काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आजको संसद बैठकमा निर्माणाधीन संसद भवनमा मदिरा पिउनका लागि मदिरा बार खोल्न प्रस्ताव गरेका छन् । सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवनभित्र रक्सी पिउनका लागि बार खोल्नुपर्ने प्रस्ताव संसद भवनमा राख्दै बजगाईंले शुक्रबार सभामुखलाई ध्यान आकृष्ट गरेको बताएका छन्।
‘म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस र सिनेटको अफिस घुम्न जाँदा सिनेटमा आतिथ्यता गर्न जाने पाहुनाका लागि बार बनाइँदो रहेछ । डेमोक्रेट, रिपब्लिकन्सले आफ्नो बारमा सोसियलाइजेसन गर्दा रहेछन् । त्यहाँ ड्रिंक्स गर्न पाइन्छ । लन्डन स्कूल अफ इकोनोमिक्सको क्यान्टिनमा पनि बार रहेछ,’ सांसद् बजगाईंले शुक्रबारको संसद बैठकमा भने, ‘सम्माननीय सभामुख महोदय, बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुना आउँदा सोसियलाइजेसन गर्न बार निर्माण गर्ने हो कि रु यसमा ध्यानाकृष्ट गर्न चाहन्छु । यो पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण छ।’
यस अघि रक्सीको मातमै टेलिभिजन अन्तर्वार्ता दिएर विवादमा तानिएका गोरखा १ बाट निर्वाचित सांसद बजगाईं अनेकौ उपद्रोपूर्ण अभिव्यक्ति दिएर विवादमा आइरहन्छन्।
पत्रकार ऋषि धमलाको टेलिभिजन कार्यक्रममा रक्सीको तालमै अन्तरवार्ता दिन पु्गेका उनले उल्टो क्याप लगाएर अन्तरवार्ता दिएका थिए। उनले रक्सी पिएको थाहा पाएपछि पत्रकार धमलाले कार्यक्रम नै छोट्याएर चाँडो सकाएको बताएका थिए।
उक्त घटना बाहिरिएर चौतर्फी आलोचना पछि सांसद बजगाईंले विदेशमा रक्सी पिएर अन्तरवार्ता दिने चलन रहेको भन्दै आफ्नो बचाउमा उत्रिएका थिए। विदेशमा यस्तो अभ्यास रहेको बताउँदै सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गरेका थिए।
सदनमा समेत बारम्बार विवादित अभिव्यक्ति सांसद बजगाईंले दिँदै आएका छन् । उनले केही दिन अघि विश्वकीीर्तमानी नेपाली आरोही निर्मल पुर्जालाई नेपाल प्रवेशमा रोक लगाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।
उनको सो अभिव्यक्ति चौतर्फी आलोचित भएको थियो । अहिले फेरि सिंहदरबारमा निर्माणाधीन संसद भवनमा मदिरा पिउन बार खोल्नुपर्ने प्रस्ताव गरेर अर्को विवाददित अभिव्यक्ति प्रकट गरेका छन् ।
सांसदको पदीय मर्यादा विपरित रक्सीलाई प्रोत्साहित गर्ने उनको अभिव्यक्तलाई लिएर पदीय मर्यादा कायम गर्न नसकेको भन्दै उनकै दलका नेताहरुले समेत आलोचना गरिरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८१ - १५:१०
जनकपुरधाम । यस वर्षको महामूर्ख उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ। होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिन...
फाल्गुन ३० गते, २०८१ - १५:०८
काठमाडौं । शिक्षक महासंघले नेकपा(माओवादी केन्द्र)को पार्टी कार्यालयमा धर्ना दिएको छ।शुक्रवार चौथो दिनको धर्नाअन्तर्गत महासंघले नेकपा (माओवादी केन्द्र...
फाल्गुन ३० गते, २०८१ - १४:५०
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । ‘रोजगारी र सुशासनका लागि’ भन्दै शुक्रवार पत्रकार सम्मेलन गरेर एकीकृत समाजवा...
फाल्गुन ३० गते, २०८१ - १४:४६
काठमाडौं । पछिल्लो समय राजावादीहरूले गरिरहेको गतिविधिप्रति नागरिक समाजले आपत्ति जनाएको छ । वृहत् नागरिक आन्दोलनको लेटरप्याडमार्फत् गरिएको सार्वजनिक अप...
फाल्गुन ३० गते, २०८१ - १४:४४
काठमाडौं । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र स्पेसएक्सले शुक्रबार एजेन्सीको क्रु–१० मिसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्...
फाल्गुन ३० गते, २०८१ - १४:१३
महोत्तरी । महोत्तरीकाे लोहारपट्टी नगरपालिका–४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा कार्यरत् सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) धर्मेन्द्...
फाल्गुन ३० गते, २०८१ - १४:०२
काठमाडौं । देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। दाङ, घोराही उपमहानगरपालिका-६ घर भई सोही उपमहानगरपालिका-१३ डुम्मरगाउँ डेरा ...
फाल्गुन ३० गते, २०८१ - १३:५६
नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जीपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जीप...
फाल्गुन ३० गते, २०८१ - १३:४३
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमलामाई नगर समितिको आयोजनामा नगरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्...
फाल्गुन ३० गते, २०८१ - १३:३१
सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित नवलपुर मलंगवा सडक खण्डमा गम्हरिया तर्फबाट मलंगवा तर्फ आउँदै गरेको नम्वर नखुलेको एम्बुलेन्सले तीन जना पैदल...
प्रतिकृया लेख्नुहोस्: