चितवन । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ ।
केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
उनका अनुसार डिजिटल प्रणालीमा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबुल तार लट्ठा फेर्न लागिएको प्रालिका नायब महाप्रबन्धक शेरचनले बताए। स्तरोन्नति कार्यका लागि दक्ष प्राविधिक अष्ट्रेलियाको डोप्पलमेयर कम्पनीबाट नै आउने उनले बताए। मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबुलकार सञ्चालनमा ल्याइएको हो । केबुलकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) स्थित केबुलकारको प्रवेशद्वार (टम स्टेसन)मा रहेको रेष्टुरेन्ट सेवा भने निरन्तर रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८१ - १७:०५
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई तत्काल कारवाही नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रक...
आषाढ़ ११ गते, २०८१ - १७:००
काठमाडौँ । काठमाडौँ महानगरकी उपमेयरले पदमा बसपछि पदको मर्यादा कायम राखेर अभिव्यक्ति दिन मेयर बालेन शाहलाई आग्रह गरेकी छन् । काठमाडौँ महानगरको नगर स...
आषाढ़ ११ गते, २०८१ - १६:४७
काठमाडौँ । दक्षिण कोरियाको एक कारखानामा धेरै लिथियम ब्याट्री विस्फोट हुँदा आगलागी भएको छ । यस घटनामा १६ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको राजधा...
आषाढ़ ११ गते, २०८१ - १६:२८
काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) लागू भएको पहिलो वर्षको बजेट खर्च निकै कम दे...
आषाढ़ ११ गते, २०८१ - १६:०९
रसुवा । रसुवाको हाकु क्षेत्रमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माण तीव्ररूपमा अगाडि बढेको छ । आमा छोदिङ्मो र उत्तरगया गाउँपालिका...
आषाढ़ ११ गते, २०८१ - १५:५६
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग खरिद बिक्री गरेको अभियोगमा नौ जना विरुद्ध मुद्दा दर्ता गरेको...
आषाढ़ ११ गते, २०८१ - १५:४९
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.२१ अङ्कले बढेर दुई हजार ६६ दशमलव १६ को विन्दुमा कायम भएको छ । सोमबार तीन सय २२ कम्पनीको एक करोड...
आषाढ़ ११ गते, २०८१ - १५:४२
काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको पक्षमा आदेश जारी गरेको छ। सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...
आषाढ़ ११ गते, २०८१ - १४:४४
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा मौसम मापन केन्द्र स्थापना भएको छ । बेनी नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान कार्यालय पोखराले जलवायु परिव...
आषाढ़ ११ गते, २०८१ - १४:३७
काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लामा आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी...
प्रतिकृया लेख्नुहोस्: