काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ ।
मेन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र आपसी सहयोगका विषयमा छलफल भएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्दप्रसाद भट्टले जानकारी दिए। उनले राजदूतसँगको भेटमा जलविद्युत् तथा ऊर्जा क्षेत्रका साथै उत्पादनमूलक उद्योग, सूचना प्रविधि र अन्य सेवा क्षेत्रमा बेलायती लगानीको ठोस प्रयास हुने विश्वास व्यक्त गरे।
मन्त्री भण्डारीले भने, “नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने भएको छ, त्यसपश्चात्को केही वर्षका लागि अति कम विकसित मुलुकलाई प्रदान गरिएको सुविधाको निरन्तरताका लागि पहल गरिदिन पनि आग्रह गर्दछु ।”
उनले नेपालको उत्पादनशील क्षमता विकास गरी निर्यात अभिवृद्धि गर्न उद्योग तथा निर्यात व्यापार लक्षित प्राविधिक सहायता विस्तारका लागिसमेत भेटमा अनुरोध गरे। मन्त्री भण्डारीले भने, “अन्तरआबद्धता, पूर्वाधार विकास, ऊर्जा, व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्धलगायत क्षेत्रमा बेलायत सरकारसँग साझेदारी विस्तारमा नेपाल प्रतिबद्ध छ, हामी उद्योग, जलविद्युत् र शिक्षा क्षेत्रको विकासमा बेलायतको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौँ ।”
भेटमा राजदूत फेनले नेपालको निजी क्षेत्रको विकास बेलायतको प्राथमिकतामा रहेको जनाउँदै नेपाल सरकारसँग नजिक भएर काम गर्न इच्छुक रहेको धारणा राखे। उनले भेटमा नेपाली निर्यातलाई प्रवद्र्धन गर्न सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । राजदूत फेनले बेलायत खुला अर्थतन्त्रको पक्षपाती मुलुक भएको जनाउँदै नेपाल र विश्व बजारका बीचमा आफूले सेतुको भूमिका खेल्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...
चैत्र ४ गते, २०८२ - १४:१५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीका सांसदहरूलाई अनुशासन उल्लंघन गरे फिर्ता बोलाउने चेतावनी दिएका छन्। ...
चैत्र ४ गते, २०८२ - १३:५४
खोटाङ । खोटाङको कपिलासगढी गाउँपालिका–२, खार्तम्छा बालाबेँसीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पास्टर काजीबहादु...
चैत्र ४ गते, २०८२ - १३:४३
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको सरकार विरुद्...
चैत्र ४ गते, २०८२ - १३:३८
मुस्ताङ। अत्यधिक चिसोसँगै कोरला नाकाको ब्यवसाय छाडेर पोखरा गएका उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –२, छोसेरका पेमा छिरिङ गुरूङ दुई महिनापछि ब्यवसा...
चैत्र ४ गते, २०८२ - १३:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ललितपुरको ग्वार्कोस्थित अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छन्। रास्वपाले हि...
चैत्र ४ गते, २०८२ - १३:१७
बागलुङ। बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । बुधबार गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जिप मध्यपह...
चैत्र ४ गते, २०८२ - १३:०६
खोटाङ । खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको छ। काठमाडौंबाट शव बोकेर गाउँ पुगेको उक्त हेलिकोप...
चैत्र ४ गते, २०८२ - १२:०८
वाशुलिङ बैतडी । भीरबाट लडेर जिल्लामा एक युवकको मृत्यु भएको छ । पाटन नगरपालिका–३ गुजरका २६ वर्षीय नरेश कोलीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी ...


प्रतिकृया लेख्नुहोस्: