Ntc summer Offer
Khabar Dabali ११ असार २०८१ सोमबार | 24th June, 2024 Mon
NIMB

लागूऔषधसहित देशका विभिन्न ठाउबाट तीनजना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न ठाउबाट तीन जनालाई पक्राउ गरेको छ ।

बाराको निजगढ नगरपालिका-८ स्थित तामागढी गेटबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्रामसहित मकवानपुर कैलाश गाउँपालिका-८ बस्ने २१ वर्षीय मनोज मोक्तानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले रतनपुरबाट निजगढतर्फ आउँदै गरेको बा.प्र-०३-००५ प ६९१९ नम्बरको मोटरसाइकलका चालक मोक्तानलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ । 

त्यस्तै चितवनको रत्ननगर नगरपालिका-१६ खैरेनी टोल बस्ने ३२ वर्षीय अपनु श्रेष्ठलाई अवैध लागूऔषध गाँजा ६ किलोग्राम, एनारगन ५ सय ट्याब्लेट र ट्रामाडोल ४ सय ९७ ट्याब्लेटसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी पिठुवाबाट खटिएको प्रहरीले उनको घरबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

त्यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ति चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४५ ट्याब्लेटसहित  मकवानपुर हेटौंडा उपमहानगरपालिका-१८ फुर्केचौर बस्ने २४ वर्षीय बिशाल थिङ्गलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको   छ । 

प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेता वा मन्त्रीको क्षेत्र केन्द्रित बजेट छुट्याइएको छैन: अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेता वा मन्त्रीको निर्वाचन क्षेत्र केन्द्रित बढी बजेट छुट्याइएको भन्ने सत्य नभएको दाबी गरेका छन् ।  सोमब...

निर्मला पन्तको हत्याबारे नतिजा उन्मुख छौँ: गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको बताएका छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा बो...

म्याग्दीको सदरमुकाम बेनीमा मौसम मापन केन्द्र स्थापना

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा मौसम मापन केन्द्र स्थापना भएको छ । बेनी नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान कार्यालय पोखराले जलवायु परिव...

सशस्त्र प्रहरीद्वारा सप्तरीबाट १०७ कार्टुन मदिरा बरामद

राजविराज । सशस्त्र प्रहरीले सप्तरी जिल्ला राजगढ गाउँपालिका–२ कमलपुरस्थित दशगजा ईलाकाबाट सशस्त्र प्रहरीले १ सय ७ कार्टुन मदिरा बरामद गरेको छ ।  सशस्...

तपस्वी बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर

काठमाडौं । सर्लाही जिल्ला अदालतले आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ ।  ‘लिटिल बुद्ध’ भनिने बम्जनलाई ज...

प्रहरीका केन्द्रीय सह-प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी सह-प्रव...

कोशी सरकारविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।  न्यायाधीशहरू कुमार रेग्मी, अ...

राैतहटमा बहिनीको हत्या गरेकाे आराेपमा दाजु पक्राउ

रौतहट । पारिवारिक विवादको कारण टाउकोमा बाँसको मुँगडी प्रहार गरी आफ्नै बहिनिको हत्या गरेको आरोपमा दाजु पक्राउ परेका छन् । रौतहटको परोहा नगरपालिका-८ मा ...

ललितपुर महानगरपालिकाको बजेट: ७ अर्ब ४६ करोड

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ४६ करोडको बजेट ल्याएको छ ।  महानगरकी उपप्रमुख मञ्जली शाक्यले सोमबार प्रस...

बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु

बर्दिया । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies