Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

इरानसँगको आणविक वार्ताका लागि ‘अवैध’ प्रतिबन्ध अन्त्य गर्न चीनको आग्रह

खबरडबली संवाददाता

बेइजिङ । चीनले तेहरानको आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु गर्ने आशाका साथ शुक्रबार इरान र रुसका कूटनीतिज्ञसँग छलफल सुरू गर्नुअघि इरानमाथिको ‘अवैध’ प्रतिबन्ध अन्त्य गर्न अमेरिकासँग आग्रह गरेको छ ।

सन् २०१५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा तेहरानको आणविक विकासमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौताबाट अमेरिका पछि हटेको थियो । रिपब्लिकन राष्ट्रपति ट्रम्पले जनवरीमा ह्वाइट हाउसमा फर्केपछि इरानसँग नयाँ आणविक सम्झौताका लागि आह्वान गरेका छन् । तर तेहरानले भने जबसम्म दण्डात्मक प्रतिबन्धहरू कायम रहन्छन् तबसम्म त्यस्तो कुनै सम्झौता सम्भव नभएको बताएको छ ।

गत महिना संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले इरानले अत्यधिक सबन्धित युरेनियमको भण्डारमा उल्लेखनीय वृद्धि गरेको बताएपछि यो सम्झौतालाई थप महत्त्व दिइएको थियो । बेइजिङले शुक्रबार इरानका उपविदेशमन्त्री काजेम गारिबावादी र रुसी उपविदेशमन्त्री सर्गेइ र्याबकोभलाई वार्ताका लागि आमन्त्रण गरेको थियो । चिनियाँ कूटनीतिज्ञ वाङ यीले इरानी आणविक मामिलामा वार्ता र संवादबाट व्यापक सहमति निर्माण गर्नु महत्त्वपूर्ण उपलब्धि भएको बताए । 

उनले भने, “अहिले स्थिति फेरि नाजुक मोडमा पुगेको छ । हामीले शान्तिका लागि समय निकाल्नुपर्छ, राजनीतिक र कूटनीतिक माध्यमबाट विवाद समाधान गर्नुपर्छ र बल प्रयोग र अवैध प्रतिबन्धको विरोध गर्नुपर्छ ।”

‘शान्तिपूर्ण’ परमाणु कार्यक्रम

गारीबादीले बेइजिङमा भएको ‘रचनात्मक’ वार्ताको प्रशंसा गरेका छन् । “इरानको आणविक कार्यक्रम शान्तिपूर्ण प्रकृतिको छ,” उनले भने । “हाम्रो आणविक कार्यक्रम कहिल्यै पनि अशान्तिपूर्ण उद्देश्यका लागि प्रयोग गरिएको छैन,” गारिबावादीले भने । 

तर दुर्भाग्यवश, केही देशहरूले यस सम्बन्धमा अनावश्यक सङ्कट सिर्जना गर्न खोजिरहेका छन् । “वर्तमान परिस्थितिको मूल कारण संयुक्त राज्य अमेरिकाको एकतर्फी बहिर्गमन हो,” गारिबाबादीले भने । रुसी र इरानी अधिकारीले शुक्रबार चीनका उपविदेशमन्त्री मा झाओसुलाई भेटेर इरानको आणविक मुद्दा र साझा चासोका अन्य विषयमा विचार आदानप्रदान गरेको बेइजिङको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

उक्त बैठकपछि माले ‘राजनीतिक र कूटनीतिक संलग्नता र पारस्परिक सम्मानमा आधारित संवाद’का लागि चीनको समर्थन रहेको दोहोर्‍याएका थिए । माले भने, “हामीले सबै गैरकानुनी र एकपक्षीय प्रतिबन्ध अन्त्य गर्नुपर्नेमा जोड दिएका छौँ । उनले भने, “सम्बन्धित पक्षहरूले वर्तमान परिस्थितिको मूल कारणहरू समाप्त गर्न र प्रतिबन्ध, दबाब र बल प्रयोगको धम्कीलाई त्याग्ने काम गर्नुपर्छ ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE