Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

इरानसँगको आणविक वार्ताका लागि ‘अवैध’ प्रतिबन्ध अन्त्य गर्न चीनको आग्रह

खबरडबली संवाददाता

बेइजिङ । चीनले तेहरानको आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु गर्ने आशाका साथ शुक्रबार इरान र रुसका कूटनीतिज्ञसँग छलफल सुरू गर्नुअघि इरानमाथिको ‘अवैध’ प्रतिबन्ध अन्त्य गर्न अमेरिकासँग आग्रह गरेको छ ।

सन् २०१५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा तेहरानको आणविक विकासमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौताबाट अमेरिका पछि हटेको थियो । रिपब्लिकन राष्ट्रपति ट्रम्पले जनवरीमा ह्वाइट हाउसमा फर्केपछि इरानसँग नयाँ आणविक सम्झौताका लागि आह्वान गरेका छन् । तर तेहरानले भने जबसम्म दण्डात्मक प्रतिबन्धहरू कायम रहन्छन् तबसम्म त्यस्तो कुनै सम्झौता सम्भव नभएको बताएको छ ।

गत महिना संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले इरानले अत्यधिक सबन्धित युरेनियमको भण्डारमा उल्लेखनीय वृद्धि गरेको बताएपछि यो सम्झौतालाई थप महत्त्व दिइएको थियो । बेइजिङले शुक्रबार इरानका उपविदेशमन्त्री काजेम गारिबावादी र रुसी उपविदेशमन्त्री सर्गेइ र्याबकोभलाई वार्ताका लागि आमन्त्रण गरेको थियो । चिनियाँ कूटनीतिज्ञ वाङ यीले इरानी आणविक मामिलामा वार्ता र संवादबाट व्यापक सहमति निर्माण गर्नु महत्त्वपूर्ण उपलब्धि भएको बताए । 

उनले भने, “अहिले स्थिति फेरि नाजुक मोडमा पुगेको छ । हामीले शान्तिका लागि समय निकाल्नुपर्छ, राजनीतिक र कूटनीतिक माध्यमबाट विवाद समाधान गर्नुपर्छ र बल प्रयोग र अवैध प्रतिबन्धको विरोध गर्नुपर्छ ।”

‘शान्तिपूर्ण’ परमाणु कार्यक्रम

गारीबादीले बेइजिङमा भएको ‘रचनात्मक’ वार्ताको प्रशंसा गरेका छन् । “इरानको आणविक कार्यक्रम शान्तिपूर्ण प्रकृतिको छ,” उनले भने । “हाम्रो आणविक कार्यक्रम कहिल्यै पनि अशान्तिपूर्ण उद्देश्यका लागि प्रयोग गरिएको छैन,” गारिबावादीले भने । 

तर दुर्भाग्यवश, केही देशहरूले यस सम्बन्धमा अनावश्यक सङ्कट सिर्जना गर्न खोजिरहेका छन् । “वर्तमान परिस्थितिको मूल कारण संयुक्त राज्य अमेरिकाको एकतर्फी बहिर्गमन हो,” गारिबाबादीले भने । रुसी र इरानी अधिकारीले शुक्रबार चीनका उपविदेशमन्त्री मा झाओसुलाई भेटेर इरानको आणविक मुद्दा र साझा चासोका अन्य विषयमा विचार आदानप्रदान गरेको बेइजिङको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

उक्त बैठकपछि माले ‘राजनीतिक र कूटनीतिक संलग्नता र पारस्परिक सम्मानमा आधारित संवाद’का लागि चीनको समर्थन रहेको दोहोर्‍याएका थिए । माले भने, “हामीले सबै गैरकानुनी र एकपक्षीय प्रतिबन्ध अन्त्य गर्नुपर्नेमा जोड दिएका छौँ । उनले भने, “सम्बन्धित पक्षहरूले वर्तमान परिस्थितिको मूल कारणहरू समाप्त गर्न र प्रतिबन्ध, दबाब र बल प्रयोगको धम्कीलाई त्याग्ने काम गर्नुपर्छ ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending