ दाहाल, गरिमा शाह, रञ्जुकुमारी झा र  रामनाथ अधिकारीलगायतले प्रस्तावित निजामती विधेयकलाई समृद्ध तुल्याउँदै यथाशीघ्र निष्कर्षमा पु¥याउने प्रतिबद्धता जनाए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending