काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको पहिलो महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि बिहीबारका लागि तय भएको मतदानबाट प्रक्रिया स्थिगत भएको छ ।
अब सबै पदको चयन सहमतिबाट हुने भएको छ भने पदाधिकारी चयनको जिम्मा महाधिवेशन प्रतिनिधिहरुले अध्यक्ष उपेन्द्र यादवलाई दिएका छन् । अध्यक्ष यादवले पार्टीका वरिष्ठ नेताहरूसँगको समूहमा छलफल गरेर सबै पदमा सहमतिबाट चयन गर्ने भएका छन् ।
यादव भने यस अघि नै निर्बिरोध निर्वाचित भइसकेका छन् । अब अध्यक्षले पदाधिकारीको नाम महाधिवेशन हलमा प्रस्तुत गर्ने त्यसलाई अनुमोदन गर्ने तयारी गरिएको छ ।
यस अघि आज १२ बजेदेखि नै केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी सदस्य, केन्द्रीय निकायहरुको मतदान हुने तय गरिएको थियो ।
जसपा नेपालमा २१ जना पदाधिकारीसहित २०१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था रहेको छ ।
एक सहअध्यक्ष पदका लागि राजकिशोर यादव, मो। लालबाबु राउत र रकम चेम्जोङले उम्मेदवारी दर्ता गराएका थिए । यस्तै चार पुरुष उपाध्यक्षका लागि मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, सरोजकुमार यादव, अर्जुन थापा, अमरेशनारायण झा, मो। खालिद, गोविन्द चौधरी, आङदेङ शेर्पा, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, शिवलाल थापामगर सहितका १७ जनाले मनोनयन दर्ता गराएका थिए ।
त्यस्तै एक महिला उपाध्यक्ष पदका लागि रेखा यादव, लिलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सबिता यादव र राधा थापा गरी ६ जनाले उम्मेदवारी दिएका थिए ।
त्यस्तै दुई महासचिवका लागि मनिषकुमार सुमन, रामकुमार शर्मा, बोमबहादुर दर्लामी मगर, विजयकुमार, दीपक कार्की र अशोककुमार यादवसहित ६ जनाले मनोनयन दर्ता गराएका थिए ।
त्यस्तै एक महिला र २ पुरुष उपमहासचिव पदका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्।...
पौष ११ गते, २०८२ - १४:४५
अर्घाखाँची। भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइ...
पौष ११ गते, २०८२ - १४:३६
संयुक्त राज्य अमेरिका। राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरपश्चिमी नाइजेरियामा इसाई समुदायमाथि भइरहेको कुनै पनि प्रणालीगत आक्रमणप्रति कडा चेतावनी दिएको क...
पौष ११ गते, २०८२ - १४:०९
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निर्णायक भेटवार्ता तयारी अन्तिम चरणमा पुगेको छ। केह...
पौष ११ गते, २०८२ - १३:५६
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सञ्चारमन्त्री जगदीश खरेलबीच शुक्रबार भेटवार्ता भएको छ। सञ्चारमन्त्री खरेल प्रचण्डलाई भेट्न उनकै...
पौष ११ गते, २०८२ - १३:४८
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनस...
पौष ११ गते, २०८२ - १३:४१
काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताएको छन् । उच्च शिक्षालय तथा माध्यमिक विद...
पौष ११ गते, २०८२ - १३:१४
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानको ४५ दिनअघि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। आयोगल...




प्रतिकृया लेख्नुहोस्: