जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुकमा रहेका जातीय, क्षेत्रीय तथा सबै प्रकारका भेदभाव निर्मूल नभएसम्म लोकतन्त्रको संस्थागत विकास नहुने बताएका छन् ।
पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनपश्चात आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले देशमा रहेका सबै प्रकारका विभेद अन्त्यका लागि आफ्नो पार्टी निरन्तर आन्दोलनमा रहने बताए ।
उनले पार्टीको महाधिवेशन राज्यमा सबैको पहुँच, समान व्यवहार तथा अधिकार स्थापित गर्न र मुलुकलाई थप समावेशी बनाउन महत्वपूर्ण सन्देश प्रवाह गर्न सफल भएको बताए । “शोषित, पीडित तथा पिछडिएका समुदायको सहयोगमा हाम्रो पार्टी अहिलेसम्म विभिन्न दबाबलाई चिर्न सफल भएको छ । यस महाधिवेशनबाट पार्टीलाई थप सशक्त, जागरुक तथा बलियो बनाएको छ । यहाँहरूको साथले हामी थप सफलता हासिल गर्दै जाने विश्वास जागेको छ”, उनको भनाइ थियो ।
जनकपुरमा सम्पन्न एकता महाधिवेशन अत्यन्त सफल भएको उल्लेख गर्दै उनले महाधिवेशन असफल बनाउन केही शक्तिले पार्टी फुटाएको तर त्यसबाट केही फरक नपरेको उनले जिकीर गरे । “यसलाई पार्टी फुट्नुभन्दा पनि केही व्यक्ति चोइटिएर गएको भनेर बुझ्न आवश्यक छ, त्यस्ता व्यक्ति जनताको हितमा कामगर्न नसक्ने र पदको लोभमा जीवन बिताउन बाध्य हुनेछन्”, उनको आरोप थियाे । अध्यक्ष यादवले महाधिवेशनले दिएको जिम्मेवारीअनुसार चाँडै केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनेसमेत बताए ।
पार्टी महाधिवेशनमा मुलुकका विभिन्न भागबाट तथा भारतलगायत विभिन्न मुलुकबाट पर्यवेक्षक तथा पार्टी नेता एवम् प्रतिनिधिसहित तीन हजारभन्दा बढीको सहभागिता रहेको त्यसअवसरमा जानकारी दिइयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: