Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित, सुपर ८ मा पुग्ने सम्भावना समाप्त

खबरडबली संवाददाता

काठमाडौं । टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजितभएको छ। जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो ।

लगातार दोस्रो हार व्यहोरेसँगै नेपालको सुपर ८ मा पुग्ने सम्भावना सकिएको छ। शनिबार बिहान भएको समुह डी को खेलमा टेष्ट राष्ट्र दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि नेपाल विश्वकपमा सुपर ८ को दौडबाट बाहिरिएको हो।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

अनिल साहले २४ बलमा २७ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे । उनले एक चौका र एक छक्का प्रहार गरे । 

दक्षिण अफ्रिकाका लागि ताब्राइज साम्सीले ४ विकेट लिए भने एनरिच नोर्टजे र ऐडन मार्क्रमले १–१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे ।

कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे ।  क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे । उनले एक चौका हिर्काए ।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे । ४ ओभर बलिङ गर्दै उनले १९ रनमात्र दिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए । 

यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानमाथि अमेरिका-इजरायलले किन गर्‍यो संयुक्त हमला ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एबीसी न्यूजसँग कुरा गर्दै इरानमा अमेरिकाले गरेको हमलाहरूले "निकै नै क्षति पुर्याइसकेको" र इरानको नेतृत्व...

अमेरिका र इजरायलको आक्रमणपछि इरानद्वारा मध्यपूर्वका विभिन्न सहरमा जवाफी हमला, अहिलेसम्म केके भयो ?

काठमाडौं । इरानले आफ्नो सिमानाभित्रका विभिन्न स्थानमा भएका अमेरिकी र इजरेली ह‍‍मलाको जबाफमा मध्यपूर्वभरी नै हवाई हमलाहरू गरेको छ। इरानले हमला गरेको...

आजको मौसमः हिमाली भूभागका एकदुई स्थानमा हिमपातको पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अन...

इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि

तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको छ। केही समयअघि मात्रै इरानी रा...

अब बन्ने सरकारले पार्टीका नेताबाट सम्पत्ति शुद्धीकरण सुरु गर्छः सभापति थापा

बरहथवा (सर्लाही) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा पार्टी नेताबाट सम्पत्ति शुद्...

राजनीतिक दलद्वारा मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह

काठमाडौँ । विभिन्न राजनीतिक दल र दलका नेताहरूले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्यु...

निर्वाचनको तयारी अन्तिम चरणमा, सबै जिल्लामा पुर्‍याइयो सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि मतपत्र, मतपेटिका तथा निर्वाचन सा...

चुनावैपिच्छे वाचा, शुक्लाफाँटा आरक्ष विस्थापित २४ वर्षदेखि पुनः स्थापनाको पर्खाइमा

कञ्चनपुर । हरेक निर्वाचनमा दलहरूको चुनावी एजेन्डा बन्ने गरेको शुक्लाफाँटा आरक्ष विस्थापितको विषय यस पटकको निर्वाचनमा पनि सबै दलका उम्मेदवारको चुनावी ए...

निर्वाचन ४ दिन बाँकी, निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ ग...

संखुवासभामा भूकम्पको धक्का

काठमाडौं । संखुवासभा र ताप्लेजुङ सीमाक्षेत्र केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। शुक्रबार बिहान ३ बजेर १८ मिनेट जाँदा संखुवासभाको टोप्केगोला ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE