काठमाडौं । जापानमा २ महिने “लेक हामाना हानाहाको पुष्प मेला २०२४ सम्पन्न भएको छ । ५६ हजार हेक्टर जमिनले ओगटेको नेवाः (नेवार) बगैँचामा मेला भएको हो ।
बगैंचालाई चारैतर्फबाट उत्तिकै क्षेत्रफल भएको तालले घेरिएको छ । निकै मनमोहक र सफा पानी देखिने यस तालले हामाना हानाहाको पुष्प मेलालाई समेत सुन्दर देखाएको थियो । लेक हामाना हानाहाको पुष्प मेला २०२४ नेवाः बगैंचाका व्यवस्थापक ३४ वर्षदेखि जापान बस्दै आएका प्रोफेसर नरेश महर्जन हुन् ।
उनी शुजुओका अञ्चलका अम्बेस्डर पनि हुन् । “लेक हामाना हानाहाको पुष्प मेला २०२४“ नेवाः बगैंचाको लागि भूमिस्पर्श बुद्ध र नाट्य गणेश नेपालबाट ल्याएको हो, महर्जनले भने । नेवाः बगैंचामा नेपाली फूलहरु रोप्नको लागि नेपाली फूलहरुको जानकारी दिन निकै समयदेखि आफू लागिपरेका उनले जनाए । आफ्नो देश नेपालको नाम चिनाउन, बुद्ध जन्मेको देश नेपाल हो भन्ने जानकारी दिन कार्यक्रम गरेको महर्जनले बताए ।
पूर्ण रूपमा विगत १ बर्षदेखि नै यो लेक हामाना हानाहाको पुष्प मेला २०२४ को निम्ति भोलिन्टियर रुपमा काम गर्दै आएको उनले बताए । “लेक हामाना हानाहाको पुष्प मेला २०२४“ को लागि विभिन्न नेवाः सांस्कृतिक कार्यक्रमहरु पनि भएको जनाइयो । शुभारम्भ भएको दिनमा स्वयं महर्जनले लाखे प्याखं प्रस्तुति दिएका थिए ।
उनकै भाइ दीलिप महर्जनले धिमे बजाएर प्रस्तुति गरेका थिए । जापानमै बस्दै आएका राम महर्जनले बाँसुरी बजाएर प्रस्तुति दिएका थिए । त्यसैगरी नेपालबाट साहित्यकार रीता महर्जन “ऋतु“ र कलाकार सलिना अवालेले पनि यस “लेक हामाना हानाहाको पुष्प मेला २०२४“ मा आ–आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।
कलाकार सलिना महर्जनले बारम्बार धिमे प्याखं नाचेर दर्शकहरूको मात्र होइन, आमन्त्रित विशिष्ट पाहुनाहरुको समेत स्याबासी पाएकी थिइन् । साहित्यकार रीता महर्जन “ऋतु“ र महर्जनको युगल नाचले पनि सबैको मन जितेको थियो ।
साहित्यकार रीता महर्जन “ऋतु“ र कलाकार सलिना अवाले आमाछोरी हुन् । आफ्नो देश, आफ्नो भाषा, आफ्नो पहिचानको निम्ति सदा अग्रसर भई नेपालको नाम उँचो राखिराख्ने महर्जनले टेलिफोनमा बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २२ गते, २०८२ - ०९:०२
पर्सा । पर्साबाट स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँसहित तीन जना हुण्डी कारोबारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पकाहामैनपुर गाउँपालिका-२ का २६ व...
आषाढ़ २२ गते, २०८२ - ०९:००
काठमाडौं । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एउटै घरमा चार जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उ...
आषाढ़ २२ गते, २०८२ - ०८:५६
काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा रोपिँदै छ। एक महिनाअघि ज्येष्ठ शुक्ल हरिशयनी एकादशीका दिनमा घरघरको तुलसी मोठमा...
आषाढ़ ७ गते, २०८२ - १४:०८
काठमाडौं । डा. सुवर्ण पौडेल पाइल्स मुक्त नेपाल अभियानमा छन्। उनको अभियानले कति मानिसलाई छुन सक्ला? आफ्नै ठाउँमा छ। तर, हजारौं व्यक्ति उनको अभियान र से...
आषाढ़ ७ गते, २०८२ - १३:५६
पोखरा । पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ परेका छन् । एक करोड ३० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सुनसहित दुई जनालाई पक्राउ ग...
आषाढ़ ७ गते, २०८२ - १३:५०
चितवन । पूर्व पश्चिम राजमार्गको चितवनको डडुवामा भएको दुर्घटनामा ७ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । राप्ती नगरपालिका वडा नम्वर ४ खहरेपुल स्थित...
आषाढ़ ७ गते, २०८२ - ११:४३
बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–८ गड्खेतका लालबहादुर ऐडी दम्पत्तिले गाउँमै व्यावसायिक खेत गर्दै आएका छन् । करिब एक दशक अगाडि काठमाडौँको थानक...
आषाढ़ ७ गते, २०८२ - ११:२३
काठमाडौँ । भारतले इरानमा फसेका नेपाली नागरिकलाई उद्धार गर्न मद्दत गर्ने भएको छ । इरानस्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यसको जानका...
आषाढ़ ७ गते, २०८२ - ११:०३
झापा । झापामा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ । कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुले ढुंगाले हानी हत्या गरिएको ह...
आषाढ़ ७ गते, २०८२ - ११:०३
झापा । झापामा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ । कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुले ढुंगाले हानी हत्या गरिएको ह...
प्रतिकृया लेख्नुहोस्: